पत्रकारहरू राजनीतिबाट अलग्ग हुन सक्दैनन्
- श्रावण ३१, २०८३
सुरुसुरुमा जर्मन प्रोजेक्टमा काम गर्ने नेपाली नगर नियोजक वा मेनेजरहरू आफै प्राविधिक भए पनि जर्मनहरू आफ्नो काम टुङ्ग्याएर गइसकेपछि ती नगर नियोजक वा प्राविधिकहरूसँगको कुराकानीमा तलका त्रुटिहरू जनताले औँल्याए –
भक्तपुर नगरका ढल ‘साँढे’ खस्ने ढलहरू थिए र आज पनि कति ठाउँमा छ । दत्तात्रयबाट उत्तरको मन्दिर जाने बाटोमै छ । त्यस्तै, गोल्मढीको राम झोपडी पछाडिको ढलमा पनि साँढे खसेको थियो । अझै विभिन्न टोलमा त्यस्ता ढलहरू छन् ।
जर्मन प्रोजेक्टले ठाउँ–ठाउँमा ठुलठुला ढलमा स–साना ढलहरू बनाउँदा पानीको बहाव रोकिएर चोकचोकमा पानी जम्ने र चर्पीहरू भरिएको व्यापक गुनासो सुनिएको थियो । बजारकै पुरानै ढलहरू खोल्न आवश्यक अनुभव गरी ढल खोलेर हेर्दा ढलको माथिल्लो भागमा दुई/तीन औँला मात्रै खाली भएको र दुई तीन हात नै बालुवा, इँटा स–साना टुक्रा र कसिङ्गरले भरिएको थियो । ती कसिङ्गर मात्रै सफा गर्दा पनि पुरानै ढलसमेत राम्रै चलेको देखियो ।
जर्मन प्रोजेक्टले केही टोलमा नयाँ पाइप राख्दा र नयाँ ठाउँमा पनि पाइपहरू ओछ्याउँदा बिचबिचमा तीन बाटो र चौबाटोका ढलहरू जोडिने बेला जोडिएका ढलहरूमा ठुलो पाइप नराख्दा एकैबाजी सबै पाइपमा पानी र फोहर पानी अवरुद्ध भयो । कतैकतै ओरालाहरूमा जोडले फोहर पानी पाइपमा पुग्दा बिचका ‘मेन होल’ हरूको ढकनी (पानी छिर्ने) आफै उछिट्टिन्थ्यो । दायाँ बायाँका घर मालिकहरूले मध्यरातमा हाम्रा घरहरू थर्केर भत्किने सम्भावना भयो भनेर जनप्रतिनिधिहरूलाई खबर गरेका थिए । तत्काल जनप्रतिनिधिहरूले ओरालोका सबभन्दा तल्ला मेनहोलहरू खोल्दै गर्दा सबै फोहोर पानीले निकास पाएको अनुभव गरियो ।
यो स्थितिको कारण के होला ?
नेपालमा असार, साउन र भदौमा बेसरी पानी पर्ने र वर्षभरिको पानी झन्डै ९ भाग पानी ३ महिनामै पर्ने हुँदा बरफ हिउँ मात्रै पर्ने देशको हिसाबअनुसार विदेशी प्राविधिकहरूले स–साना पाइपहरू जडान गर्दा फोहर पानीको प्रवाह रोक्ने समस्या यथावत रहन्थ्यो ।
दोस्रो कुरा, हामी नेपाली जनतामा आज पनि नागरिक भावनाको कमी छ । आफ्नै चर्पी, कौसी, बेसिनमा समेत कपालका रौँ, स–साना कसिङ्गरहरू र चोकको निकासमा
समेत माटो फाल्ने र बगाउने गर्छौँ । आखिर सबै झारपातसमेत जेलिएर पाइप वा निकास बन्द हुने हुन्छ । वर्षा हुनुपूर्व नै नगरपालिका वा जनताले ‘मेन होल’ का कसिङ्गरहरू सफा गर्ने गर्दैनन् । यसकारण, वर्षाको पानी अवरुद्ध भई हाम्रा सडकहरू खोला र खहरेमा परिणत हुन्छन् ।
नगरपालिकामा जनताकै प्रतिनिधि हुन्छन् तर कर्मचारीहरू भने केन्द्रबाटै भर्ना गरिन्छ । तिनीहरूको सञ्चालन प्रधान अफिसर, मुख्य हाकिम वा कार्यकारी अधिकृतले गर्छ । तर, उनीहरू प्राविधिक नहुन सक्छन् । उनीहरू विभिन्न जिल्ला वा गाउँबाट आउने हुँदा सहरका व्यावहारिक समस्याहरू थाहा नहुनु स्वाभाविक हो । तर, पुरानै इन्स्पेक्टर, जाँचकी र अन्य सफाइ कर्मचारीहरूलाई नअह्राई आफै काम गर्दैनन् । यो तालमेलको अभावले पनि मल्लकालमै बनाइएका चोक, ढल र बनेका घरहरूका सहरबारे नगरका स–साना सभासम्बन्धी प्राविधिक अनभिज्ञ हुनु अस्वाभाविक होइन ।
पुराना नगरहरूमा दुवै दायाँबायाँका घरहरूको पेटीको तल वा पेटीको दायाँ वा बायाँ ढलहरू हुन्छन् । ती ढलहरूको माथि लामा लामा ढुङ्गा छोपेको हुन्छ । पहिले ठुलठुला ट्रक र धेरै भार भएका बाहनहरू नआउने हुँदा ढल फुटेको घटना कम हुन्थ्यो । राजमार्गमा मात्रै चलाउनुपर्ने ठुलो भार बोक्ने बाहनहरू पुराना नगरहरूमा साना बगैँचामा हात्ती पसेजस्तै प्रवेश भएपछि पुराना संरचना कसरी यथावत रहला ¤
वर्तमान सरकार पृथ्वीनारायण शाहको आक्रमणकै सिलसिला भएको हुँदा ‘छेँ भडेल कार्यालय’ बाहेक अरु कुनै कार्यालयले सहरको मर्मत सम्भारको काम २०६४ सालसम्म नगरपालिकाको बन्दोबस्त रहेन । केही मठमन्दिरको सम्भार गर्ने काम गुठीका हाकिमहरू पनि बाहिरैबाट नियुक्ति हुने हुँदा तिनीहरू पनि स्थानीय परम्पराको गम्भीरताबारे अनभिज्ञ हुनु आश्चर्यको विषय होइन । पृथ्वीनारायण शाहको आक्रमणको बेला मारिएका व्यक्तिहरूको दाह–संस्कारको कुरै रहेन, सबै लासहरू टोलटोल र गल्लीगल्लीमा इनारहरूमा फालेको र खसालेको बयान आज पनि प्रचलित छ । यसकारण, कति इनारका पानी आज पनि स्थानीय जनताले खाने गरेका छैनन् ।
(लासहरू इनारमा फाल्दा रगतको फोहर र झिङ्गाबाट हुने फोहरहरू पनि नदेखिने कारणले लासहरू इनारमा फालिएको आहान चालू छ ।)
Leave a Reply