भर्खरै :

कम्पनी दर्ता तथा अनलाइन अध्यावधिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम

कम्पनी दर्ता तथा अनलाइन अध्यावधिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर, १४ भदौ । कानुन अध्ययन समाज नेपालको वाणिज्य कानुन समितिको आयोजनामा कम्पनी दर्ता तथा अनलाइन अध्यावधिकसम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार देकोचा, भक्तपुरमा सम्पन्न भयो ।
कार्यक्रममा कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले सहभागी कानुन व्यवसायीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई धन्यवादपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षकको रूपमा रहनुभएका अधिवक्ता राजाराम दुवाल र अधिवक्ता गम्भीरमान ज्वाख्वले कम्पनी दर्ता प्रक्रिया, अनलाइन अध्यावधिक प्रणाली सोसम्बन्धी सैद्धान्तिक र व्यावहारिक पक्षहरूबारे अभिमुखीकरण प्रदान गर्नुभयो ।
कार्यक्रमको सभापतित्व अधिवक्ता निरोज वैद्यले गर्नुभएको थियो भने अधिवक्ता सुनिल प्रजापतिले पनि बोल्नुभएको थियो ।
कानुन अध्ययन समाज नेपालले यस प्रकारका व्यावसायिक तथा व्यावहारिक अभिमुखीकरण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *