भर्खरै :

भक्तपुर नगरपालिका भलिबल सङ्घ गठन

भक्तपुर नगरपालिका भलिबल सङ्घ गठन

भक्तपुर, २३ भदौ । भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिको आयोजनामा नगरभित्रका विभिन्न १३ वटा क्लब, टिम तथा खेलकुद समितिहरूको भेला भयो ।
भेलामा नेपाल भलिबल सङ्घका उपाध्यक्ष गौतमप्रसाद लासिवाले देशमा सङ्घीय संरचनापछि खेलकुद क्षेत्रमा पनि पालिकास्तरीयदेखि केन्द्रसम्म खेलकुद सङ्घहरू गठन गर्नुपर्ने प्रावधान रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुद क्षेत्रमा भक्तपुर नगरपालिकाले गर्दै आएको गतिविधि तथा पूर्वाधार विकासबारे जानकारी गराउनुभयो ।
सो भेलाले पूर्वभलिबल खेलाडी हरिनारायण बासीको अध्यक्षतामा ११ सदस्यीय भक्तपुर नगरपालिका भलिबल सङ्घ गठन गरियो । सर्वसम्मत चयन भएका पदाधिकारीहरूलाई जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *