नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
बेइजिङ, ५ असार । प्रजग कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन पुग्नुभएको छ । उहाँ दुईदिने भ्रमणका लागि मङ्गलबार बेइजिङ पुग्नुभएको हो । उहाँलाई चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपि·ले स्वागत गर्नुभएको थियो । दुई नेताबीच जून १२ मा सम्पन्न प्रजग कोरिया र संरा अमेरिकाबीच सिपुरमा भएको उच्चस्तरीय शिखर वार्ता, चीन र प्रजग कोरियाबीचको सम्बन्ध र कोरियाली प्रायःद्वीपको अवस्थाबारे छलफल भएको बताइएको छ ।
सी र किमबीच प्रजग कोरियाबीचको स्म्बन्ध अझ बलियो बनाउने, कोरियाली प्रायःद्वीपमा शान्ति र स्थायित्वको लागि संगै अघि बढ्नेबारेमा पनि कुराकानी भएको थियो । किम सि्गापुर वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा जानुभएको हो ।
यो उहाँको तेस्रो पटकको चीन भ्रमण हो । उहाँ जून १२ को शिखर वार्ताअघि दुई पटक चीन पुग्नुभएको थियो ।
चीन प्रजग कोरिया लामो कूटनीतिक सम्बन्ध भएको देश हो । चीन प्रजग कोरियाको आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै संरा अमेरिकालाई प्रजग कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ ।
चीनसँगको निकटताको कारण पनि प्रजग कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाको रुपमा लिइएको छ ।
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार संरा अमेरिका र दक्षिण कोरियाले अर्को महिना गर्ने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको जनाएका छन् ।
सिङ्गापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने वाचा प्रजग कोरियाली नेतासँग गर्नुभएको थियो । प्रजग कोरियाले सैन्य अभ्यास आफूविरुद्ध लक्षित भएको बताउँदै आएको छ । उसले उक्त सैन्य अभ्यास सञ्चालन गरेमा दुई कोरिया र प्रजग कोरिया अमेरिकाबीच सम्पन्न शिखर वार्ता र सम्झौताहरूको उल्लङ्घन हुने बताएको छ ।
Leave a Reply