भर्खरै :

युवाहरूले गरे “श्रमिक” साप्ताहिकको अन्तरक्रिया

युवाहरूले गरे “श्रमिक” साप्ताहिकको अन्तरक्रिया

भक्तपुर, १ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिले शनिबार ‘श्रमिक’ साप्ताहिकमा प्रकाशित लेख रचनाबारे अनलाइन अन्तरक्रिया सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सामन्तवादी र पुँजीवादी विचारका युवाहरूले देश र जनताको निःस्वार्थ सेवा नगर्ने उल्लेख गर्दै नेपाल क्रान्तिकारी युवा सङ्घका युवाहरूले मानव समाजको विकासको सिलसिला अध्ययन गरेर देश र जनताको निःस्वार्थ सेवामा लाग्नुपर्ने विचार राख्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “युवाहरू देश र जनताविरुद्ध लोभ र डरसँग नझुक्ने हुनु जरुरी छ । संसारमा भइरहेको साम्राज्यवादीविरोधी सङ्घर्षमा ऐक्यबद्धता जनाउने युवाहरू आजको खाँचो हो । विद्यालय र कलेजको पोशाकमा झोलासहित आउँदा गोली हानिँदैन भनी देश जलाउने आन्दोलनमा फसाउनेहरूदेखि नेपाली युवा सचेत हुनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रमेश डंगोल, मुना तामाङ, जगतराम धुख्वा, खेमराज कँडेल, प्रकाश ओझेल, हरिचन्द्र पाण्डे र रणबहादुर रानाले अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *