भर्खरै :

श्वेत भैरव साकोसमा बजेट तथा वार्षिक समीक्षा

श्वेत भैरव साकोसमा बजेट तथा वार्षिक समीक्षा

भक्तपुर, ८ भदौ । श्वेत भैरव बचत तथा ऋण सहकारी लि. को ‘बजेट तथा वार्षिक समीक्षा कार्यक्रम’ सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेश सांसद तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले “उत्पादनलाई बेवास्ता गर्नु, युवाहरू विदेश पठाउनु, देशमा अस्थिरता राख्नु, सहकारी संस्थाहरू भद्रगोल बनाउनु, आर्थिक हमला हो” भन्नुभयो । आर्थिक रूपमा समाज र देशप्रति सबैले आ–आफ्नो नजरले अवलोकन गरी मनन गर्नुपर्ने उहाँले बताउनुभयो ।
“कृषिमा आधारित उद्योग नेपालको लागि एक उपयुक्त व्यवसाय हो र हाम्रो देशमा रोजगारी सिर्जना गर्नको लागि राम्रो वातावरण भए तापनि त्यसमा ध्यान नदिएकोले देश गरिब भएको हो,” उहाँले भन्नुभयो ।
उहाँले जेनजी आन्दोलनमा देशका अरर्बाैँ सम्पत्ति नष्ट भएको उल्लेख गर्दै अहिलेको सरकार पनि विदेशी जालको आडमा टिक्न खोजिरहेको बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष नातिभाइ ह्योम्बाले आफूहरू आर्थिक समस्या समाधान गर्न र आर्थिक सुशासन कायम गर्न संस्था स्थापना गर्न लागिपरेको चर्चा गर्दै गलत कार्य गर्ने सहकारी संस्थाहरूले गर्दा असल सहकारी संस्थाको पनि बदनाम भइरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति जितेन्द्र खायमलीले संस्थाले टोल, समाज र देशको हितमा काम गर्नुपर्ने स्पष्ट पार्दै इमानदार र आर्थिक अनुशासनमा बसी काम गर्नु नै यस संस्थाको बलियो पक्ष हो भन्नुभयो । उहाँले आउँदो भदौ २१ गते २२ औँ स्थापना दिवस, रक्तदान तथा वृद्ध सदस्यता सम्मान गरी मनाउने र असोज १७ गते १९ औँ साधारणसभा गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा सचिव रत्नप्रसाद सैंजुले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मीप्रसाद दुवालले प्रस्तुत गर्नुभएको आव २०८३/०८४ को बजेट सर्वसम्मतले पारित ग¥यो ।
सो कार्यक्रममा उपाध्यक्ष सत्यनारायण गाईजुले स्वागत मन्तव्य र प्रबन्धक कृष्णसुन्दर खायमलीले उद्घोषण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *