काभ्रेमा ‘भक्तपुर काण्ड’ को विरोध तथा भत्र्सना कार्यक्रम
- भाद्र ९, २०८३
भरतपुर, ९ भदौ । नेपाल मजदुर किसान पार्टी नगर समिति, भरतपुरले भक्तपुर काण्ड (कालो दिन) को विरोध एवम् भत्र्सना कार्यक्रम ‘श्रमिक’ साप्ताहिक पत्रिकाको अध्ययन गोष्ठी गरेर नारायणगढमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा नेमकिपा चौथो जिल्ला सम्मेलन तयारी समिति, चितवनका संयोजक हरिप्रसाद दुवालले नेमकिपा स्थापनाकालदेखि नै मजदुर र किसानको पक्षमा कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
लेनिनवादी नीतिअनुसार पञ्चायतभित्र पसेर पञ्चायतको विरोधको गर्दै देश र जनताको पक्षमा काम गरेको कारण पार्टीलाई नै समूल नष्ट गर्ने उद्देश्यले भक्तपुर काण्डमा पञ्चायतले फसाएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भविष्यमा फरक ढङ्गले फेरि पनि भक्तपुर काण्ड हुन सक्ने भएकोले सबै साथीले सतर्क भएर साङ्गठनिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकार र संसद् गत भदौ २३ र २४ मा देश जलाउनेहरूकै नेतृत्व भएकोले व्यापक कामदारवर्गको पक्षमा नभएको बताउनुभयो ।
सो कार्यक्रममा रविनकुमार प्रधान, अस्मिता गुरुङ, ज्ञानेन्द्र प्रजा, मोहनबहादुर प्रजालगायतले भक्तपुर काण्डको विरोध र भत्र्सना गर्नुभएको थियो ।
Leave a Reply