जलवायु परिवर्तनबारे पुँजीवादी विचार
- आश्विन १९, २०८३
(सरकारी फौजले हुथी विद्रोहीहरूको लगातार आक्रमणको प्रतिरोध गरिरहेको बेला जनघनत्व बढिरहेको यस प्रान्तका सर्वसाधारण थप जोखिममा परेका छन् ।)
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र इरान–समर्थित हुथी विद्रोहीहरू देशको दक्षिण–पश्चिममा रहेको रणनीतिक रूपमा महत्वपूर्ण ताइज प्रान्तको नियन्त्रणका लागि सङ्घर्षमा संलग्न छन् ।
साउदी अरब–समर्थित ‘प्रेजिडेन्सियल लिडरसिप काउन्सिल’
(पीएलसी) का प्रमुख राशाद अल–अलीमीले आइतबार गुमेको भूभाग पुनः नियन्त्रणमा लिन हुथीहरूविरुद्ध ठुलो सैन्य अभियान सुरु भएको घोषणा गरेका छन् । यसका कारण हालैका केही भीषण झडपहरूको केन्द्र रहेको ताइज क्षेत्रमा थप युद्ध र भिडन्त हुने अपेक्षा गरिएको छ ।
पर्यवेक्षक तथा विश्लेषकहरूका अनुसार, गत महिना यमनको लालसागर तटीय क्षेत्रको ठुलो हिस्सा आफ्नो नियन्त्रणमा लिएपछि हुथीहरू आफ्नो पकडलाई थप मजबुत बनाउन प्रयासरत छन् । सरकारका लागि भने ताइजको युद्ध देशमाथिको नियन्त्रण कायम राख्ने रणनीतिक तथा अस्तित्वसँगको सङ्घर्ष बनेको छ ।
ताइज किन महत्वपूर्ण छ ?
ताइज प्रान्त यमनको सबैभन्दा बढी जनसङ्ख्या भएको क्षेत्र हो, जहाँ करिब ४५ लाख मानिस बसोबास गर्छन् । यसको समतल पश्चिमी तटीय क्षेत्र लालसागरको किनारमा अवस्थित छ । यसमा मोखा बन्दरगाह सहर तथा रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बाब अल–मान्देब जलडमरू पर्छ ।
सेप्टेम्बरको प्रारम्भमा हुथीहरूले आकस्मिक र चट्याङजस्तो तीव्र सैन्य अभिया
नमार्फत यी तटीय क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएका थिए । यसले गर्दा उक्त समूहले बाब अल–मान्देब जलमार्गमार्फत हुने अन्तर्राष्ट्रिय जल यातायात अवरूद्ध गर्न सक्ने चिन्ता बढाएको थियो । यी क्षेत्रहरू ताइजका लागि महत्वपूर्ण आपूर्ति मार्गका रूपमा पनि रहेका थिए ।
ताइज प्रान्तको अधिकांश भूभाग यमनको उच्च पहाडी क्षेत्रमा पर्छ र अझै पनि दुवै पक्षबिच विवादित अवस्थामा रहेको छ । यस क्षेत्रको राजधानी ताइज सहर धेरै पर्वतहरूको बिचमा अवस्थित छ र सरकारी नियन्त्रणमा रहेको छ । यो यमन

३० सेप्टेम्बर २०२६ सम्म यमनको गृहयुद्धमा भूभागमाथिको नियन्त्रण देखाउने नक्सा। (अल जजीरा)
को सबैभन्दा बढी जनसङ्ख्या भएका सहरहरूमध्ये एक हो र यमनी सरकारको वैधानिकताको एक मुख्य आधार हो ।
यो प्रान्त यमनको हुथी–नियन्त्रणमा रहेको उत्तरी क्षेत्र र सरकारी नियन्त्रणमा रहेको दक्षिणी भेगको बिचमा अवस्थित छ । हुथीहरूको अघि बढ्ने क्रमले सरकारी फौजलाई ऐदेनसँगको सम्पर्कबाट अलग्याउने खतरा निम्त्याएको छ । ऐदेन दक्षिणी तटीय सहर हो, जहाँ राज्यका प्रमुख संस्थाहरू अवस्थित छन् ।
वरिष्ठ अनुसन्धानकर्ता तथा नीति सल्लाहकार इब्राहिम जलालले अल जजीरालाई बताएअनुसार, ताइज सम्पूर्ण यमनका लागि सामाजिक, राजनीतिक, आर्थिक र सैन्य दृष्टिले अत्यन्त महत्व बोकेको सहर हो ।
“हुथीहरू ताइज सहरलाई अलग्याउने र घेराबन्दी गर्ने प्रयास गरिरहेका छन् । यसको उद्देश्य बाब अल–मान्देबसम्म लालसागर तटीय क्षेत्रमा हासिल गरेको आफ्नो पकडलाई मजबुत बनाउनुका साथै लहिज, ऐदेन र दक्षिणका अधिकांश भूभागमा थप दबाब सिर्जना गर्नु हो,” जलालले भने ।
“हुथीहरूले हाल पूर्ववर्ती उत्तरी यमनको सीमारेखाभित्र आफ्नो भौगोलिक नियन्त्रण विस्तार गर्न खोजिरहेका छन् । अर्थात्, उनीहरू आफ्नो नियन्त्रणलाई सुदृढ पार्न बाँकी रहेका सबै साना प्रतिरोधका केन्द्रहरू हटाउन चाहन्छन् ।”
ताइज यमन युद्धको क्रममा सबैभन्दा विवादित र सङ्घर्षरत सहरहरूमध्ये एक रहँदै आएको छ । सन् २०१४ को सेप्टेम्बरमा हुथी फौजले राजधानी सानालाई नियन्त्रणमा लिएलगत्तै यहाँ युद्ध सुरू भएको थियो ।
सहरमा हुथीहरूले लगाएको विनाशकारी नाकाबन्दी र आक्रमणका कारण हजारौँ सर्वसाधारणको ज्यान गएको छ । यस अवधिमा सरकारी फौजले सन् २०१५ देखि २०२२ सम्म भएका पटक–पटकका आक्रमणहरूलाई परास्त गर्दै हुथीहरूलाई पछाडि धकेलेका थिए ।
लडाइँ मुख्यतः ताइज सहरको पश्चिमतर्फबाट अवलोकन गर्न सकिने जबल हान पहाड तथा सहर प्रवेश गर्ने एक मुख्य मार्गमा केन्द्रित रहेको छ ।
अल जजीराको यमन ब्युरो प्रमुख सइद थाबेटका अनुसार, यदि हुथीहरूले उक्त पहाडमाथि नियन्त्रण कायम गरे भने उनीहरूले दक्षिण–पश्चिम दिशाबाट ताइज सहरमा प्रवेश गर्ने मानिसहरू र आपूर्ति सामग्रीमाथि आक्रमण गर्न सक्नेछन् ।
कसको पकड बलियो छ ?
हालसम्म ताइजका लडाइँमा कुनै पनि पक्ष स्पष्ट विजयी भएको छैन । पर्यवेक्षकहरूले यस स्थितिलाई गतिरोधका रूपमा वर्णन गरेका छन् ।
ताइजबाट रिपोर्टिङ गरिरहेका अल जजीराका मोहम्मद अल–कादीका अनुसार, हालैका दिनहरूमा सरकारी फौजले ताइजभर रहेका हुथीहरूका अखडा र स्थानहरूलाई लक्षित गरी दर्जनौँ हवाई आक्रमण गरेका छन् ।
हुथी लडाकुहरू भारी गोलाबारी, ट्याङ्क, मोर्टार तथा कात्युशा रकेट प्रहारको आडमा सहरभित्र अघि बढ्ने प्रयास गरिरहेका छन् ।
ताइज सहरबाट रिपोर्टिङ गरिरहेकी अल जजीराकी महा अलीका अनुसार, आइतबार सहरका विभिन्न क्षेत्रमा आर्टिलरी गोलाबारीको आवाज सुनिएको थियो भने स्थानीय बासिन्दाहरूले आफूहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेका थिए ।
त्यही दिन स्थानीय अधिकारीहरूले धुबाबको आवासीय क्षेत्रमा एउटा गोला खसेको र त्यस घटनामा १४ दिनको शिशुको मृत्यु भएको जानकारी दिए । अन्य आक्रमणमा पनि सर्वसाधारण घाइते भएका छन् ।
सरकारी फौजले पनि सहरको वरिपरि तैनाथ हुथी फौजमाथि लक्षित गोलाबारी गरिरहेको छ ।
आमनेसामनेको लडाइँ अहिले ताइज सहरको ग्रामीण क्षेत्रमा समेत फैलिएको छ । एक स्थानीय स्रोतका अनुसार, ताइज वरपरका गाउँहरू तथा पहाडी क्षेत्रहरूमा घुसपैठ गर्ने हुथी प्रयासहरूको प्रतिरोध गर्न स्थानीय बासिन्दाहरू स्वयम् अग्रसर भई लडिरहेका छन् ।
सबैभन्दा भीषण लडाइँ सहरको पश्चिमी मोर्चामा भइरहेको छ, जहाँ सरकारी सेनाले जबल हान क्षेत्रमा कडा प्रतिरक्षा मोर्चा खडा गरेको छ ।
आइतबार यमनका सरकारी सेनाले हुथीहरूमाथि सफलता हासिल गरेको दाबी गर्दै समास्थित एउटा किल्लासहित विभिन्न क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
ताइजस्थित सैन्य कमान्डले आफ्ना सेनाले जबल हान, हजरान र ताइज सहरको पश्चिममा रहेका अन्य स्थानमा हुथीहरूले गरेका आक्रमणहरूलाई विफल पार्दै प्रतिरोध गर्न सफल भएको दाबी गरेको छ ।
यमनी सेनाका प्रवक्ता माजेद अल–नुजाइलीले सरकारी सेनाले विमान, ड्रोन, आर्टिलरी, क्षेप्यास्त्र तथा स्नाइपरहरूको प्रयोग गरेर दर्जनौँ सैन्य कारबाही सञ्चालन गरेको र त्यसका कारण सयौँ हुथी लडाकु हताहत भएको दाबी गरेका छन् । यद्यपि, अल जजीराले यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
गत सेप्टेम्बरको प्रारम्भमा हुथीहरूले अप्रत्याशित तीव्रता र सीमित प्रतिरोधका बिच यमनको लालसागर तटीय क्षेत्रमाथि आफ्नो नियन्त्रण विस्तार गर्न सफल भएका थिए ।
तर, ताइजमा हुथीहरूले सरकारी सेनाबाट निकै कडा प्रतिरोधको सामना गरिरहेका छन् ।
यसको एक मुख्य कारण सरकारी सेना र स्थानीय आदिवासी समुदायबिचको बलियो एकता रहेको बताइएको छ । अल जजीराका यासेर हसनका अनुसार, आइतबार समा किल्ला कब्जा गर्ने अभियानमा स्थानीय आदिवासी लडाकुहरू पनि सहभागी भएका थिए ।
ताइजमा सर्वसाधारण कसरी प्रभावित भइरहेका छन् ?
ताइजमा पुनः चर्किएको लडाइँले ठुलो मानवीय सङ्कट निम्त्याएको छ । मानवीय सहायता सामग्री र आधारभूत सेवामा सीमित पहुँचका कारण शरणार्थी तथा विस्थापनको समस्या गम्भीर बन्दै गएको छ ।

२५ सेप्टेम्बर २०२६ मा दक्षिण–पश्चिमी यमनको ताइज प्रान्तको राजधानी तसाउदी–समर्थित यमनी सरकारका सैनिकहरू ३ अक्टोबर २०२६ मा ताइज सहरको पश्चिममा रहेको जबल हान मोर्चानजिक भेला हुFदै ।
साथै, नागरिक हताहत हुने घटनामा पनि वृद्धि भएको छ । आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आईडीपी) को शिविर व्यवस्थापनसम्बन्धी कार्यकारी एकाइका अनुसार, सेप्टेम्बरको प्रारम्भदेखि युद्ध चर्किएपछि यमनभर करिब २ लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश ताइज प्रान्तका रहेका छन् ।
ताइज सहरतर्फ जाने केही मुख्य मार्गहरू बन्द भएपछि आसन्न मानवीय सङ्कटको जोखिम बढेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) दुवैले जारी द्वन्द्वले यमनको पहिले नै कमजोर स्वास्थ्य सेवा प्रणालीलाई जोखिममा पारिरहेको चेतावनी दिएका छन् ।
अल जजीराका यासेर हसनले ताइजको मानवीय अवस्थालाई ‘अत्यन्त कठिन’ भएको बताएका छन् । उनका अनुसार, सरकारी फौजले हुथीहरूको घुसपैठको डरले सहर प्रवेश गर्ने सबै सडकहरू बन्द गरेपछि अवस्था झन् जटिल बनेको छ ।
मोखा सहर हुथीहरूको नियन्त्रणमा जानुअघि त्यहाँको बन्दरगाह ताइज सहरमा खाद्य सामग्री र मानवीय सहायता पु¥याउने प्रमुख आपूर्ति मार्गका रूपमा रहेको थियो ।
जारी युद्धले समग्र यमनलाई नै तहसनहस बनाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार, यमनका ३ करोड ४० लाख जनसङ्ख्यामध्ये झन्डै आधा मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका छन् भने करिब पाँच लाख मानिस कुपोषणको गम्भीर अवस्थाबाट पीडित छन् ।
Leave a Reply