भर्खरै :

संवेदनाको किनार

संवेदनाको किनार

हिँड्दा, हिँड्दै
कुनै मोडमा
छुटाए मान्छेहरूले
आफ्ना संवेदनाहरू ?

आजभोलि
ढुकेरै बस्छन्
गिद्धझैँ
मान्छेहरू
नदी किनारमा

माथिबाट
बाढीसँगै बग्दै आएका
लासहरूबाट
थुत्न
गहना
साभार : फेसबुक वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *