झौखेलमा ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ८, २०८३
भक्तपुर, ८ भदौ । भक्तपुर नगरपालिका गोल्मढीमा हुने ४६ औँ नेपालभाषा साहित्य तः मुंज्याको तयारी स्वरूप सोमबार एक भेलाबिच मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।
भेलामा ग्वसाखलका अध्यक्ष उकेश कवांले ४६ औँ नेपालभाषा साहित्य तःमुंज्यालाई अवसरको रूपमा लिई सबै जना मिलेर भव्य रूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
उहाँले मञ्च व्यवस्थापनमा धेरैको धेरै जिम्मेवारी रहने हुँदा सबैले आ– आफ्नो जिम्मेवारी सक्रियतापूर्वक बहन गरेर कार्यक्रम सफल बनाउन आग्रह गर्नुभयो । ग्वसाखलका उपाध्यक्ष कृष्णगोविन्द खाइजूले विगतमा भएका तःमुंज्याबाट सिकेर अब हुने तःमुंज्यालाई अझ राम्रोसँग पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले मञ्च व्यवस्थापनमा विद्युत, प्राविधिक, सिकर्मी सबैको उत्तिकै भूमिका हुने भएकोले मञ्च व्यवस्थापन समितिको नियमित भेटघाट र बैठक बस्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमबाट एण्डिज ग्वाछाको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । कार्यक्रममा सचिव पुरूषोतम ग्वाछाले पनि बोल्नुभएको थियो ।
Leave a Reply