सहरमा हराउँदै छिमेकीपन
- आश्विन २०, २०८३
कास्कीमा रोहितराज पराजुली
चीनले नेपालसँगको व्यापारका लागि कोरोला नाकालाई प्राथमिकतामा राखेको छ । भौगोलिक विकटता देखाएर रसुवागढी र तातोपानी सञ्चालनमा आनाकानी गरिरहेको चीनले कोरोलालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने भन्दै नेपालस्थित राजदूत चाङ माओमिङको नेतृत्वको पाँच सदस्यीय टोलीलाई स्थलगत निरीक्षणका लागि खटाएको थियो । कोरोला नाका निरीक्षण गरेर राजदूत चाङ सोमबार फर्किएका छन् ।
कोरोलालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्न नेपालले नै प्रस्ताव गरेको हो । तर, रसुवागढी र तातोपानी सञ्चालनलाई थाती राखेर चीनले कोरोलालाई प्राथमिकता दिँदा चीनबाट आयात गर्ने वस्तुको लागत महँगो पर्न जाने व्यवसायीले बताएका छन् । राजदूत चाङसहितको चिनियाँ टोलीसँग गएको पाँच सदस्यीय टोली उपल्लो मुस्ताङको लोमान्थाङसम्म पुगेर तीनदिने भ्रमण सकेर सोमबार फर्किएको हो । चिनियाँ टोलीसँग नेपाली प्रतिनिधिमण्डलले समेत निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय, मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जानकारी दिए । कोरोला नाका हुँदै लोमान्थाङ आएको चिनियाँ टोली जोमसोमस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको बैठकमा सहभागी भई पुनः लोमान्थाङ हुँदै कोरोला नाकाबाटै चीन फर्किएको छ ।
चिनियाँ टोलीले मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडाललगायतका सरोकारवालासँग छलफल गरेको थियो । सो छलफलमा कोरोलालाई हाल नेपाल र चीनले आफ्नो वैकल्पिक नाकाका रूपमा प्रयोग गर्दै आएकोमा अब व्यवस्थित गर्ने, नाकामा देखिएका समस्या र चुनौतीको समाधान, आवश्यक पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, काठमाडौंदेखि नाकासम्म पुग्ने सडक सञ्जाललाई विकास विस्तारसँगै सहज बनाउनेलगायतका विषयमा छलफल भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।
चिनियाँ टोलीले नाकादेखि सडकको अवस्थाबारे केन्द्रित रहेर जानकारी लिएको उनले बताए । मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत चुडालले चिनियाँ टोली नाकासम्म पुग्ने सडक सञ्जालसँगै नाकाको अवस्था र नेपाली पक्षको समस्या के छ भन्नेबारे जानकारी लिएर फर्किएको बताए । ‘हाल वैकल्पिक रूपमा मात्रै प्रयोग भइरहेको नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न के–के गर्न आवश्यक छ ? नेपाली पक्षका समस्या के–के छन् ? चीनले के सहयोग गर्न सक्छ ? भन्नेबारे चिनियाँ पक्षले चासोसँगै आवश्यक जानकारी लिएको छ,’ उनले भने । आफूहरूले भवनसँगै आवश्यक भौतिक पूर्वाधार, सडक सञ्जाल र नाका खुल्ने समय बढाउनुपर्नेलगायतका विषय चिनियाँ टोलीलाई जानकारी गराएको उनले बताए । हाल नाका दुईपटक नेपाली समयअनुसार बिहान करिब ८ः३० देखि १०ः३० र दिउँसो करिब १३ः३० देखि १५ः३० गरी दैनिक करिब चार घण्टा मात्र खुल्दै आएकाले समय बढाउन माग गरेको चुडालले जानकारी दिए ।
नेपाली पक्षको कुरा सुनेपछि चिनियाँ टोलीले नेपालतर्फको नाकालाई व्यवस्थित बनाउन आवश्यक सहयोग गर्न तयार रहेको बताएर फर्किएको चुडालले जानकारी दिए । चुडालका अनुसार चिनियाँ टोली नाकालाई नेपाल र चीन दुई देशको मात्र नभएर अन्तर्राष्ट्रिय नाकाका रूपमा कसरी विकास गर्ने भन्ने विषयमा केन्द्रित रहेको थियो । हाल चीनतर्फ नाकामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसके पनि नेपालतर्फ खाली चौर मात्र छ । आवश्यक पूर्वाधार नभएका कारण नेपालको भन्सार कार्यालय नाकादेखि १३ किलोमिटर नेपालपट्टिको दूरीमा रहेको उनले बताए । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले दुई पक्षको भेटलाई महत्वपूर्ण रूपमा लिएको बताए । नाकालाई पूर्ण रूपमा सञ्चालन गर्न सके धेरै फाइदा हुने उनको भनाइ छ ।
साभार – नयाँ पत्रिका २०८३/६/१९
Leave a Reply