भर्खरै :

क्याट्रिना आँधीले संरा अमेरिकाको जातिवादी र वर्गीय चरित्र उदाङ्गो ग¥यो

क्याट्रिना आँधीले संरा अमेरिकाको जातिवादी र वर्गीय चरित्र उदाङ्गो ग¥यो

क्याट्रिना आँधीबाट भएको मानवीय क्षति, भौतिक क्षति र विनाश बुश प्रशासनको अपराधको परिणाम हो । न्यु ओर्लियन्सका जनताको रक्षा गर्न अनुरोध गरिएको कोषलाई इराक युद्धमा खर्च गरेको कारण राष्ट्रपति बुश अपराधी हुन् । बुश प्रशासनलाई यो खतराबारे शुरुदेखि जानकारी थियो । प्राकृतिक प्रकोपहरू हेर्ने उच्च सरकारी संस्था सङ्घीय आपत्कालीन व्यवस्था संस्था (Federal Emergency Management Agency) ले सन् २००१ मै सो प्रकोपको चेतावनी दिएको थियो ।
न्यु–ओर्लियन्सलाई खाली गराइए तापनि दसौँ हजार पीडित जनता पानी, खाना र विद्युतविना अलपत्र भएनन्, हजारौँ घरहरू नष्ट भए तथा मृतकहरूको सङ्ख्या बढ्दै गयो । यो अकल्पनीय त्रासदी हो र यसले मुख्य गरी अफ्रिकी मूलका जनता पीडित भए । लुजियाना, अलाबामा र मिसिसिपिमा बहुसङ्ख्यक अफ्रिकी मुलुकका अमेरिकीहरू बस्छन् । गरीबी तथा प्राकृतिक प्रकोपहरूबाट पीडित हुने ती जनतामाथि जातीय भेदभावको कारण तिनीहरू झन् बढी पीडित छन् । न्यु–ओर्लियन्सका ७० प्रतिशत जनता अफ्रिकी छन् र त्यहाँ जातीय भेदभाव व्याप्त छ ।
केही राजनीतिज्ञहरूले यसलाई सुनामीको संज्ञा दिएका छन् । गएको डिसेम्बरमा दक्षिण–पूर्वी एसियामा आएका सुनामीले पनि धेरैको ज्यान लियो । सुनामी कहिलेकाहीँ मात्र आउँछ तर नदीको मुहानमा रहेका क्षेत्रहरूमा झण्डै हरेक वर्ष समुद्री आँधी आउँछ । सो आँधी पूर्वानुमानित थियो । अवश्यम्भावी त्रासदीजस्तो लाग्ने त्यो आँधीलाई वैज्ञानिक, सरकारी संस्था र वातावरणविद्ले लामो समय अगावै देखिसकेका थिए ।
हस्टन क्रोनिकल (Houston Chronicle) ले डिसेम्बर २००१ मा ‘न्यु–ओर्लियन्स डुब्दैछ’ शीर्षकमा एउटा लेख छापेको थियो– “समुद्री आँधीलाई रोक्ने मुख्य क्षेत्र र रक्षात्मक मिसिसिपि नदीको मुहानमा भएका टापुहरू खिइँदै गइरहेको छ र यसबाट ऐतिहासिक सहर खतरामा परेको छ ।” सङ्घीय आपत्कालीन व्यवस्थापन संस्थाले न्यु–ओर्लियन्समा हुने क्षतिलाई देशले भोगेको सबभन्दा त्रासदीपूर्ण ३ वटा प्रकोपमध्ये एकमा राखेको थियो । अन्य दुईवटा सानफ्रान्सिस्कोमा भएको भूकम्प र न्युयोर्क शहरमा भएको आतङ्कवादी आक्रमण थियो ।
सङ्घीय, राज्य र स्थानीय सरकारलाई खतराको विषयमा थाहा थियो । त्यससँग सामना गर्ने तरीका पनि थाहा थियो । तर, तिनीहरूले केही गरेनन् । तिनीहरूले असह्य र असचेत जनतालाई प्रकोपको सामना गर्न त्यतिकै छाडिदिए । तिनीहरूले किन केही गरेनन् ? ३० अगस्तको सम्पादक र प्रकाशक (Editor and Publisher) अनुसार नदीमा आउने बाढीलाई रोक्न पर्खाल र पम्प स्टेसन बनाउन २५ करोड डलर बराबरको विभिन्न महत्वपूर्ण योजनाहरू बने पनि कार्यान्वयन भएन । इराकमा छेडिएको युद्धको लागि चाहिने खर्च, मातृभूमि सुरक्षा र कर कटौतीको कारण ती परियोजनाहरू लागू हुन नसकेको कुरा प्रस्ट हुन्छ ।
