भर्खरै :

के ट्रम्प खानेकुरा बोक्ने ट्रकमा भागेका हुन् ?

के ट्रम्प खानेकुरा बोक्ने ट्रकमा भागेका हुन् ?

संरा अमेरिकाको ‘वासिङटन पोस्ट’ मा संरा अमेरिकी राष्ट्रपति ट्रम्प जुलाई ९ का दिन टर्कीबाट बेलायत उडानको निम्ति एउटा विमानमा उक्लेको तर कसैलाई थाहा नदिई सो विमानको पछाडिको ढोकाबाट निस्केर एउटा खाना बोक्ने ट्रकमा गएर अर्को विमानमा उडेको उल्लेख भयो ।
ट्रम्प नाटोको जुलाई ७ र ८ मा सम्पन्न बैठकमा भाग लिन टर्की पुगेका थिए ।
संरा अमेरिकाकै अर्को पत्रिका ‘द न्युयोर्क टाइम्स’ का अनुसार ट्रम्प कतारले उपहार दिएको विमानबाट टर्की पुगेको र फर्कने क्रममा क्यामेरा अगाडि देखाएको विमानमा चढे पनि पछाडिबाट झरेर खाना बोक्ने ट्रकमा अर्को विमानमा गएको उल्लेख भयो ।
ट्रम्पको शासनमा सन् २०२० मा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको इरानमा ड्रोन हमला गरी हत्या गरिएको थियो भने इरानका सर्वोच्च नेता आयातोला अलि खोमेनीलाई सन् २०२६ फेब्रअरी २८ मा इरानमा ड्रोन हमला गरी हत्या गरिएको थियो । इरानको छिमेकी देश टर्की पुगेका ट्रम्प यसकारण पनि डराएको र खानेकुरा बोक्ने ट्रकमार्फत विमान बदलेर बेलायत ‘भागेको’ दाबी गर्नेहरू धेरै छन् ।
सन् २००० मा पाकिस्तान पुगेका तत्कालीन संरा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि यसरी नै विमान फेरेर फिर्ता भएका थिए । भनिन्छ, त्यसबेला क्लिन्टनलाई विन लादेनको डर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *