भर्खरै :

काठमाडौँमा ‘भक्तपुर काण्ड’ को विरोध भत्र्सना

काठमाडौँमा ‘भक्तपुर काण्ड’ को विरोध भत्र्सना

भक्तपुर, १७ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनाका २०४५ सालको राज्यद्वारा रचित भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम बुधबार काठमाडौँमा मनाइयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाको समूल नष्ट गर्न षड्यन्त्रपूर्वक रचिएको भक्तपुर काण्डबाट अहिले पनि शिक्षा लिन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देश र जनताको सेवालाई नै पार्टीको मुख्य ध्येयको रूपमा लिई प्रतिक्रियावादी सङ्घ संस्थाभित्र घुसेर पञ्चायती व्यवस्थाको जरा काट्ने काम नेमकिपाले गरेको थियो ।”
उहाँले भन्नुभयो, “समाजवादको लागि लागिपरको पार्टी नेमकिपामात्र भएकोले पनि नेमकिपालाई नष्ट गर्न भक्तपुर काण्ड घटाएको हो । गोरखपुरमा अध्यक्ष रोहितको डेरामा गोली हानेको नेमकिपा नष्ट गर्न नै हो भने अब फेरि नयाँ ढङ्गले षड्यन्त्र रच्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।”
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोलले भक्तपुर काण्डको बारेमा बोल्दै नेता कार्यकर्ताहरु सधैँ सचेत हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्लाका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला समितिका गुणदास महर्जन नरमान महर्जन, ममता डंगोल, काशिनारायण डंगोल, मंगलदास श्रेष्ठ, बन्दना श्रेष्ठ, पूर्ण बुढाथोकी, कुलनारायण डंगोललगायतले भक्तपुर काण्डको बारेमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *