भर्खरै :

उर्वरभूमि कृषि सहकारीको ११ औँ वार्षिक साधारणसभा

उर्वरभूमि कृषि सहकारीको ११ औँ वार्षिक साधारणसभा

भक्तपुर, १८ असोज । उर्वरभूमि कृषि सहकारी संस्था लिमिटेड, भक्तपुरको ११ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभाका प्रमुख अतिथि एवं संस्थाका ज्येष्ठ संस्थापक सदस्य रणबहादुर छुस्याकीले सहकारी संस्थाहरूले व्यवहारिक रूपमा प्रभावकारी काम गर्न सके मात्र समुदाय तथा समाजका नागरिकको सेवा गर्न सकिने बताउनुभयो ।
सहकारीले नाफालाई मात्र प्राथमिकता नदिई सामाजिक सेवामा समेत जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले सामूहिक हितका लागि सहकारी संस्थाहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहकारीकर्मी दिनेश ग्वाछाले सहकारी क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथ्य तथा तथ्याङ्कको विश्लेषण गर्दै मुलुकमा देखिएको आर्थिक सङ्कटले सहकारी क्षेत्रमा पारेको प्रभावबारे जानकारी गराउनुभयो । उहाँले विभिन्न सरकारी निकायबाट जारी नीति तथा निर्देशनका कारण सहकारी संस्थाहरूले भोग्नुपरेका नीतिगत तथा प्राविधिक समस्याबारे समेत चर्चा गर्नुभयो ।
संस्थाका अध्यक्ष राकेश सुकुपायोको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थाका उपाध्यक्ष नारायणप्रसाद मचामसी, सचिव सुन्दर ग्वाछा, कोषाध्यक्ष केशव हाकुदुवाल, लेखा संयोजक नारायणसुन्दर शिल्पकार तथा मुना लवजुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
साधारणसभामा संस्थाको विगतको कार्यप्रगति, वर्तमान अवस्था तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *