प्रमुख प्रशासकीय अधिकृत भट्टराईको बिदाइ
- भाद्र १९, २०८३
भक्तपुर, १९ भदौ । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा ‘भक्तपुर काण्ड’को विरोध एवं भत्सर्ना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले भन्नुभयो, “त्यसबेला कक्षा ६ र ७ का विद्यार्थीले शिक्षक शिक्षिकाको तलबको २५ प्रतिशत शुल्क तिर्नुपर्दथ्यो । नेमकिपाका जनप्रतिनिधिहरू पुगेको भक्तपुर नगरपालिकाले विद्यार्थीसँग २५ प्रतिशत शुल्क उठाउन नपर्ने गरी भनपाले व्यहोर्ने व्यवस्था ग¥यो । यो जनताको सेवा पञ्चायती सरकारलाई मन परेन र नेमकिपाविरूद्ध झुठा मुद्दा ग¥यो ।”
नेमकिपाले पञ्चायती चुनावमा भाग लिएर देश र जनताको निःस्वार्थ सेवा गरेको हुँदा २०४५ साल भदौ ९ गते पञ्चायत सरकारले नेमकिपाका नेता र कार्यकर्ताविरूद्ध झुटा ज्यान मुद्दा लगाएको उहाँले उल्लेख गर्नुभयो ।
२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था समाप्त भएको र झुटा मुद्दा पनि खारेज भएको व्यवस्थापन समितिका अध्यक्ष सुवालले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौतम लासिवाले शिक्षकहरूबिच महत्वपूर्ण घटनाहरूबारे अध्ययन गोष्ठी र एकआपसमा सरसल्लाह गर्ने कार्यक्रमहरू नियमितरूपमा गर्नु आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल स्वर्णिमा मूल, शिक्षकहरू बलराम गोसाई, मनिष गोरा, माधवनारायण कोण्डा, राजकुमार साखकर्मी, लिना लासिवालगायतले बोल्नुभएको थियो ।
Leave a Reply