चाँगुमा पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ७, २०८३
भक्तपुर, ७ भदौ । वागीश्वरी माविमा सञ्चालित टेक्स कार्यक्रमअन्तर्गतको प्री. डिप्लोमा तह
(सबओभरसियर) र डिप्लोमा तह (सब इन्जिनियर) का नवागन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् विद्यालयका पूर्वप्रधानाध्यापक मोहनप्रसाद प्रजापतिले प्राविधिक विषय तथा प्राविधिकहरूको महत्व हाम्रोजस्तो अर्धविकसित देशमा अझै बढी रहेको बताउनुभयो ।
उहाँले सीटीईभीटीको हरेक जिल्लामा एउटा प्राविधिक विद्यालय (टेक्स स्कूल) सञ्चालन गर्ने योजनाअनुसार भक्तपुर जिल्लामा एउटै मात्र टेक्स स्कूलको रूपमा वागीश्वरी माविमा टेक्स कार्यक्रम सञ्चालन रहेको जानकारी दिनुभयो ।
नवागन्तुक विद्यार्थीहरूलाई राम्रोसँग अध्ययन गर्न र देशको सेवा गर्न सुझाव दिँदै उहाँले वागीश्वरी माविमा स्वागत तथा वागीश्वरी मावि छनोट गर्नुभएकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रमका सभापति एवम् वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने अभियानअन्तर्गतकै यो प्राविधिक शिक्षा वागीश्वरी माविमा सुरु भएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा कम लागत र घर आँगनमै उपलब्ध गराउने उद्देश्यले वागीश्वरी मावि अघि बढिरहेको र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था रहेको जानकारी दिनुभयो ।
वागीश्वरी माविका सहायक प्रअ उकेश सुवालले हाल बिहानी समयमा अध्यापन हुने उक्त टेक्स कार्यक्रमका नयाँ विद्यार्थीलाई वागीश्वरी माविका नियम तथा विद्यार्थीहरूले अपनाउनुपर्ने आचारसंहिताबारे जानकारी गराउनुभयो ।े स्वागत तथा शुभकामना ज्ञानेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीद्वय लुका राई र नीरज ह्योङ्गजुले आ–आफ्नो अनुभव सुनाउँदै आफूले सुरु गरेको पढाइ समयमै सम्पन्न गर्न तथा कहिल्यै अल्छी नगर्न सुझाव दिनुभएको थियो ।
Leave a Reply