प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
भक्तपुर, १९ भदौ । नेपाल मजदुर किसान पार्टी बागमती प्रदेशसभाका सदस्यहरूले भोटेकोशी बाढी पीडितलाई एक महिनाको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निर्णय गरेको छ । नेमकिपा बागमती प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
भदौ १० गते बिहान रसुवा जिल्लामा हिम–चट्टान फुटेर भोटेकोशी नदीमा गएको भीषण बाढीले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिंग जिल्लामा पु¥याएको ठुलो धन–जनको क्षतिप्रति नेमकिपा बागमती प्रदेशसभा संसदीय दलले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
बाढी–पहिरोमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिमा परेकाहरूको पुनस्र्थापना, उद्धार तथा राहतवितरणमा ढिलाइ हुँंदै गए थप जोखिम एवम् जटिलता बढ्ने र स्वास्थ्य सङ्कटसमेत बढ्न सक्नेतर्फ सजग रहन नेमकिपा बागमती प्रदेशसभा संसदीय दलले जोड दिएको छ ।
हालसम्म बेपत्ता अवस्थामा रहेका र टनेलहरूमा थुनिएकाहरूलाई शीघ्र सकुशल उद्धार गर्न र त्यस क्षेत्रका बाढी–पहिरो पीडित जनताका लागि आवश्यक सम्पूर्ण बन्दोवस्त मिलाउने कार्यमा तदारूकता अपनाउन सरकारलाई घच्घच्याइरहेको नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले बताउनुभयो ।
साथै, बाढी–पहिरो पीडितहरूको सहयोगार्थ नेमकिपाको तर्फबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सदस्यहरूको एक महिना बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको सांसद गोसाईले बताउनुभयो ।
Leave a Reply