भर्खरै :

भक्तपुर कान्डको विरोध एवम् भत्सर्ना गरौँ !

भक्तपुर कान्डको विरोध एवम् भत्सर्ना गरौँ !

तत्कालीन पञ्चायती सरकारले राज्यस्तरको षड्यन्त्र रचेर २०४५ साल भदौ ९ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) र यसका कार्यकर्ताहरूविरूद्ध झूटा ज्यान मुद्दा लगाई पार्टी नै समाप्त पार्न खोजेको थियो । देश र जनताको निःस्वार्थ सेवा गर्नेहरूको लागि पञ्चायती व्यवस्था बाधक थियो । नेपाली जनतासँगै नेपाल मजदुर किसान पार्टीले पञ्चायती सामन्तवादको विरोध गर्नु स्वाभाविक थियो र ग¥यो । पञ्चायती सरकारले यसकारण पनि नेमकिपाविरूद्ध षड्यन्त्र गरेको थियो । तर, त्यो षड्यन्त्रमा पञ्चायती व्यवस्था आफै प¥यो । नेपाल मजदुर किसान पार्टी देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्न स्थापना भएको हुँदा अन्ततः पञ्चायती व्यवस्था नै समाप्त भयो ।
पञ्चायती व्यवस्था २०१७ सालयता सुरू भएको थियो । पञ्चायती सामन्तवादले नेपाली जनतालाई वाक् र प्रेस स्वतन्त्रता, सङ्गठन गर्ने र हिँड्डुल गर्ने स्वतन्त्रतालगायत मौलिक अधिकार दिएको थिएन । यसको ठीक १० वर्षअघि नेपालमा राणा शासन समाप्त भई प्रजातन्त्र स्थापना भएको थियो । त्यही बेला सामन्तवादबाट मुक्त भएका संसारका कतिपय देशको शैक्षिक सामाजिक, आर्थिक, सांस्कृतिक विकास अघि बढिरहेको थियो । यो यथार्थ बुझेका नेपाली जनतामा पञ्चायती सामन्तवादको विरोध हुनु स्वाभाविक थियो ।
पञ्चायती सामन्तवादको विरोधमा लागेका अन्य पार्टीका कतिपय नेताहरू कुर्सी पाउनासाथ आफ्ना अडान छाडेर पञ्चायती सामन्तवादको सेवामा लागे । तर, नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताहरू पञ्चायती व्यवस्थाको निर्वाचन उपयोग गरेर देश र जनताको निःस्वार्थ सेवामा लाग्नु यो । यो सेवा पञ्चायती सरकारलाई मन परेको थिएन र नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताविरूद्धको षड्यन्त्रमा लागे ।
पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूले पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई भारत प्रवासको बेला २०३५ सालमा पनि गोरखपुरमा गोली हानी हत्या गर्न खोजेका थिए । यो हत्या प्रयासमा संलग्न भएकाहरूले दुई ओटा पिस्तोल बन्दोबस्त गरेको हाल खुलिसकेको छ ।
पुँजीपतिवर्गले संसारमा पहिलो पटक बेलायती राजतन्त्रविरूद्ध सशस्त्र सङ्घर्ष गरेको थियो । फ्रान्सका पुँजीपतिवर्गले पनि त्यहाँको राजतन्त्रलाई फालेको थियो । नेपाली जनताले पनि पञ्चायती सामन्तवादको विरोध गर्नु स्वाभाविक थियो । यसको अर्थ पञ्चायती सामन्तवादपछिका सरकारहरूले नेपाल र नेपाली जनताको निःस्वार्थ सेवा गरे भन्ने अवस्था छैन । यसकारण, नेपाली जनताबाट ती सरकारहरूको विरोध भयो । बहुदल पुनःस्थापनायता ३५ वर्षका सरकारहरूले सार्वजनिक संस्थान सस्तोमा केही व्यक्तिलाई बिक्री गरे । युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपाली अर्थतन्त्र कमजोर पारे । विदेशी ऋण र लगानी ल्याएर नेपाललाई नवउपनिवेश बनाउने लगायत देशघाती काम गरे । यसको नेपाली जनताले विरोध गर्दै छन् । यसको अर्थ नेपाली जनताले कसैलाई देश जलाउने अनुमति दिएका होइनन् ।
नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने सन् १९४७ को गोर्खा भर्ती, नेपाललाई भारतको प्रदेशजस्तै बनाउने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नुपर्ने आवाज उठाएका नेपाली जनतालाई पञ्चायत र बहुदलका सरकारहरूले दमन गरे । अहिले पनि नेपालका शासकहरूले अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता पास गरे भने नेपाली सेनाको व्यारेकमा अमेरिकी सेनालाई परेड खेलाउने एसपीपी सम्झौता पारित गर्ने तयारी गर्दै छ । के यी देशघाती सम्झौताहरूको पक्षधरहरूले भदौ २३ र २४ गते नेपाली जनताविरूद्ध देशभरि आगजनी गरेका हुन् । यो विषयमा नेपाली जनता सचेत हुनु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *