भर्खरै :

अपरिपक्व या अवसरवादी

अपरिपक्व या अवसरवादी

नबुझेको भए पढ्ने गर्नू
इतिहास दस्ताबेज
बरोबर सम्झाउँथे नि
बिस्र्याै कि होइन र ?  ।।

सिद्धान्त, विचारबिनाको
पार्टी हुन सक्दैन
त्यो त हुल–हुज्जत हुन्
कठपुतली कसैको ।।

शत्रु मित्र चिनेर जानु
वर्गीय भावनाले
गा¥हो हुन्न अगाडि बढ्न
परिपक्व अडानले ।।

बुझेर नि अबुझ भइकन
वैरीको अँगालोमा
क्लिक क्लिक तस्बिर लिनु
अपरिपक्व हुन ।।

हैन भने बलेको आगो
ताप्ने मन होइन
केही पाउने आसले भए
अवसरवादी हुन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *