भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, ५ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबार क्षेत्रस्थित द्वारिकानाथ कृष्णमन्दिर जीर्णाेद्धारमा ठेकेदारले लापरबाही गरेको जानकारी पाउने बित्तिकै स्थलगत निरीक्षण गर्नुभयो ।
उहाँले पुरातत्व विभागका प्रमुख मोहन सिं लामालाई ठेकेदारले जथाभावी निर्माण गरेको कारण महिना दिन नहुँदै इँटाहरू उप्केको, मन्दिरको किल्ला चिरा पर्न थालेको देखाउँदै सम्बन्धित ठेकेदारलाई तत्काल बोलाई मर्मत गर्न लगाउन निर्देशन दिनुभयो ।
पुरातत्वका प्रमुख लामाका अनुसार उक्त निर्माणको जिम्मा एलपीआर कन्स्ट्रक्सनले पाएको र काममा लापरबाही देखिएको हुँदा आफूले तत्काल मर्मत गर्न लगाउने वचन दिनुभयो ।
पुरातत्वले भक्तपुरका विभिन्न मठ–मन्दिरहरू ठेक्कामा काम गराउँदै आएको छ । दरबार क्षेत्रस्थित सिंह ध्वाका दरबार पुरातत्वले ठेक्कामा दिइसकेकोमा भक्तपुर नगरपालिकाले मल्लकालीन शैलीमा बनाउनुपर्ने र सो संरचना ठेक्कामा बनाउन दिन नहुने भनी पत्राचार गरेपछि सो काम अहिले रोकिएको छ ।
नगर प्रमुख, पुरातत्व प्रमुखलगायतले दरबार क्षेत्रमा भइरहेको विभिन्न निर्माण कार्यहरूको निरीक्षण गर्नुभएको थियो ।
Leave a Reply