भर्खरै :

‘मेरो हात खाली छ’ : विस्थापित प्यालेस्टिनीहरू बाँच्न सङ्घर्षरत

‘मेरो हात खाली छ’ : विस्थापित प्यालेस्टिनीहरू बाँच्न सङ्घर्षरत

(पश्चिम किनारामा विस्थापित प्यालेस्टिनीहरू झन्–झन् ऋणमा डुब्दै र गरिबीमा बाँचिरहेका छन् ।)
तुल्कारेम, अधिकृत बैङ्क (पश्चिम किनारा) :
हाकिम मारी आफ्नो दिन एउटा एकल ओछ्यानमा सुतेर र आफ्नो विकृत खुट्टा माथि उचालेर बिताउँछन् । मारीको जीर्ण अपार्टमेन्ट, जुन उनको पछिल्लो अस्थायी आश्रयस्थल बनेको छ, त्यसका झ्यालहरू पुराना कम्बलले ढाकिएका छन् । काम गर्न नसक्ने भएकाले मारीसँग बिजुलीको बिल तिर्ने पैसा छैन, त्यसैले ती कम्बलकै भर पर्नुपरेको छ । रातमा, उनको परिवार लगभग अन्धकारमा बस्छ ।
यो अपार्टमेन्ट भग्नावशेषका थुप्रो र बटारिएका फलामे संरचनाहरू नजिकै छ, जसले हाल खाली भइसकेको तुल्कारेम शरणार्थी शिविरको एउटा प्रवेशद्वारलाई जनाउँछ । मारी र अन्य प्यालेस्टिनीहरूका लागि, यो शिविर कुनै बेला अस्थायी मानिने घर थियो । तर, यहाँ पुस्तौँपुस्ताले जीवन बिताए र अब तिनको परिवारलाई वर्षाैँसम्म एकताबद्ध राख्ने भौतिक संरचना अर्थात् तिनको घर भने अस्तित्वमा छैन ।
गरिबीको थलिएको हाकिमको परिवार अस्तव्यस्त अवस्थामा छ । ऋण बढ्दै गएको र घरका सदस्यहरू घरबाट निकालिने अवस्थामा पुगेकाले, विगत डेढ वर्षको अवधिमा आफूले कै

इजरायली सेनाले तुल्कारेमको शरणार्थी शिविर खाली गरेपछि खादिजा जबेदत र उनका नातिनातिनाहरू धिन्नाबा गाउँको एउटा कोठामा बस्छन् ।

यौँपटक आत्महत्या गर्नेबारे सोचेको उनले बताए ।
मारी आफ्नो खुट्टाको गम्भीर चोटको उपचार गराउन सक्ने अवस्थामा छैनन्; जसमा गम्भीर सङ्क्रमण विकसित भएको छ । उनले सन् २०१९ मा कब्जा–गरिएको–प्यालेस्टिन (इजरायल) मा मजदुरका रूपमा काम गर्दा आफूलाई सो चोट लागेको बताए । तुलकारेम शिविरबाट उनको परिवारलाई जबरजस्ती हटाउने क्रममा उनलाई इजरायली सैनिकहरूले नराम्ररी कुटपिट गरेपछि उनको घाउ झन् बल्झिएको थियो । मधुमेह र अन्य उपचार नगरिएका स्वास्थ्य समस्याहरू थपिँदै गएका छन्, तर उनी आवश्यक उपचारका लागि खर्च जुटाउन असमर्थ छन् ।
“यहाँको यो जोर्नी पूरै काम नलाग्ने भइसकेको छ,” उनले सुन्निएको र कालो परेको आफ्नो खुट्टाको तल्लो भागतिर इसारा गर्दै भने ।
“यसको औषधि – अल्लाहको कसम, त्यो औषधि मैले पाउनै सकेको छैन ।” मेरी श्रीमती र छोराछोरी मलाई भन्छन् : बाहिर निस्किनुस्, यात्रा गर्नुस् । अमेरिका वा टर्की जानुस् – ताकि मलाई आवश्यक पर्ने उपचार गर्न सकूँ… म बिरामी मान्छे हुँ ।”
