भर्खरै :

झौखेलमा ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम

झौखेलमा ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम

भक्तपुर, ८ भदौ । नेपाल मजदुर किसान पार्टी, चानपा ३ झौखेलको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई जरैदैखि अन्त्य गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ (२०४५ साल भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम आइतबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा, जिल्ला समिति भक्तपुरका उपाध्यक्ष एवं चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाले पञ्चायती निर्वाचनलाई उपयोग गरी कामदारवर्गका जनतालाई राजनीतिक, वैचारिक र व्यवहारिक रूपमा सचेत एवम् सङ्गठित गर्दै शासकवर्गमा पु¥याउने उद्देश्यका साथ कार्य गर्दै आइरहेको बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाको सरकार पनि जालीफटाहा र षड्यन्त्रकारीहरूको सञ्चालक समिति हुने भएकोले फरक ढङ्गबाट नेमकिपाका नेता, कार्यकर्ता तथा जनतालाई विभिन्न षड्यन्त्रमा फसाउने प्रवल सम्भावना भएकोले त्यसबाट बच्न र बचाउन सचेत, सजग र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले रास्वपा सरकारले शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर लगाउनु, विद्युत्मा ५ प्रतिशत भ्याट लगाउनु, राइड सेरिङमा अचाक्ली कर बढाउनु जनघाती कदम भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी, चानपा ३ झौखेलका सचिव कृष्णराम सुलुले भक्तपुर काण्डको बारेमा चर्चा गर्दै झौखेल, छालिङ, दुवाकोटलगायतका जनतालाई समेत पञ्चायतका मतियार र स्थानीय जालिफटाहाहरूले दुःख दिएको स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *