भर्खरै :

स्टालिनबारे विश्वका विभिन्न कम्युनिष्ट नेताहरू

यहु प्रकाश 
विश्व कम्युनिष्ट आन्दोलनका महान गुरु एवं चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका अध्यक्ष माओ त्सेतुङले बेलाबखत स्टालिनले ३०५ गल्ती गर्नुभएको र उहाँका सही कार्यहरूको अगाडि उहाँबाट भएका गल्तीहरू गौण र विश्व फासीवाद र साम्राज्यवादविरुद्ध समाजवादको लागि सबैभन्दा बढी योगदान दिनुभएको भनी उच्च मूल्याड्ढन गर्नुहुन्थ्यो ।
युगोस्लाभियाका राष्ट्राध्यक्ष टिटोलाई देखी नसहने र स्टालिनको राक्षसी समर्थक भनेर चिनिने कम्युनिष्ट अल्बानियाका राष्ट्राध्यक्ष अनबर होक्जाले बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो –
चीन र चिनियाँ कम्युनिष्ट पार्टीमाथि बाह्य रुपमा चर्को दबाब दिएर स्टालिनले वामपन्थी दुस्साहसवादको गल्ती गरेको भनी माओ त्सेतुङले दोषारोपण गरेका छन् ।
. . .माओले स्टालिनविरुद्ध उठाएका कुराहरूको विश्लेषण गर्नुपर्दा हामी के निष्कर्षमा पुग्नसक्छौं भने धेरै पहिल्यै चीन कतातिर जाँदैछ र अन्तर्राष्ट्रिय नीति र राष्ट्रिय नीति दुवैमा अनि वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र विभिन्न राजनीतिक व्यवस्था भएका मुलुकहरूसँग शान्तिपूर्ण सहअस्तित्व आदि विषयहरूमा माओको दृष्टिकोण र धेरै कुराहरूमा माओलगायत चिनियाँ नेताहरू चाओ एन लाई, लि श्याउ चि , तेङ्ग श्याउ पिङ्गहरूले टिटोपन्थी संशोधनवादी दृष्टिकोणहरूलाई सही मानेको कुरा बुझिसक्नुभएका स्टालिन एक सच्चा महान् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो । . . .
युगोस्लाभियालीहरू हामी (अल्बानियालीहरू) ले तिनीहरूलाई चाहिने कच्चापदार्थहरू उत्पादन गरोस् भन्ने चाहन्छन् । हामीले पठाएका कच्चा पदार्थहरू युगोस्लाभियाका कारखानाहरूमा प्रशोधन गरी त्यहाँ तयारी भएका मालसामानहरू महँगोमा बेच्न तिनीहरूको योजनाअनुसार युगोस्लाभियाको उपनिवेश अल्बानियामा पठाउनु थियो । तसर्थ, युगोस्लाभियाको लक्ष्य भनेको अल्बानियालाई आप्mनो उद्योग र अल्बानियाली मजदुर वर्गलाई विकास हुनबाट रोक्नु र सदासर्वदा युगोस्लाभियामाथि निर्भर बनाउनु हो । . . .
(अल्बानिया त युगोस्लाभियाको सातौं प्रदेश भएको दाबी गरेर अल्बानियालाई युगोस्लाभियामा विलय गर्ने टिटोको गोप्य योजनाको विषयमा स्टालिनले अनबर होक्जालाई बताउनुभएको थियो ः ग्रीसेली फासिवादीहरूको आक्रमणविरुद्ध तपाईंको मुलुक (अल्बानिया) लाई रक्षा गर्ने निहुँमा टिटोका युगास्लाभियालीहरूले आप्mनो सैन्य एकाइहरू जन गणतन्त्र अल्बानिया (PRA) अथवा People’s Republic of Albania) मा ल्याउन चाहेका थिए । तिनीहरूले यो काम निकै गोप्य ढङ्गले गर्न प्रयत्न गरेका थिए । वास्तवमा, यो कार्यमा तिनीहरूको लक्ष्य निकै नै शत्रुतापूर्ण थियो किनभने तिनीहरू अल्बानियाको स्थितिलाई उल्टाउन चाहन्थे ।) (लेखक)
…के स्टालिनले गल्तीहरू गर्नुभएको थियो ? निश्चित रुपमा, उहाँले गल्तीहरू गर्नुभएको थियो । वीरता, परीक्षण, सङ्घर्ष, विजयले भरिपूर्ण त्यतिको लामो अवधिमा व्यक्तिगत रुपमा जोसेफ स्टालिन साथै सोभियत सङ्घको नेतृत्वमाथि आलोचना भएको हो  । त्यसमा, बितेको कुरा बितिहाल्यो, अघि बढ्नेतिर सोचौं र विवाद बढाउने कुरा नगरौं भनी सोभियत नेतृत्वका कामरेडहरूले सल्लाह दिएका थिए । यद्यपि, तिनीहरूले स्टालिनको कुरो आउँदा अगाडि बढ्ने कुरोलाई लत्याउनुको साथै त्यसको ठीक उल्टो स्टालिनका कमजोर पक्षहरूमात्र औंल्याए ।
साँच्चै भन्ने हो भने स्टालिनको व्यक्ति पूजालाई हटाउनुपर्छ । त्यसो भए तापनि, आरोप लगाएजस्तै स्टालिन आफै व्यक्ति पूजाको प्रायोजक हुनुहुन्थ्यो भनी भन्न सकिन्छ र ? व्यक्ति पूजालाई पक्कै पनि रोक्नैपर्छ । यद्यपि, स्टालिनको बद्ख्वाई गर्ने र उहाँको विषयमा नानाभाँतिका प्रश्नहरू गर्ने र उहाँको नामबाट नामकरण गरिएका सहरहरूको नाम फेर्नेहरू जो कसैलाई औंला सोभ्mयाउने र शङ्काको दृष्टिले हेर्नैपर्ने हुन्छ । यहाँसम्म जानु आवश्यक र सही थियो । . . .
एलि नुएभो दिआरिओ (Eli Nuevo Diario) ले फिडेल क्याष्ट्रोसँग स्टालिनबारे अन्तर्वार्ता लिनुभएको थियो । उहाँले सबै दोष स्टलिनलाई दिनु ऐतिहासिक सरलवाद (Historical Simplism) भन्नुभयो । सन् १९९२ जून ३ को दिन यो अन्तरवार्ता प्रकाशित भएको थियो ।

प्रश्न : फिडेल जी, अधिकांश ल्याटिन अमेरिकी नेताहरूले जोसेफ स्टालिन नै वर्तमान समाजवादी सड्ढटको प्रमुख कारक तत्व (mastermind) भन्नु भएको छ । यसबारे प्रस्ट पारिदिनु हुन्छ कि ?

फिडेल क्याष्ट्रोले भन्नुभयो, मलाई के विश्वास छ भने स्टालिनले ठूलठूला गल्तीहरूको साथै ठूलो विवेक पनि देखाउनुभएको थियो ।
मेरो विचारमा, सोभियत सङ्घमा भएका सबै घटनाहरूको दोष स्टालिनमाथि मात्र थोपर्नु ऐतिहासिक सरलवाद छ, किनभने कोही पनि मान्छे आपैm संविधानको केन्द्रमा बस्दैन । विगतमा सोभियत सङ्घ के थियो यसको श्रेय जम्मै स्टालिनलाई जान्छ । यो असम्भव छ ? म के विश्वास गर्छु भने करोडौं वीर (वीरङ्गानाहरूले सोभियत संघको विकासमा र करोडौं करोड सोभियत जनताको पक्षमा संसारमा नै तत्कालीन भूमिका निभाउन योगदान गरे ।
मैले धेरै कुरामा स्टालिनको आलोचना गरेको छु । पहिलो, कानुनी संरचनामा उहाँले गर्नु भएको उल्लघङ्नलाई मैले आलोचना गरेको छु । मलाई के विश्वास छ भने स्टालिनले ठूलो मात्रामा शक्तिको दुरुपयोग गर्नुभएको थियो । मैले सधैं भन्दै आएको यो अर्कै दोष भयो ।
मलाई के लाग्छ भने स्टालिनको कृषि नीतिले भूमिलाई सामाजिकीकरण गर्ने प्रगतिशील प्रकृयालाई विकास गरेन । मेरो विचारमा, भूमि सामाजिकीकरण प्रक्रिया पहिले नै गर्नुपथ्र्यो र विस्तारै विस्तारै त्यसलाई पूरा गर्नुपथ्र्यो । हिंसात्मक ढङ्गले यसलाई पूरा गरेको कारणबाट इतिहासको निकै छोटो अवधिमा ठूलो आर्थिक र मानवीय मूल्य व्यहोर्नुप¥यो ।
म के अनुभूति गर्छु भने युद्धभन्दा अघिको स्टालिनको नीति पूर्णरुपमा खोटपूर्ण थियो । हिटलर एक दैत्य र वास्तविक धम्की नबनेसम्म उनीलाई शक्तिमा उदय गराउने पश्चिमा शक्तिहरूलाई कसैले अस्वीकार गर्न सकेनन् । पश्चिमा शक्तिहरूले हिटलरको अगाडि देखाएको भयङ्कर कमजोरीलाई इन्कार गर्न सक्दैनन् । यसले हिटलरलाई आप्mनो साम्राज्य पैmलाउन उत्साह मिल्यो भने हिटलरविरुद्ध केही गर्नुपर्ने गरी स्टालिन भयभित हुनुभयो । स्टालिनको त्यस नीतिलाई म जीवनभर नै आलोचना गर्छु । मलाई के विश्वास छ भने ‘हिटलरसँग कुनै पनि मूल्यमा शान्ति सम्झौता गर्ने र समयसँगै टाल्ने’ सिद्धान्तको सुगन्धित उल्लङ्घन थियो ।
हाम्रो क्रान्ति र क्युवाली क्रान्तिको अपेक्षाकृत लामो इतिहासमा हामीले कहिल्यै समयबाट फाइदा उठाउने एउटा पनि सिद्धान्तसँग सम्झौता गरेका छैनौं अथवा कुनै पनि व्यावहारिक फाइदा उठाउन पानजिङ्ग बाटो (Panzing Corridor) को हस्तान्तरणको माग गर्दै विख्यात मोलोतोभ रिबेनट्रप (Molotov -Ribbentrop) सम्झौतामा स्टालिन फस्नुभयो ।
म के अनुभव गर्छु भने समयबाट फाइदा उठाउने कार्यबाट टाढिएर अनाक्रमण सन्धिले समयलाई घटायो । किनभने कुनै पनि प्रकारले युद्ध भड्किन सक्थ्यो । तब, मेरो विचारमा उहाँले अर्को ठूलो गल्ती गर्नुभयो किनभने पोल्याण्डमा आक्रमण भइरहँदा उहाँले पोल्याण्डको भू–भाग कब्जा गर्न सोभियत सेना पठाउनुभयो । यो कार्य विवादास्पद थियो किनभने त्यस सेनामा युक्रेनियाली सैनिक जवान र रुसी सैनिक जवानहरू थिए । यस कुरामा म चाहिं एकिन छैन ।
म के पनि विश्वास गर्छु भने सिद्धान्तको दृष्टिकोण र अन्तर्राष्ट्रिय कानुनअनुसार फिनल्याण्ड विरुद्धको सानो युद्ध पनि स्टालिनको अर्को भयङ्कर गल्ती थियो । संसारको ठूलो भागमा आलोचना हुने गरी स्टालिनले श्रृङ्खलावद्ध गल्तीहरू गर्नुभयो । यसबाट यी घटनाहरूमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने सोभियत सङ्घका अन्य कम्युनिष्ट मित्रहरूलाई निकै गा¥हो अवस्थामा पु¥याएका थिए ।
स्टालिनको बारेमा हामी छलफल गरिरहेको हुनाले यसभन्दा अघि कुनै पत्रकार र कुनै पनि अवसरमा यस विषयमा छलफल नै नगरेको कुरो मैले तपाईंलाई बताउनैपर्छ ।
मैले वर्णन गरेका कुराहरू सिद्धान्त र शिक्षाविरुद्ध छन् । अझ यी कुराहरू राजनीतिक विवेकविरुद्ध पनि छन् । त्यसो भए तापनि, सन् १९३९ सेप्टेम्वरदेखि १९४१ जून महिनासम्म एक वर्ष ९ महिनाको अवधिमा सोभियत सङ्घले आपूmलाई पुनः शसस्त्र बनाउन सक्थ्यो, हिटलर आपैm झन् झन् बलियो बन्दै थिए भन्ने कुरो बताउने यो वास्तविक समय हो ।
सन् १९३९ मै हिटलरले युद्ध घोषणा गरेको भए १९४१ को भन्दा कम विध्वंस हुने थिए, र हिटलरले नेपोलियन बोनापार्टले जस्तै दुर्भाग्य भोग्ने थिए । अनियमित युद्धमा जनताको सहभागिताले सोभियत सङ्घले हिटलरलाई पराजित गर्ने थियो ।
अन्तमा, स्टालिनको चरित्र, हरेक कुरोलाई निकै अविश्वास गर्ने प्रवृत्तिले गर्दा स्टालिनले अरु केही गल्तीहरू गर्नुभयो ः त्यसमध्ये एउटा के थियो भने जर्मन षड्यन्त्रको ध्रापमा सशस्त्र फौजको भयङ्कर र रक्तपातपूर्ण शुद्धीकरण र युद्धको समयमा सोभियत फौजको वास्तवमै शिर छेदन हुने गल्ती भयो ।

प्रश्न : स्टालिनका कुन कुन गुणहरूमा तपाईं विश्वास गर्नुहुन्छ ?

उत्तर :उहाँले सोभियत सङ्घमा एकता स्थापना गर्नुभयो । उहाँले लेनिनले सुरु गर्नुभएको परिपाटीलाई सुदृढ पार्नुभयो ः पार्टी एकता । उहाँले अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनलाई नयाँ प्रेरणा दिनुभयो । सोभियत सङ्घको औद्योगिकीकरण स्टालिनका बुद्धिमतापूर्ण कार्यहरूमध्ये एउटा हो, म के विश्वास गर्छु भने यो नै सोभियत सङ्घको प्रतिरोध गर्ने क्षमताको निर्धारक तत्व थियो । स्टालिन र उहाँलाई साथ दिने समर्थकहरूको सवैभन्दा ठूलो गुण भन्नु नै युद्ध उद्योग र मुख्य मुख्य सामरिक उद्योगहरू साइवेरिया र सोभियत सुदूर प्रदेशको भित्री भागसम्म स्थानान्तरण गर्ने योजना थियो ।
म के विश्वास गर्छु भने स्टालिनले सोभियत सङ्घलाई युद्धको बला सही ढङ्गले नेतृत्व दिनुभयो । थुप्रै जनरलहरू, जुकोभ र सबैभन्दा प्रतिभाशाली सोभियत जनरलहरूले नाजिवादको विरुद्ध स्टालिनले सोभियत सङ्घको रक्षार्थ महत्वपूर्ण भूमिका निभाउनुभयो । तिनीहरू सबैले यस कुरालाई सम्मान गरेका थिए । म के विचार गर्छु भने स्टालिनबारे निष्पक्ष विश्लेषण हुनुपर्छ । भएभरको कुरामा उहाँमाथि दोष थोपर्नु ऐतिहासिक सरलतावाद हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *