भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने
- श्रावण २४, २०८३
रुसले क्युवा आफ्नो रणनीतिक साझेदार भएको बताउँछ । हरेक शिखर सम्मेलनमा उनीहरू यही कुरा दोहो¥याउँछन् । हरेक विज्ञप्तिमा दुई देशबिचको द्विपक्षीय सम्बन्धको हरेक वार्षिकोत्सवमा तेल आइरहेको छैन । जहाजहरू देखापर्दैनन् । विद्युत् आपूर्ति अवरुद्ध हुने क्रम जारी छ ।
तपाईँले मलाई यसको कारण पत्ता लगाउन भन्नुभएको थियो । मैले पत्ता लगाएको कुरा यही हो ।
तेल आपूर्ति ध्वस्त भएको छ !
मे महिनादेखि क्युवामा रुसी तेलको आपूर्ति लगभग पूर्ण रूपमा गायब भएको छ । वासिङटनले अत्यन्त सीमित रूपमा प्रदान गरेको मानवीय छुटका कारण अनातोली कोलोडकिन नामक ट्याङ्कर ७ लाख ३० हजार ब्यारेल तेल बोकेर मातान्जास आइपुगेको थियो । क्युवा पुग्ने त्यो अन्तिम रुसी तेल ट्याङ्कर थियो ।
२ लाख ७० हजार ब्यारेल डिजेल बोकेर कोलोडकिनकै पछिपछि आइरहेको युनिभर्सल नामक जहाज कैयौँ हप्तासम्म एटलान्टिक महासागरमा अलपत्र प¥यो । अन्ततः त्यसले आफ्नो कार्गो भेनेजुयलामा खन्यायो । सी हर्स भने आफ्नो गन्तव्य परिवर्तन गरी ट्रिनिडाड एन्ड टोबागोतर्फ मोडियो ।
यसअघि रुसबाट क्युवामा कच्चा तेल ढुवानी गर्दै आएका पानीजहाज कम्पनीहरूले अचानक त्यो काम बन्द गरे । यो कुनै दुर्घटना थिएन । यो एउटा निर्णय थियो ।
कारणः अमेरिकी नौसैनिक नाकाबन्दी !
मे ३० मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वभरका बन्दरगाहहरूमा तरङ पैदा गर्ने चेतावनी जारी गरे । क्युवाका लागि रुसी तेल बोकेर जाने कुनै पनि जहाजमाथि, त्यो जुनसुकै देशको झन्डा बोकेको किन नहोस् प्रतिबन्ध लगाइनेछ ।
प्रतिबन्ध जहाजमाथि मात्र होइन । सबैभन्दा ठुलो त सम्बन्धित पानीजहाज कम्पनी, बीमा कम्पनी र उक्त कारोबारका लागि वित्तीय सहयोग गर्ने बैङ्कमाथि समेत प्रतिबन्ध लगाइने थियो ।
अमेरिकाले ती जहाजहरूलाई रोक्न आफ्नो नौसेना पठाएन । त्यसको आवश्यकता नै परेन । अन्तर्राष्ट्रिय समुद्री व्यापारमा संलग्न कम्पनीहरूलाई धम्क्याउनु मात्र पर्याप्त थियो ।
क्युवाका लागि एउटा मात्र खेप तेल ढुवानी गरेको कारण डलरमा आधारित विश्वव्यापी वित्तीय प्रणालीबाट आफूलाई अलग्याइने जोखिम मोल्न कुनै पनि पानीजहाज कम्पनी तयार हुँदैन । रुसलाई यो कुरा थाहा छ । त्यसैले उसका जहाजहरू क्युवा पुगिरहेका छैनन् ।
असहज सत्यः मस्को तनाव बढाउन तयार छैन !
यस प्रश्नको मूल कुरा यही हो । सैन्य दृष्टिले हेर्दा, रुससँग एउटा तेल ट्याङ्करलाई मातान्जाससम्म सैन्य सुरक्षासहित पु¥याउने क्षमता छ । उसका आणविक पनडुब्बी र हाइपरसोनिक क्षेप्यास्त्र बोकेका फ्रिगेटहरू छन् । लामो दूरीसम्म प्रहार गर्न सक्ने बमवर्षक विमान पनि छन् । तर, रुसले आफ्ना ट्याङ्कहरूलाई सैन्य सुरक्षा दिएर क्युवा पठाइरहेको छैन । त्यसो गर्न नसक्ने भएर होइन, क्यारेबियनमा अमेरिकी नौसेनासँग प्रत्यक्ष टकरावको राजनीतिक र सैन्य मूल्य चुकाउन नचाहेर हो ।
रुसको दृष्टिमा क्युवा भूराजनीतिक शतरञ्जको एउटा प्यादा हो । यो वासिङटनमाथि दबाब सिर्जना गर्ने एउटा माध्यम हो । रणनीतिक बमवर्षक विमानका लागि एउटा आधार हो । ग्लोबल साउथमा रुसको प्रतिष्ठा बढाउन मद्दत गर्ने साम्राज्यवादविरोधी प्रतीक हो ।
तर क्युवा रुसका लागि अत्यावश्यक प्राथमिकता भने होइन । क्युवा युक्रेन होइन । आर्कटिक होइन । रुसको तत्कालीन सीमासँग जोडिएको क्षेत्र पनि होइन ।
परिस्थिति जटिल बन्दा मस्को आफ्ना लडाइँहरू छनोट गर्छ । क्युवालाई तेल आपूर्ति गर्ने लडाइँ उसको प्राथमिकताको सूचीमा छैन ।
क्रेमलिनको मौनता
सबैभन्दा धेरै कुरा उजागर गर्ने विषय रुसले के भन्छ भन्ने होइन, उसले के भन्दैन भन्ने हो ।
रुसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा अमेरिकी तेल नाकाबन्दीको कडा शब्दमा भत्र्सना गरेको छैन । उसले वासिङटनविरुद्ध जवाफी कदम चाल्ने धम्की पनि दिएको छैन । क्रेमलिनले “जस्तोसुकै मूल्य चुकाउनुपरे पनि हामी आफ्नो रणनीतिक साझेदारलाई आपूर्ति सुनिश्चित गर्नेछौँ” भन्ने घोषणा गरेको छैन । बरु कूटनीतिक मौनता छाएको छ ।
यसैबिच, आधिकारिक विज्ञप्तिहरूमा भने ‘रणनीतिक सहकार्य’ र ‘जनताबिचको भ्रातृत्व’ जस्ता शब्दहरू दोहोरिरहेका छन् । तर, ती सुन्दर शब्दहरूले न त चुलो बाल्न सक्छन्, न त अस्पताल सञ्चालन गरिरहन सक्छन् ।
अमेरिकाले बाँकी विश्वलाई क्युवामा तेल पठाउन प्रतिबन्ध लगाएपछि रुसले क्युवामा तेल पठाउन बन्द ग¥यो । मस्को उक्त प्रतिबन्धलाई शब्दमा मात्र चुनौती दिन तयार छ, व्यवहारमा त्यसको अवज्ञा गर्न भने तयार छैन ।
क्युवाली क्रान्तिले धेरैअघि नै एउटा कुरा सिकिसकेको छ, अन्तर्राष्ट्रिय ऐक्यबद्धता महत्वपूर्ण हुन्छ, तर हाम्रो अस्तित्वको ग्यारेन्टी हामी आफैँले मात्र गर्न सक्छौँ। के रुस क्युवाको रणनीतिक साझेदार हो ? भाषणमा हो । व्यवहारमा, प्रतिबन्धको चाप पर्दा हरेक देशले आफ्नो बाटो आफैँ खोज्छ ।
म यो कुरा आक्रोशका कारण लेखिरहेको छैन । म यथार्थवादका आधारमा लेखिरहेको छु । किनभने, क्युवाली क्रान्तिले धेरै अघि नै एउटा कुरा सिकिसकेको छ, अन्तर्राष्ट्रिय ऐक्यबद्धता महत्वपूर्ण हुन्छ तर हाम्रो अस्तित्वको ग्यारेन्टी हामी आफैँले मात्र गर्न सक्छौँ ।
यदि रुसी तेल आइपुगेन भने पनि हामी त्यसबिना व्यवस्थापन गर्नेछौँ । सन् १९९० को दशकमा सोभियत सङ्घ रातारात विघटन हुँदा र केही साताभित्रै क्युवा पतन हुनेछ भनिँदा पनि हामीले त्यसैगरी व्यवस्थापन गरेका थियौँ ।
हामी त्यतिबेला पनि ढलेनौँ। अब पनि ढल्ने छैनौँ।
किनभने हाम्रो शक्ति मस्कोमा छैन । हाम्रो शक्ति हामीभित्रै छ ।
मातृभूमि वा मृत्यु । हामी विजयी हुनेछौँ।
Leave a Reply