जापानले जबरजस्ती श्रमको ऐतिहासिक अपराधलाई सहजै मेटाउन सक्दैन
- श्रावण ३१, २०८३
पत्रकारिता समाजको ऐना र इन्जिन दुवै हो । यसले देश र समाजको अवस्थालाई छर्लङ्ग पार्ने काम गर्छ । पत्रकारिताले घटनाको विवरणमात्र दिएर पुग्दैन । घटनाको कारण खोजेर समस्याको गहिराइमा पुग्नुपर्छ । नेपालको पत्रकारितामा घटनाको खबर हुन्छ । तर, त्यो घटनाबारे विचार व्यक्त भएको पाइँदैन । भूकम्प भयो भने भूकम्पले पु¥याएको क्षति विवरणमात्र दिने होइन । भूकम्पले क्षति पु¥याएका घर, भवन र पीडितहरूको निम्ति गर्नुपर्ने काम, समाज र राज्यको दायित्वबारे पत्रकारिताले सूचना प्रवाह गर्नुपर्ने हुन्छ । कुनै रोगको प्रकोप भएर बिरामी र मृतकको सङ्ख्या मात्र समाजमा जानकारी दिने होइन, रोग नियन्त्रण गर्न के कस्ता औषधि, स्वास्थ्योपचार गर्न स्वास्थ्यकर्मीको खतनपतन सबैमा ध्यान पु¥याउनुपर्छ । बाढी पहिरोले पु¥याएको क्षति विवरणसँगै उठिवास भएकालाई स्थानान्तरण गर्ने, आवासको व्यवस्था गर्ने, खानपिन मिलाउनेतर्फ पनि पत्रकारिताले ध्यानाकर्षण गर्नुपर्छ । समाचारमा पत्रकारले विचार व्यक्त गर्न पाइँदैन भन्ने मान्यता पत्रकारिता क्षेत्रमा बसेको छ । यसैको आधारमा कति पत्रकारहरू कुनै घटनामा विचार व्यक्त भएपछि राजनीति भएको बताउँछन् ।
कुनै पनि पत्रकारहरू राजनीतिबाट अलग्ग हुनसक्दैनन् । प्रत्यक्ष वा अप्रत्यक्ष, सक्रिय या निष्क्रिय भएर उनीहरू कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुन्छन् । दलमा आबद्ध भयो भनेर देश र जनताको मर्का, पिर समस्याबारे लेख्दा समाचारको सन्तुलन र विश्वसनीयता गुम्छ भन्ने कुरा होइन । राष्ट्र हितको निम्ति नै पत्रकारिता गर्नुपर्छ । बरु, कमाउधन्दामा लागेका पत्रकार या पत्रकारिताको विश्वास गुम्छ । कति पत्रकारहरू आफ्नो आम्दानी या नाफामा बाधा पर्ला भनेर काम गरे पनि नगरे पनि कुनै धनाढ्य, ठुलठुला व्यापारी, उद्योगी, ठेकेदार, नाफाखोरहरूको गुणगान गर्छन्† गुणगानको नाउँमा झूट कुरा पनि फलाक्छन् । उनीहरू पैसा पाउनकै निम्ति समाचार लेख्छन् या व्यक्तिको गुणगान गर्छन् । हेर्दा त्यो समाचार व्यक्तिको भए पनि त्यसभित्र राजनीति घुसेकै हुन्छ । राजनीतिक व्यवस्था भएको देशमा मानिसहरू कसरी राजनीतिबाट अलग्ग हुन्छन् ? सर्वसाधारण जनता नै राजनीतिबाट अलग्ग हुँदैन भने देश विदेशको घटनाबारे समाचार, लेख लेख्ने पत्रकारहरू कसरी राजनीतिबाट अलग्ग हुन्छन् ?
नेपालको विकासको काममा भ्रष्टाचार व्याप्त छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि यो कुराको पुष्टि गरेको छ । केही वर्षदेखि नेपाल बढी भ्रष्टाचार र अनियमिततामा कालोसूचीमा परेको छ । कमिसनको कारण साना ठुला आयोजनाको गुणस्तर कमजोर हुने गरेको छ । ठेकेदार, अपराधी र विदेशी दलालहरू शासक नेताहरूको वरिपरि घुम्छन् । उनीहरूको साँठगाँठ ती नेताहरूसँग रहेको हुन्छ । पत्रकारिताले यस्तो जालो तोड्नुपर्छ, यस्तो जालो तोड्न पत्रकार या पत्रकारिता डराउनुहुँदैन । सरकार या सत्तारुढ दलका नेता र मन्त्रीहरूको जोखिम मोल्नुपर्ला, राज्यबाट पाउने सहयोग र सेवाबाट वञ्चित होला भनेर पत्रकारहरू लेख्नुपर्ने पनि समाचार लेख्दैनन् । कर्मचारी तन्त्रमा ढिलासुस्ती गर्ने काम छोडेको छैन । ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारको विरोध गरिएन भने पत्रकारिताको धर्म कसरी निर्वाह हुन्छ ? प्रमाण, तथ्य र जनगुनासोको आधारमा कुनै सरकारी या गैरसरकारी निकायलाई खबरदारी गर्न सकिन्छ । देश र राजनीति अस्थिर रहेको बेलामा पत्रकारिताको जिम्मेवारी झन् बढेको हुन्छ । सरकारले गरेको कामको गुणगान गर्नुमात्रै पत्रकारिताको धर्म होइन । सरकारले गरेको काममा भएको कमी कमजोरी औँल्याउनुपर्छ† गलत निर्णय र कामको विरोध या खबरदारी गर्नुपर्छ । सरकारले जे गरे पनि जस्तो गरे पनि, सही गलत जे गरे पनि मौन समर्थन गर्नु सच्चा पत्रकार या पत्रकारिताको धर्म होइन ।
नेपालको राजनीतिमा ठुलठुला ठेकेदारहरूको तामझाम बढी देखिएको छ । तिनीहरूले काममा ढिला गरे पनि या समयमा काम पूरा नगरे पनि सरकारको ध्यान पुग्दैन, समयमा काम गर्न राज्यले दबाब दिँदैन । किनभने, तिनै दलका नेताहरूले ठेकेदारबाट बेलाबखत पैसा असुलिरहेका हुन्छन् या चन्दा लिइरहेका हुन्छन् । त्यसको अर्थ सबै ठेकेदारहरू उही ड्याङका हुँदैनन् । थोरै नाफा लिएर इमानपूर्वक काम गरेका ठेकेदारहरू पनि हुन्छन् । कति कर्मचारीहरू तिनीहरुको म्याद थप्ने खेलमा सक्रिय हुन्छन् । गलत कामको विरोध गर्दा, गर्न खोज्दा कति इमानदार उच्चपदस्थ व्यक्तिहरू कारबाहीमा पनि परेका छन् । इमानपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नेहरू प्रोत्साहनस्वरूप पुरस्कार दिने या सम्मान गर्ने त कता हो कता उल्टो कारबाहीमा पर्छन् । सरकारको यस्तै कार्यशैलीका कारण यहाँ भ्रष्टाचार र अनियमितता बढ्छ । दण्डहीनताले समाजमा निकै ठुलो जरा गाडेको छ । विकासको नाममा हुने लुटतन्त्रको विरोध गर्नैपर्छ; विरोध गर्न पछि पर्नु हुँदैन ।
सूचनाको हकको कानुन कागजमा मात्र सीमित हुनुहुँदैन । पारदर्शी शासनको अभावले पत्रकारिताको विकासमा अप्ठेरो पारेको छ । सरकारले पनि सूचनामा पहुँच सहज बनाउनुपर्छ । नागरिकको सूचनाको हकलाई सम्मान गर्नुपर्छ । भ्रष्टाचारविरुद्धको अभियानमा पत्रकारितालाई उपयोग गर्नुपर्छ । तर, विडम्बना ! भ्रष्टाचार र अनियमितताको आवाज उठाउने पत्रकारिता र पत्रकारलाई इज्जतमा धक्का पु¥याइयो भनेर उल्टो पत्रकारलाई मुद्दा हाल्छ, पक्राउ गर्छ† शारीरिक र मानसिक यातना दिन्छ ।
अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ मानिन्छ । लोकतन्त्रको मापन गर्ने प्रमुख औजार अभिव्यक्ति स्वतन्त्रता हो भनिन्छ । तर, अभिव्यक्ति स्वतन्त्रतामा आँच पु¥याउने, बाधा पु¥याउने काममा सरकारका संयन्त्रहरू लागेका हुन्छन् । अभिव्यक्ति स्वतन्त्रतालाई किन शङ्काको घेरामा हालेर कारबाही गर्ने काममा लाग्छ ? लोकतन्त्रमा दल र दलका नेता तथा मन्त्रीलाई मात्र होइन प्रत्येक व्यक्तिलाई बोल्ने, लेख्ने, असहमति जनाउने र आलोचना गर्ने अधिकार हुन्छ । लोकतन्त्रमा कानुनी शासन, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, सुशासन आदिको व्यवस्था हुन्छ । अतः पत्रकारहरू कुनै दलको विचारबाट प्रभावित भयो, प्रभावित भएर सञ्चार सेवामा लाग्यो भनेर चित्त दुखाउने, पत्रकारहरू राजनीतिमा लाग्यो भनेर, गलत व्यवसायमा लाग्यो भनेर असन्तोष हुनुपर्ने होइन । राजनीति गर्नु गलत होइन । राजनीति देश र जनताको सेवा गर्ने माध्यम हो, चाहे त्यो दल खोलेर होस् या पत्रकारितामा लागेर ।
Leave a Reply