उनकी आमा साल्वा हाकिमसँगै बसिरहेकी थिइन्; हाल उनीहरू पहिले बस्ने गरेको चारतले घरबाट एक किलोमिटरभन्दा कम दूरीमा छन् । सन् १९४८ मा कब्जा–गरिएको– प्यालेस्टिनको सहर हाडेरा (अरबी नाम : अल–खुदायरा) बाट विस्थापित भएपश्चात्, एक–एक तला गर्दै निर्माण गरिएको पारिवारिक घरबारे सोध्दा; उनी भक्कानिइन् । “हामीले त्यो घर बनाउन धेरै मेहनत गरेका थियौँ,” उनले भनिन् ।
उनीहरूलाई हटाइसकेपछि, इजरायली सेनाले मारीको घर भत्काइदियो ताकि खाली गराइएको उक्त शिविर भएर जाने सडक निर्माण गर्न सकियोस् । “त्यो घर ध्वस्त भएको देख्नु हाम्रा सबैका लागि असाध्यै पीडादायी थियो,” उनले भनिन् ।
उत्तरी पश्चिम–किनारामा इजरायली सेनाले व्यापक सैन्य कारबाहीमार्फत जेनिन, तुलकारेम र नूर शाम्स शरणार्थी शिविरहरू खाली गराएको २० महिनाभन्दा बढी भइसकेको छ । यस क्रममा हजारौँ प्यालेस्टिनीहरू विस्थापित भए, जसका परिवारहरू तीन पुस्ता अघिदेखि नै शरणार्थीका रूपमा रहँदै आएका थिए । सैन्य निषेधित क्षेत्रसम्बन्धी आदेशहरू निरन्तर नवीकरण भइरहँदा उनीहरूको फिर्ती रोकिएको छ ।
सन् २०२५ को जनवरीयता, हाकिमको परिवार चारपटक बसाइँ सर्न बाध्य भएको छ । सुरूमा, उनीहरू भागेर एउटा युवा केन्द्रमा परिणत गरिएको भवनमा आश्रय लिन पुगे† त्यसपछि, १५ वर्षमुनिका आफ्ना चार सन्तानसहित उनीहरू एउटा साँघुरो अपार्टमेन्टमा बस्न पुगे ।
घरभाडा तिर्न नसकेको उक्त परिवारले घरधनीको उदारताको पनि अब सीमा सकिँदै गएको महसुस गर्न थालेको छ, किनकि कुनैबेला अस्थायी भनिएको यो बसोबासको व्यवस्था कहिले टुङ्गिने हो भन्ने कुनै टुङ्गो छैन । हाकिमले स्थानीय पसलहरूमा उधारोमा किनेको खाद्यान्नबापतको पैसा तिर्न बाँकी छ । कुनै–कुनै रात, उनका बच्चाहरू छिमेकीको घरमा खान्छन् ।
“मेरा छोराछोरी छन् । मसँग खानेकुरा र पिउने चिज छैन,” उनले भने । “मेरा हात खाली छन् । मसँग कोही छैन । मेरो साथमा उभिने कोही छैन ।”
‘हामी अन्तिम बिन्दुमा छौँ’
सन् २०२५ को सुरूतिर इजरायली सेनाद्वारा जेनिन, नूर शाम्स र तुल्कारेम शिविरहरूबाट जबरजस्ती हटाइएका ३३,००० भन्दा बढी प्यालेस्टिनीहरूमध्ये मारी परिवार पनि पर्दछ । प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्रा (UNRWA) का अनुसार सन् १९६७ मा इजरायलको कब्जा सुरु भएयता पश्चिम किनारामा भएको जबरजस्ती विस्थापनको यो सबैभन्दा ठुलो एकल घटना हो ।
संयुक्त राष्ट्रसङ्घको स्याटेलाइट तस्बिरले देखाउँछ कि तीनवटै शिविरमा रहेका कुल भवनहरूमध्ये २० प्रतिशत ध्वस्त भएका छन् र अन्य २८ प्रतिशतमा क्षति पुगेको छ ।
“हामीले देखिरहेको विनाशको स्तर गम्भीर र अभूतपूर्व छ,” प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय अन्राका पश्चिम–किनारा मामिला हेर्ने निर्देशक रोलान्ड फ्रेडरिकले भने ।
फ्रेडरिकका अनुसार, शिविरहरू खाली गरिएपछि धेरैले रोजगारी गुमाएकाले विस्थापितहरूमध्ये ८५ प्रतिशतसँग कुनै नियमित आम्दानी छैन । यहाँका ८० प्रतिशतभन्दा बढी बासिन्दाहरू भाडामा बस्छन्; शिविरभित्र आवास वा आधारभूत सेवा–सुविधामा कहिले खर्च नगर्ने परिवारहरूका लागि यो नौलो खर्च हो ।
फ्रेडरिकका अनुसार शिविरहरू समेटिएको ‘निषेधित सैन्य क्षेत्र’ को म्याद हरेक दुई महिनामा नवीकरण गरिन्छ, तर त्यहाँका बासिन्दाहरूलाई कहिले वा कहिल्यै – फर्कन दिइने हो वा होइन भन्नेबारे कुनै सङ्केत छैन । फ्रेडरिकले भने “हामीले त्यहाँ देखेको कुरा जबरजस्ती विस्थापन हो, संयुक्त राष्ट्रसङ्घको अडान एकदमै स्पष्ट छ : मानिसहरूलाई फर्कन अनुमति दिइनुपर्छ । शिविरहरू पुनर्निर्माण गरिनुपर्छ ।”
सन् २००० देखि २००५ को दोस्रो इन्तिफादापछि जेनिन शिविरको पुनर्निर्माण गरिएको थियो तर यसपटक भने विस्थापित परिवार र अन्राका कर्मचारीहरूमा फर्किने कुनै योजना नभएकोमा चिन्ता छ ।
इजरायली सेनाले शिविरहरूबाट लडाकुहरूलाई निर्मूल पार्ने प्रयासस्वरूप ‘परिचालनगत सुरक्षा’ का लागि ती शिविरहरू खाली गरिएको जनाएको छ । फ्रेडरिकलाई सैन्य कारबाहीको उद्देश्य ‘प्यालेस्टिनी शरणार्थी समस्याको भौगोलिक स्वरूप परिवर्तन गर्नु’ हो भन्ने चिन्ता थियो ।
आपत्कालीन प्रतिकार्यका रूपमा सुरु गरिएको कार्य सुरु भएको २० महिनाभन्दा बढी समय बितिसक्दा पनि, आर्थिक कोषको अभावका कारण अन्रा विस्थापित जनसङ्ख्याको विशाल आवश्यकताहरू पूरा गर्न असमर्थ भएको छ । यसले विद्यालय र आधारभूत स्वास्थ्य क्लिनिकहरू सञ्चालनमा राखिरहन केही कार्यहरू अन्यत्र सारेको छ । आर्थिक स्रोत घट्दै गएपछि, अन्राले ‘लक्षित दृष्टिकोण’ अपनाएको छ, ज

जबेदात परिवारका सदस्यहरू बाहिर सोफामा बसेका छन् । उनीहरू बस्ने कोठा बायाँतर्फ छ ।

सका कारण हजारौँ मानिस सहयोगबाट वञ्चित भएका छन् ।
फ्रेडरिकले परिवारमा परेको आर्थिक दबाब तथा अन्राका मनोसामाजिक टोलीहरूले विस्थापित बालबालिकामा देखेको बढ्दो रूपमा डिप्रेसन र चिन्तासँग जोडिएको लैङ्गिक हिंसाको वृद्धितर्फ औँल्याए । “हामी अहिले नै अन्तिम बिन्दुमा पुगिसकेका छौँ,” उनले घोषणा गरे ।
सबैजना आ–आफ्नो बाटो लागे
हाकिमको विस्थापनको घटना शिविरको छायामा घटिरहँदा, खादिजा जबेदातको परिवार भने तुल्कारेमको बाहिरी इलाकामा आफूमाथि आइलागेको तत्कालको निष्कासनको सामना गरिरहेको छ । उनीहरू धिन्नाबाको बस्तीमा बस्छन्, जहाँ छिटपुट घरहरूका बिचमा हरितगृहहरू पनि रहेका छन् । उनीहरू सहरको केन्द्र नजिकै बसोबासको व्यवस्था गर्न असमर्थ छन् ।
एक विधवा, खदिजा परिवारका नौ जना सदस्यहरू (जसमा प्रायः बालबालिकाहरू छन्) सँग एउटा साझा सानो र सामान्य कोठामा बस्छिन् । साथै उनीहरूले एउटा सानो शौचालय र एकजना व्यक्तिले मुस्किलले खाना पकाउन पुग्ने आकारको साझा भान्सा छ । एउटा पुरानो सोफाले एउटा कुना ओगटेको छ । त्यसको माथिपट्टि छतको पत्र उप्किरहेको छ ।
खादिजाकी बहिनीका श्रीमान्का एक आफन्तले उनीहरूलाई त्यो कोठा निःशुल्क उपलब्ध गराएका थिए† त्यसअघि उनीहरू खादिजाकी छोरीको घरमा अन्य नौ जनासँगै कोचाकोच भएर चार महिना बसेका थिए । “ठाउँ एकदमै साँघुरो भयो, एकअर्कामाथि दबाब बढ्यो,” जबेदातले भने ।
खदिजाले बताइन् कि उनको परिवारलाई सन् २०२५ को जनवरीमा तुल्कारेम शिविरको हारेत अल–नादी क्षेत्रबाट विस्थापित गरिएको थियो† उक्त क्षेत्रको ठुलो हिस्सा ध्वस्त भइसकेको छ ।
उनले उनीहरूको अघिल्लो जीवनबारे भनिन्, “त्यो शिविर उत्कृष्ट थियो, कसम, म त चाहन्छु कि उनीहरूले हामीलाई फेरि त्यहीँ फर्काएर लगून् । सबै कुरा हाम्रै नजिकै थियो, प्रिय; त्यो निकटता, अपनत्वको भावना र न्यानोपन, अनि साथीभाइ र छिमेकीहरूको साथ ।”
उनलाई सबैभन्दा बढी सँगालेर राखेका र उनलाई भावुक बनाई आँखा रसाउने यादहरू खानाका परिकारसँग सम्बन्धित छन् : ईदका लागि छरछिमेक मिलेर बनाइएका अङ्गुरका पात बेरिएको मिठाइ र मामुल कुकिज । यसपालि त्यस्तो केही पनि बनेनन् ।
उनले भनिन्, “केही पनि भएन । कुनै कुकिज पनि बनेनन्, अब त कसैमा पनि केही गर्ने जाँगरै बाँकी थिएन । सबैजना आ–आफ्नो बाटो लागे ।”
मारी परिवार र अन्यहरू जस्तै, उनीहरूलाई पनि अकस्मात विस्थापित हँुदा आफ्ना सरसामान साथमा लैजान दिइएन । त्यसयता केही बासिन्दाहरूलाई शिविरभित्रका आफ्ना घरबाट एक–दुई पटक सामान निकाल्ने अनुमति दिइएको छ तर उनीहरूका धेरैजसो सामानहरू भने उतै छुटेका छन् । एकपटक खादिजाकी बुहारी गोली लाग्ने जोखिम मोलेरै शिविरको भग्नावशेषमा फर्केकी थिइन्† उनले त्यहाँ छोडिएको एउटा खेलौना (पुतली) लिनुपर्ने थियो, जसका लागि खादिजाकी नातिनी स्यान्डीले रुन छोडेकी थिइनन् ।
तुल्कारेममा, विस्थापित परिवारहरू कि त शिविरको सबैभन्दा नजिकका गरिब क्षेत्रमा, जस्तै मारी परिवारहरू वा सस्तो पर्ने बाहिरी इलाकाहरूमा, जस्तै जबेदात परिवारहरू बसोबास गर्छन्; यसरी उनीहरू अन्राद्वारा उपलब्ध गराइने स्वास्थ्य तथा शिक्षा सेवाहरूको पहँुचमा रहन सक्ने गरी नजिकै बस्छन् । तर, सामान्य किनमेलका लागि जान पनि कार नभएकी खादिजाले २ किलोमिटरको यात्रा गर्नुपर्छ ।
रातमा, हावा आवतजावतको प्रबन्ध नभएको कोठाको निसासिने गर्मीमा बस्नुको सट्टा बाहिर बस्छन्† इजरायली सैन्य ड्रोनहरू टाउको माथि तल्लो उचाइमा गुज्रिरहेको हेर्दै । “के गर्ने ? हामीलाई तिनलाई देख्ने, तिनलाई वरिपरि पाउने र तिनले घरहरूमा धावा बोल्ने कुरामा अभ्यस्त भइसकेका छौँ,” खादिजाले भनिन् ।
शरणार्थी शिविरमा सधैँ त्रास फैलाउने सैन्य छापाको सिलसिला अब विस्थापित शरणार्थीहरू भागेर पुगेका ठाउँहरूसम्मै आइपुगेको छ । “हामी सुरक्षित महसुस गर्दैनौँ,” खादिजाले भनिन् । उनले भनिन्, “न त बच्चाहरू नै सुरक्षित छन् । यो खतरनाक छ । जब उनीहरू कतै बाहिर जान चाहन्छन्, उनीहरू नफर्किउन्जेल मेरो मन बेचैन रहन्छ ।”
फेरि निकालिने प्रतिक्षामा
विस्थापनपछिका केही महिनासम्म घरधनी, आफन्त र पसलेहरूले त्यसको अधिकांश भार आफै बेहोरे† उनीहरूले परिवारहरूलाई निःशुल्क बस्न दिए वा उधारोमा खाद्यान्न उपलब्ध गराए । तर, आपत्कालीन अवस्था अब झन्डै दुई वर्ष लम्बिसकेकाले, त्यो अनौपचारिक सुरक्षा कमजोर हुँदै गइरहेको छ । विशेष गरी आर्थिक रूपमा शिथिल बनेको तुल्कारेममा यसको दबाब महसुस गरिएको छ । अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएका आक्रमण र गाजामा इजरायलको नरसंहारकारी युद्धको सुरुआतपछि प्यालेस्टिनीहरूको काम गर्ने अनुमतिपत्रहरू रद्द गरिनुअघि, त्यहाँका धेरै परिवारहरू इजरायलभित्रको रोजगारीमा निर्भर थिए ।
खदिजाको परिवार बसिरहेको घरका मालिकले हालै आफ्नी बहिनीलाई पत्र पठाएर उनीहरूलाई घर छोड्न भने । “उनीहरूलाई धेरै समय बितिसकेको जस्तो लाग्छ,” खदिजाले बताइन् । उनले भनिन्, “उनीहरूलाई त्यो जग्गा र त्यहाँको ठाँउबाट फाइदा लिन चाहन्छन् । … तर हामीले पैसा कहाँबाट ल्याउने, कहाँबाट तिर्ने ? भाडा धेरै महँगो छ र हामी त्यो तिर्न सक्दैनौँ । यदि उनी फेरि आएर हामीलाई निकालिदिइन् भने के गर्ने भन्ने हामीलाई थाहा छैन ।”
हाकिमको परिवार पनि घरबाट निकालिने अवस्थामा पुगेको छ । उनले पनि अन्राबाट ९८५ डलरको एकमुष्ट घरभाडा अनुदान र अल्पकालीन सहयोगका लागि ५६० डलरको छुट्टै बहउद्देश्यीय नगद सहायता प्राप्त गरेका थिए । “घरधनीले हामीलाई कहिले निकाल्छन् भनेर म हरेक पल पर्खिरहेको छु,” उनले भने ।
खदिजाको परिवार पसलवालाहरूबाट लिइने उधारोमा गुजारामा चलाउँछ; उनीहरूलाई परिवारको अवस्थाबारे थाहा छ र हालसम्म उधारो दिँदै पनि आएका छन् – तर अब उनीहरूको धैर्यताको बाँध टुट्दै छ ।
हाकिमले भने कि यो सद्भाव भत्किँदै छ : “तपाईँ उनीहरूलाई भन्नुहुन्छ : रुमलाई एक–दुई दिनको समय दिनुहोस् ।’ मप्रति धैर्य राख्नुहोस् ।’ तर, उनीहरू मान्दैनन् ।”
सन् १९४८ मा आफ्नो परिवारको भूमिमा फर्कने कुरा अहिले जति नै टाढाको विषय लागे पनि, खदिजा अझै कुनै दिन त्यहाँ फर्कने आशा राख्छिन् । तर, उनलाई चिन्ता छ कि उनका सन्तानले यो पछिल्लो विस्थापनअघिको अवस्थाभन्दा पनि अझ बढी अनिश्चित जीवन भोग्नुपर्ने हुन सक्छ – पुस्ताँैदेखि शरणार्थी बनेका उनीहरू फेरि पनि विस्थापित हुनुपर्ने अवस्था । “भोलि के हुनेछ भन्ने कुरा अल्ललाई मात्र थाहा छ,” खादिजाले भनिन् ।
– अल् जजीरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *