भर्खरै :

एक नगरमा के के छ र के के छैन !

एक नगरमा के के छ र के के छैन !

नेपालमा भर्खर घोषणा भएका नगर र केही वर्ष दिनदेखि विकास गर्दै गएका नगरहरूबारे अध्ययन गर्दा एकछिन नयाँ मानिसलाई आश्चर्य हुन्छ – ‘नगर के हो र के होइन ?’ भन्ने प्रश्नमा । धेरै घर, बस्ती र जनता जम्मा हुनु नै नगर हुँदैन । बरु, ठुलो बस्ती होला – नगरमा घरहरूको निर्माण, बाटोघाटो ढल र पोखरीको व्यवस्थित बन्दोबस्त हुन्छ ।
केही नयाँ घोषित र घोषणा गर्न बाँकी नगरमा पहाडमा भए पनि एउटा टावर (धरहरा), क्रिकेट मैदान वा फूटबल वा भलिबलको मैदान, घोषित विश्वविद्यालय छन् । भौतिक संरचनाको दृष्टिले विद्यालय र कलेज, बसपार्क, केही पयर्टनहरूलाई आकर्षित गराउन ‘जातीय सङ्ग्रहालय’ (म्युजियम) आदि छन् तर, त्यहाँ नियमित र अनियमित हेर्ने कुनै निर्वाचित वा सरकारले स्वीकारेको संस्था छैन भने त्यस ठाउँलाई ठुलो बस्ती भन्ने वा नगर ?

पुराना नगरका केही उदाहरण
पुराना १०–१५ वटा नगरमा धेरै वर्षपहिले नै अस्पताल, स्कूल, म्युजियम, कलेज, पोखरी, खेल खेल्ने टुँडिखेल, वारुणयन्त्र, पशुपक्षी चिकित्सालय, चिडिया घर, बिजुली, घण्टाघर खानेपानी, मोटर पार्कहरू छन् । पुराना नगरहरूमध्ये उपत्यकाका तीन नगर, वीरगञ्ज, विराटनगर, जनकपुर, हेटौंडा, नेपालगञ्ज, पोखरा, पाल्पा, धरान आदि हुन् ।
भूगोलको अध्ययनले बस्ती र नगरको विस्तार, नदीको किनार, बेँसी वा फेदीहरूमा जनताको व्यापार, धार्मिक स्थल र विविध कारणले आवतजावतको कारण क्रमिक रूपमा बस्ती विकास भएको देखिन्छ । तर, प्राकृतिक रूपले वाणिज्य, व्यापार र राजनीतिक कारणले राजधानी र सदरमुकाम, प्रहरी चौकी र भन्सारहरूको कारण त्यस्ता बस्तीहरू वा स–साना नगरहरू पनि म्हासिँदै गएका छन् ।
गणतन्त्रपछि कुनै निश्चित आधारबिना आ–आफ्ना दलहरूलाई मत प्राप्त वा नगरको घोषणाले बस्ती विकास हुँदै जाने दृष्टिले उनीहरूले नगरहरू घोषणा गरे । तर, ती शासक दल र सरकारहरूले नगरका आधारहरूबारे प्रस्ट गर्न सकेका थिएनन् ।
वर्तमान समयमा घोषित नगरहरूमा हुनुपर्ने महत्वपूर्ण पूर्वाधारहरू हुन् – १) ग्रहशाला (प्लानेटेरियम) २) चिडियाखाना ३) सङ्ग्रहालय ४) मनारेञ्जन पार्कहरू (विद्युत्ले चल्ने गाडीहरू, तलमाथि घुमाउने यन्त्रजडित बन्दोबस्त आदि) ५) वारुणयन्त्र ६) नाचघर (टाउन हल) ७) व्यवस्थित स्नानघर ८) उपचार पोखरी (ट्रिटमेन्ट पोन्ड) ९) फोहर बिसर्जन गृह वा बन्दोबस्त ।

भक्तपुर नगरलाई उदाहरण बनाउँदा
भक्तपुर नगरपालिकाले आफ्नै १) ख्वप अस्पताल र केही वडाका स्वास्थ्य चौकीहरू, घरघरमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवा चालु गर्दै आएको २) केही शिशुशाला र बालोद्यान ३) ५–६ वटा कलेज ४) ज्येष्ठ नागरिकहरूलाई दिवा सेवा प्रदान गर्ने आदर निकेतन, भक्तपुर सहकारी संस्थाको एउटा आदर निकेतन ५) एउटा सभा भवन (निर्माणको क्रममा) ६) एक आधुनिक दाहसंस्कार गृह ७) फोहरबाट कम्पोस्ट मल बनाउने दुई वटा क्षेत्र ८) तीन नयाँ आवास क्षेत्र ९) एउटा चालू अवस्थामा रहेको आवास क्षेत्र १०) नयाँ नगरपालिका भवन, एउटा प्राचीन दरबार पुनः निर्माण हुँदै ११) केही खेलहरूको नियमित प्रशिक्षण १२) एउटा टेबलटेनिस कभर्ड हल १३) एक भलिबल ग्राउन्ड, सानो फूटबल ग्राउन्ड (महेश्वरी स्थान) मा छ । मन्दिरहरूको पुनःनिर्माण, पोखरी पुनःनिर्माण, फल्चा पुनःनिर्माण, पर्यटन सूचना केन्द्र भनपाकै नेपालभाषाको एक पाक्षिक र एक ‘भक्तपुर’ मासिक, रेडियो र टीभी प्रशारणमा छ ।
भक्तपुरमा केन्द्रीय सरकारकै चित्र सङ्ग्रहालय, धातुकला सङ्ग्रहालय, काष्ठकला सङ्ग्रहालय, पशुपक्षी चिकित्सालय, वारुण यन्त्र सञ्चालनमा रहेका छन् ।

भक्तपुर नगरपालिकाले के के गर्न बाँकी र बनाउनुपर्ने छ ?
– ग्रहशाला (प्लानेटोरियम)
– स्वीमिङ पुल
– वधशाला
– व्यवस्थित मोटर पार्किङ (नयाँ घर बनाउँदा अनिवार्य ग्यारेज बनाउनुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *