सूर्यविनायकका शिक्षकहरूले गरे शुभकामना आदानप्रदानसँगै अध्ययन गोष्ठी
- आश्विन २६, २०८३
भक्तपुर, ९ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विषयमा युवाहरूबिच छलफल तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाले पञ्चायती निर्वाचन उपयोग गरी कामदारवर्गका जनतालाई राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिक रूपमा सचेत, सङ्गठित र सङ्घर्षशील भावना जगाउने कार्य गर्दै आइरहेको बताउनुभयो ।
२०२१ सालको भूमिसुधार कार्यक्रम उपयोग गरी जोताहा किसानहरूलाई मोहियानी हक दिलाउन र गुठी जग्गा कमाउने किसानहरूलाई रैतानीमा परिणत गर्ने अधिकार दिलाउनेजस्ता काम गरी कामदारवर्गका जनताको हितमा निःस्वार्थ रूपमा सेवा गर्दै आइरहेको उल्लेख गर्नुभयो । उहाँले निरङ्कुश पञ्चायती व्यवस्थाका मतियार, सामन्त र जालीफटाहाहरूले नेमकिपाका नेता तथा कार्यकर्तालाई फसाउने कार्य गरेको बताउनुभयो ।
उहाँले समाजवादी गणतन्त्रमा स्वास्थ्य र शिक्षा निःशुल्क हुने, योग्यताअनुसार काम, कामअनुसार ज्यालाको बन्दोबस्त हुने, काममामको सुनिश्चितता हुने, व्यक्तित्व विकासमा समान अवसर पाउने, आर्थिक समानता हुने, ज्येष्ठ नागरिक र बालबालिकाहरूको सम्मान, संरक्षण र भलाइ हुने हुँदा समाजवादी गणतन्त्र अपरिहार्य भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष एलएन लिगलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुजन दुवाल, बासुदेव घोरसाइने र सुशान्त सुवालले पनि ‘भक्तपुर काण्ड’ र समसामयिक विषयमा आ–आफ्नो अनुभव बताउनुभएको थियो ।
Leave a Reply