सन् २००४ को समुद्री आँधी दशककै सबभन्दा नराम्रो भए तापनि सङ्घीय सरकारले न्यु–ओर्लियन्सको इतिहासमै पहिलो पटक बाढी र आँधी नियन्त्रण खर्चमा सबैभन्दा बढी कटौती ग¥यो ।
‘हस्टन क्रोनिकल’ को लेखमा धेरै वर्षअगाडि सरकारी संस्थाहरूको एउटा समूहले गरेको अध्ययन उल्लेख छ । सो समूहले समस्यालाई सुल्झाउन २ अरबदेखि ३ अरब डलर लाग्ने सुझाव दिएको थियो । यो खर्च इराक युद्धमा हुने एक महिनाको खर्चभन्दा कम छ । इराकमा प्रतिमहिना ४ अरब डलर खर्च भइरहेको छ । युद्धमा खर्च भएको ३ खरब डलरको एउटा सानो भागलाई सुरक्षात्मक उपाय अपनाउन प्रयोग गर्न सकिन्थ्यो ।
तत्कालको लागि बुश जिम्मेवार भए तापनि डेमोक्रेटिक पार्टीले पनि युद्ध र युद्धमा लाग्ने खर्चको पक्षमा मतदान गरेको कुरालाई बिर्सन हुँदैन । तसर्थ, न्यु ओर्लियन्स, अवैध युद्ध र आधिपत्यको लागि डेमोक्रेटिकहरू पनि उतिकै जिम्मेवार छन् । पुँजीवादले त्यो घटना घटाउँदा पनि बुश आफ्नो नियमित बिदालाई कटौती गर्न अनकनायो ।
बचाउ कार्य र पुनः निर्माणको लागि आवश्यक स्रोत परिचालन गर्न सक्षम एउटैमात्र संस्था सङ्घीय सरकार हो । लाखौँ जनतालाई न्यु–ओर्लियन्स र नजिकैका क्षेत्रहरूबाट हटाइएको बतायो । तर, सरकारले वास्तवमा कसैलाई हटाएन । अधिकारीहरूले सहर छोड्ने चेतावनी दिए तर सहर छाड्ने जिम्मा जनतालाई नै सुम्पे । अहिले तिनीहरू एक लाख जनता सहरभित्रै रहेको बताउँछन् ।
जनतासँग बस्नलाई ठाउँ छैन, धेरैसँग खाना पनि छैन । तिनीहरूको व्यक्तिगत सामान आँधीले बगाइसकेको छ, चिकित्सा सेवा छैन । विद्यालय पहुँचभन्दा बाहिर छ, अनगिन्ती जनता घरविहीन छन् । सङ्कटलाई हटाउन चिकित्सा कर्मचारी, सामाजिक कार्यकर्ता, बचाउ कार्यकर्ता र जलस्रोत इन्जिनियरहरूको आवश्यकता छ ।
खाना, पानी र चिकित्सा आपूर्ति तत्काल हुनुपर्दछ । ठुलठुला उत्पादन संस्थाहरूले आधारभूत आवश्यकताको सामग्री उपलब्ध गराउनुपर्दछ । सरकारी खाद्य संस्थानले खाद्यान्न वितरण गर्नुपर्दछ । विमान, हेलिकोप्टर, बस, एम्बुलेन्स, स–साना डुङ्गाहरूजस्ता यातायातका हरेक साधनलाई परिचालन गर्नुपर्दछ । सङ्घीय सरकारले यी र अन्य कदमहरू तत्काल चाल्नु पर्दथ्यो ।
अर्को शब्दमा, आँधीपीडितहरूको लागि समाजका सबै भौतिक र मानवीय स्रोत उपलब्ध गराउनुपर्दथ्यो । ती स्रोतहरूमाथि कम्पनीहरूको नियन्त्रण छ तर ती स्रोतलाई उत्पादन गर्ने मजदुरहरूको पनि त्यसमाथि अधिकार छ । ठुलठुला कम्पनीका मालिकहरू र सरकारले मद्दत गर्नुपर्दछ । नाफालाई पन्छाएर जनताको पीडालाई ध्यान दिनुपर्दछ ।
सो क्षेत्रबाट तेल उत्खनन गरेर धेरै नाफा कमाउने तेल कम्पनीहरूले पुनः निर्माणको लागि चाहिने अरबौँ डलर उपलब्ध गराउनुपर्दछ । एक्सन मोबिल कम्पनिले बाटोन रग (Baton Rouge) खानीबाट प्रतिदिन ४,९३,००० व्यारल तेल झिक्छ, चेभ्रोन (Chevron) ले पास्कागोला (एबकअबनयगबि) बाट ३,२५,००० व्यारल र कोनोको फिलिप्स (Conoca Phillips) ले २,४७,००० व्यारल तेल झिक्छन् । यी सबै रकम त्यो क्षेत्रबाट झिकेको हो तथा इराकको तेललाई कब्जामा लिनु पनि धेरै पैसा खर्च गरिएको छ । ग्यासोलिन (Gasolaine) को मूल्य ३ डलरले बढाएर कमाएको नाफा पनि फिर्ता गर्नुपर्छ र मूल्यवृद्धि घटाउनु पर्दछ ।
