एकपक्षीय दबाबमूलक उपाय हटाउन २८ देशको आग्रह
- आश्विन १६, २०८३
प्योङयाङ, १८ असोज (केसिएनए) । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया राज्यमामिला आयोगका अध्यक्ष मार्शल किम जोङ उनले आफ्नी छोरी किम जु एसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्नुभएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दाबी गरिएको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर वोन्साननजिकको क्षेत्रबाट शनिबार बिहान प्रक्षेपण गरिएको क्षेप्यास्त्रले ७ सय किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो । सेनाले परीक्षणसम्बन्धी थप विवरण भने सार्वजनिक गरेको छैन ।
परीक्षणको निरीक्षणपछि किमले रणनीतिक क्षेप्यास्त्र सञ्चालन गर्ने सैनिकहरूले आफ्नो क्षमता र प्रतिकारात्मक तयारी प्रदर्शन गरेको बताउनुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
उहाँले देशको रणनीतिक सैन्य क्षमताको विश्वसनीयता कायम राख्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ ।
प्रजग कोरियाले उक्त परीक्षण सैनिकहरूलाई अतिध्वनिक (सुपरसोनिक) रणनीतिक हतियार प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गर्ने उद्देश्यले गरिएको जनाएको छ ।
किमकी छोरी जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनुभएको थियो । दक्षिण कोरियाली गुप्तचर निकायले पछिल्ला वर्षमा उहाँको सार्वजनिक तथा सैन्य कार्यक्रममा बढ्दो उपस्थितिका आधारमा सम्भावित उत्तराधिकारीका रूपमा उल्लेख गर्दै आएको छ ।
Leave a Reply