साधारण अर्थमा भन्नुपर्दा बहुराष्ट्रिय कम्पनीहरूले सहयोग बढाउनुपर्छ किनभने तिनीहरूले न्यु–ओर्लियन्सबाट धेरै श्रम शोषण गरेर पैसा कमाएका छन् । पुनः निर्माणको लागि अधिकारीहरूले लिएको दृष्टिकोण साँगुरो छ । क्षतिबाट बाहिर निस्कन महिनौ, वर्षाैँ लाग्ने कुरा तिनीहरू गरिरहेका छन् । एकपटक स्थिति साम्य भएपछि बाढी बीमा भएका व्यक्तिहरूले केही राहत पाउन सक्छन् । तर, बिना बीमाका गरीबहरूको लागि कुनै व्यवस्था छैन । पीडितहरूलाई राहत दिन सरकारले कुनै व्यवस्था नगरेको तथ्य लुकाउनको लागि लुटपाटको विषयमा हो हल्ला गरे ।
तर, सत्य के हो भने सरकारको नाकैमुनि स्थितिलाई परिवर्तन गर्न ठोस कदम चाल्न सकिन्थ्यो । सो क्षेत्रमा राहतको काममा मद्दत गर्न लाखौँ मजदुरहरूलाई परिचालन गर्न सकिन्थ्यो । आवास व्यवसायमा आएको प्रगतिसँगै निर्माण व्यवसायीहरूको लागि लाखौँ निर्माण मजदुरहरूले कठोर श्रम गरिरहेका छन् । व्यवसायी, निर्माण मजदुर, इन्जिनियर, चिकित्सक, सामाजिक कार्यकर्ता र देशभरिका मजदुरहरूलाई परिचालन गरेर पुँजीवादी व्यवसायलाई रोक्ने प्रयास गर्नुपर्दथ्यो तथा न्यु–ओर्लियन्सका जनतालाई मद्दत गर्न परिचालन गर्नुपर्दथ्यो ।
करोडौँ बेरोजगार मजदुरहरूलाई ज्याला दिएर भाडामा लिन सकिन्थ्यो । पुनः निर्माणको प्रयासमा सङ्गठित श्रम शक्ति अग्रदूत बन्न सक्दथ्यो । ठुलठुला कम्पनीका मालिकहरू बीमाबाट कसरी क्षतिपूर्ति प्राप्त गर्ने, आफ्नो नाफादायी प्रसोधन केन्द्रहरूलाई पुनः सञ्चालन गर्न र नाफा कमाउने ध्यानमा थिए । यसको विपरीत मजदुरवर्ग जनताको, विशेषगरी अफ्रिकी, ल्याटिन, गरीब गोरा र पीडितहरूको नियतिप्रति चिन्तित थिए । पुनः निर्माण प्रयास सुरु भएपछि तथा सञ्चारमाध्यमहरू पुनः सुरु भएपछि मजदुर सङ्घ सामुदायिक सङ्गठनहरू र अन्य समूहहरूले स्वाधीन समूह स्थापना गरेर पीडित क्षेत्रका जनतालाई सहयोग पु¥याउन सक्थे ।
सम्पत्तिभन्दा जनतालाई बढी महत्व दिएर क्युवाजस्ता समाजवादी देशहरूमा पुनः निर्माण परियोजना सन्चालन गरिन्छ । सरकारले यसलाई ठुलो आपत्कालीन राष्ट्रिय सङ्कटको रूपमा लिनुपर्दथ्यो । सङ्कटको अनुपातमा राहतका कदमहरू चाल्नुपर्दथ्यो । हरेक व्यक्तिलाई बेरोजगार बीमा दिने काम गर्नुपर्दथ्यो । व्यक्तिगत सम्पत्तिमा भएको क्षतिलाई क्षतिपूर्ति गरिनुपर्दछ । पीडितहरूलाई दीर्घकालीन र अल्पकालीन सहयोग दिने प्रयास सरकारले जारी राख्नुपर्दछ । यही समयमा मजदुरवर्गले पुँजीवादी सरकारको अधिकारभन्दा पनि पर गएर सक्दो सहयोग पीडित जनतालाई पु¥याउनुपर्दछ ।
The New Worker
9 September 2005

Leave a Reply

Your email address will not be published. Required fields are marked *