दसैँमा भक्तपुर स्काउटको सक्रियता र सेवा सराहनीय
- आश्विन २९, २०८३
तीन वर्षअघि गाजापट्टीमा इजरायली नरसंहार सुरु भएयता, इजरायली कारागारहरूमा रहेका प्यालेस्टिनीहरूले दुव्र्यवहार सहँदै आएका छन् । इजरायली नियन्त्रणमा बन्दीहरूसँग गरिएको व्यवहार र प्यालेस्टिनी प्रतिरोध (हमास) समूहले इजरायली युद्धबन्दीहरूसँग गरेको व्यवहारबिच आकाश–जमिनको फरक छ । रिहा भएपछि, इजरायली बन्दीहरूले आफूहरूसँग राम्रो व्यवहार गरिएको बताए† उनीहरूमध्ये एकले त लडाकुहरूले उनको जन्मदिन मनाउन उनलाई केकसमेत दिएका थिए ।
गाजामा बन्दी बनाइएकीमध्ये एक नोआ अर्गामानीले पछि बताइन् कि बन्दी अवस्थामा आफूलाई लागेका चोटपटकहरू इजरायलको अन्धाधुन्ध बमबारीका कारण भएका थिए, न कि आफूलाई नियन्त्रणमा राख्नेहरूले गरेको दुव्र्यवहारका कारण ।
अर्का इजरायली बन्दी किथ सिगलले त आफूलाई बन्दी बनाउनेहरूलाई पत्र नै लेखेर आफ्नो हेरचाह गरेकोमा उनीहरूलाई धन्यवाद दिए । “सुरक्षाकर्मीहरूले खाना र खानासम्बन्धी समस्या आदिबारे मेरा अनुरोधहरूको सुनुवाइ गरे,” सिगलले पत्रमा लेखे । “उनीहरूले मेरो स्वास्थ्य अवस्था सुहाउँदो, तेलरहित शाकाहारी खाना ल्याउने कुराको पनि सुनिश्चित गरे ।”
तर, इजरायली कालकोठरीहरूमा प्यालेस्टिनी बन्दीहरूले भने एकदमै भिन्न अनुभव गरिरहेका छन् । इजरायलीहरूले प्यालेस्टिनीहरूको उमेर वा लिङ्गको वास्ता नगरी उनीहरूप्रति अत्यन्तै क्रूर व्यवहार गरेका छन् । उनीहरूले प्यालेस्टिनीहरूमाथि बलात्कार गर्न र पिसाब फेर्न कुकुरहरू परिचालन गरेका छन् तथा आफ्नो नियन्त्रणमा रहेका कम्तीमा ९४ जना बन्दीहरूको हत्या गरेका छन् ।
गत महिनाको अन्त्यतिर, प्यालेस्टिनी बन्दी अधिकार समूह ‘अद्दामिर’ (Addameer) ले पूर्व बन्दीहरूका नौवटा बयानहरू सार्वजनिक ग¥यो, जसमा उनीहरूले इजरायलीहरूबाट भोगेको भयानक दुव्र्यवहारको विवरण दिइएको छ ।
एस.डी. (S.D.) नामले मात्र पहिचन भएकी एक महिलाले सामाजिक सञ्जालमा राखिएका पोस्टहरूका कारण सन् २०२५ को जून महिनामा मध्यरातमा आफ्नो घरबाट आफूलाई अपहरण गरिएको बताइन् । कारागार लैजाने क्रममा उनलाई जीपको भुइँमा सुत्न बाध्य पारियो र इजरायली सैनिकहरूले उनलाई कुल्चे । उनको गिरफ्तारीको समयमा इरानमाथि इजरायली–अमेरिकी आक्रमण जारी रहेकाले, इरानले गर्ने जवाफी हमलाको सजाय इजरायलीहरूले उनलाई दिने गर्थे । “जब–जब क्षेप्यास्त्र प्रहार वा त्यस्तै केही हुन्थ्यो, उनीहरू त्यसको रिस ममाथि पोख्थे,” उनले भनिन् ।
हासारोनमा छोटो समयको बसाइँको क्रममा एस.डी.ले आफ्नो कोठा फोहोर पानीले भरिएको बताइन् । “जमिनमुनिबाट पानी निस्किरहेको थियो र पूरै भुइँ फोहोर पानीले ढाकिएको थियो,” उनले भनिन् ।
अन्ततः उनलाई डेमन जेल पठाइयो, जहाँ हाल प्यालेस्टिनी महिला बन्दीहरूमध्ये ९१ जनालाई राखिएको छ । एस.डी. को बयानले इजरायली कालकोठरीहरूमा महिला बन्दीहरूले भोगेको भयावह दुव्र्यवहारलाई उजागर गर्छ । यति मात्र होइन, इजरायली कब्जाकारी फौजका विशेष एकाइहरूद्वारा गरिने नियमित छापाका कारण उनीहरूको दयनीय जीवन–स्थिति र उनीहरूप्रति गरिने दुव्र्यवहार अझ भयावह बनेको छ ।
यहाँ अद्दामिर (Addameer) मा प्रकाशित एस.डी.को पूर्ण बयान दिइएको छ :
मलाई सन् २०२५ को जून महिनामा बिहान करिब १ः०० बजे मेरो घरबाट पक्राउ गरिएको थियो । उनीहरूले पहिले सहरमा छापा मारे, अनि मेरो घरमा छापा मारेर घेरा हाले । उनीहरू निकै क्रूर तरिकाले मेरो घरभित्र पसे, मेरा परिवारका प्रत्येक सदस्यबारे सम्पूर्ण जानकारी सङ्कलन गरे र त्यसपछि मलाई पक्राउ गरे ।
उनीहरूले मलाई जीपमा राखेर लगे । मलाई जीपमा राखिएको क्षणदेखि सैन्य शिविर नपुगुञ्जेलसम्मको यात्रा अत्यन्तै कष्टकर थियो । स्थानान्तरणको क्रममा, उनीहरूले मेरा हातहरू पछाडि बाँधेर मलाई जीपको भुइँमा घोप्टो परेर सुत्न बाध्य पारे । पुरुष र महिला सैनिकहरूले जानाजानी ममाथि पाइला टेके ।
उनीहरूले मलाई आफ्ना राइफलको कुन्दाले पनि कुटे । त्यतिबेला इरानसँगको युद्ध चलिरहेको थियो र क्षेप्यास्त्रहरू प्रहार भइरहेकै थिए । जब–जब क्षेप्यास्त्र प्रहार वा त्यस्तै केही हुन्थ्यो, उनीहरू त्यसको रिस ममाथि पोख्थे । मलाई किन हो भन्ने कुरा थाहा थिएन, तर त्यस्तै भयो ।
उनीहरूले मलाई सुरुमा नाब्लुस नजिकैको एउटा अज्ञात सैन्य शिविरमा लगे, जहाँ म भोलिपल्टको बिहानसम्म बसेँ । मलाई महिला सैनिकहरूसँग एउटा कोठाभित्र राखिएको थियो । म पूरै समय म बाँधिएको, आँखामा पट्टी बाँधिएको र भुइँमा बसेको अवस्थामा रहेँ ।
म करिब एक दिन सेनासँगै रहेँ, त्यसपछि उनीहरूले मलाई हसारोन (Hasharon) लगे । त्यसअघि, उनीहरूले मलाई सोधपुछका लागि सालेम लगे । त्यसपछि मलाई हासारोन लगियो ।
म हासारोनमा आधा रात बसेँ । मलाई राखिएको कोठरी अत्यन्तै खराब थियो । त्यहाँका गार्डहरूको व्यवहार कठोर तथा दुव्र्यवहारपूर्ण थियो ।
जब म कोठरीभित्र पसेँ, त्यहाँ अँध्यारो थियो र पूरै भाग पानीले भरिएको थियो । जमिनमुनिबाट पानी निस्किरहेको थियो र पूरै भुइँ फोहोर पानीले ढाकिएको थियो । त्यहाँ कम्बल थियो वा अरू कुनै कुरा थिएन ।
कीरा र साङ्लाहरू ममाथि र मेरो शरीरमा सरिरहेका थिए र मैले तिनलाई आफूबाट टाढा राख्ने प्रयास गरेँ । परिस्थिति अत्यन्तै कठिन थियो । दिन हो कि रात, मलाई थाहा थिएन र त्यहाँ प्रकाशको कुनै स्रोत थिएन । म एक्लै थिएँ । भोलिपल्ट बिहान उनीहरूले मलाई हसारोनबाट डेमन (Damon) जेलमा लगे ।
म डेमन पुग्दा त्यहाँ करिब ७८ जना महिला कैदी थिए भन्ने मेरो अनुमान थियो, यद्यपि मलाई यकिन सङ्ख्या भने याद छैन ।
मैले डेमनमा १४ महिना बिताएँ† फेसबुकमा उक्साहटपूर्ण गतिविधि गरेको अभियोगमा मलाई तोकिएको सजायको अवधि यही थियो ।
मेरो नजरबन्दको सुरुवात अत्यन्तै कष्टकर थियो । पक्राउ परेको क्षणदेखि नै तपाईं अझै पनि त्रसित र भयभित हुनुहुन्छ । जेल पस्नेबित्तिकै त्यहाँ गरिने खानतलासीले म स्तब्ध भएँ । उनीहरूले कोठा र त्यहाँ भएका हरेक सामान, साधारणभन्दा साधारण वस्तुसमेतको जाँच गर्थे, जबकि त्यहाँ जीवनका लागि अत्यावश्यक आधारभूत कुराहरूकै अभाव थियो । लुगाफाटाको कमी थियो र पर्याप्त खानेकुरा थिएन ।
उनीहरू आफूखुसी बत्ती बाल्ने र निभाउने पनि गर्थे । म गर्मीयामको सुरुवातमा, जून महिनामा डेमन पुगेकी थिएँ । झ्याल, ढोका र अन्य भाग सबै बन्द थिए, जसले गर्दा कोठाभित्र हावा आवतजावतको कुनै व्यवस्था थिएन । त्यहाँ भेन्टिलेसन प्रणाली वा एयर कन्डिसनिङ थिएन । झ्यालहरू बन्द थिए र एउटा सानो प्वालबाट थोरै मात्र हावाभित्र पस्थ्यो ।
भोलिपल्ट बिहानै छापा मार्ने काम सुरु भयो र ती छापाको अर्थ के थियो भन्ने कुरा मैले थाहा पाएँ । यस्ता छापामा कोठाभित्र कुकुरहरू ल्याइन्थ्यो, स्टन ग्रेनेड प्रहार गरिन्थ्यो, अनि सुरक्षाकर्मी र विशेष दस्ताकाहरू अचानक र आक्रामक शैलीमा महिला कैदीहरूको कोठामा प्रवेश गर्थे । उनीहरू ढोका खोलेर कोठाभित्र पस्थे, महिलाहरूलाई बाहिर निकाल्थे, भुइँमा बसाउँथे र नियन्त्रणमा लिन्थे ।
त्यसपछि उनीहरूले हामीलाई बाहिर लगेर भुइँमा घोप्टो पारेर लडाए र हाम्रा हात बाँधिदिए, जबकि कुकुर हाम्रो वरिपरि र हाम्रो अनुहारको अगाडि थियो । खानतलासी नसकिँदासम्म हामी करिब एक घण्टा वा कहिलेकाहीँ त्योभन्दा बढी समयसम्म जमिनमै रहन्थ्यौँ । त्यसपछि उनीहरू हामीलाई हाम्रा कोठाहरूमा फर्काउँथे, जहाँ पुग्दा कोठा पूरै अस्तव्यस्त अवस्थामा पाउँथ्यौँ ।
यी छापा मार्ने क्रमको सुरुवात थियो । त्यसपछि, जेलबाहिर कुनै घटना भएको होस् वा उनीहरूलाई आक्रोशित बनाउने खालका घटनाहरू हुँदा, उनीहरूले समय–समयमा छापा मार्न थाले । ती छापाहरूबाटै हामीलाई बाहिर केही भएको छ भन्ने थाहा हुन्थ्यो, अनि पछि जब हामी आफ्ना वकिलहरूलाई भेट्न बाहिर निस्कन्थ्यौँ, तब हामीले आपसमा गरेको कुराकानी वास्तवमै सत्य रहेछ भन्ने कुरा थाहा पाउँथ्यौँ ।
छापाको तीव्रता कहिले बढ्थ्यो त कहिले घट्थ्यो । केही छापाका बेला बाहिरी टोलीहरू आएर छापा मार्थे, जसले गर्दा स्थिति अझ खराब हुन्थ्यो ।
त्यो वर्षको जुलाईमा करिब सात पटक छापा मारिएका थिए र त्यो सबैभन्दा हिंस्रक अवधिहरूमध्ये एक थियो । तर, जुलाईमा मारिएको छापा मेरो सम्पूर्ण बन्दी जीवनमा मैले भोगेको सबैभन्दा कठिन छापा थियो ।
जुलाईको महिनाको एक दिन, ‘यामाज’ विशेष दस्ता हाम्रो खण्डमा प्रवेश ग¥यो । बिहान करिब १० वा ११ बजेतिर हामीले उनीहरूभित्र पसेको सुन्यौँ । उनीहरूले स्टन ग्रेनेड प्रहार गरे र कोठाहरूमा प्रवेश गरे ।
त्यो छापाको क्रममा बाहिर निकालिएकी म पहिलो केटी थिएँ र उनीहरूले बाहिर लैजाँदा पनि म नै पहिलो थिएँ । उनीहरूले हामीलाई भुइँमा धकेले र हाम्रा हातहरू पछाडि पारेर हतकडी लगाए । हतकडी लगाउने तरिका अत्यन्तै हिंस्रक र कसिलो थियो† त्यसको दबाबले हाम्रा हातहरू नै चुँडिएर अलग हुने हुन् कि जस्तो महसुस हुन्थ्यो ।
त्यसपछि उनीहरूले हामीलाई बाहिर लगेर घाममा जमिनमा फालिदिए । त्यहाँ छायाँ भएको ठाउँ थियो, तर उनीहरूले जानाजानी हामीलाई घाममा राखे । मौसम असाध्यै गर्मी थियो र तापक्रम निकै उच्च थियो ।
जमिन तातो थियो र घाम हाम्रो ठीक टाउकोमाथि थियो । हामी एक–अर्काको एकदमै नजिक थियौँ र कोही पनि हलचल गर्न सक्दैनथ्यो ।
त्यही समयमा, त्यो खण्डभरि नै लुतो फैलिन थालेको थियो । मेरो शरीर असाध्यै दुखिरहेको थियो† त्यो दुखाइ लुतोका कारण हो वा गर्मीका कारणले, म ठम्याउन सकिरहेकी थिइनँ, तर गर्मीले भने दुखाइलाई झन् बढाएको थियो ।
मलाई मेरो शरीरभित्र आगो बलिरहेको जस्तो महसुस भयो । चिलाउने समस्या झन् बढ्यो तर हामी आफैँलाई कन्याउन पनि सक्दैनथ्यौँ किनभने हामी बाँधिएका थियौँ र भुइँमा लडिरहेका थियौँ ।
त्यतिबेला मलाई क्लिनिक लगिएन र कसैले पनि मेरो जाँच गरेन । पछि, रिहा भएपश्चात् मलाई लुतो भएको पत्ता लाग्यो र हाल म उपचार गराइरहेकी छु ।
हामी करिब दुई घण्टा घाममा भुइँमै बसिरह्यौँ । केटीहरू यति धेरै पसिना बगाइरहेका थिए कि उनीहरूको पसिना भुइँमा खसिरहेको थियो । तीमध्ये एकजनाले म रोइरहेकी ठानेकी थिइन्, तर भुइँमा खसिरहेको पसिना थियो, आँसु होइन ।
उनीहरूले पेपर ग्यास (खुर्सानीको धुलो मिसिएको ग्यास) पनि छर्के । हामीलाई निसास्सिन र खोक्न थाल्यौँ र चल्न पनि असमर्थ भयौँ । गर्मी, पिरो ग्यास, हत्कडी र लुतोको संयुक्त असरले शरीरमा जलन बढायो, जसले गर्दा अवस्था अत्यन्तै कष्टकर बन्यो ।
छापा मार्ने क्रममा उनीहरूले केही केटीहरूलाई कुटपिट गरे र उनीहरूमाथि खुट्टाले टेके । मलाई व्यक्तिगत रूपमा त्यस्तो गरिएन, तर कुटपिट हुँदा केटीहरू चिच्याएको र ‘आह’ भनेको आवाज म सुन्न सक्थेँ । त्यहाँ कोही बोल्दा वा सास फेर्ने प्रयास गर्दा पनि उनीहरूले त्यो केटीलाई भुइँमा लडाउथेँ र आफ्ना सैनिक बुटले कुल्चिन्थे ।
छापाको क्रममा मेरो आँखामा पट्टी बाँधिएको थियो । त्यहाँ यामाज युनिटका बीसभन्दा बढी सदस्यहरू थिए† साथै अर्को एउटा युनिट पनि थियो जसमा करिब दस जना जति सदस्य थिए भन्ने मलाई लाग्छ र त्यस खण्डमा खटिएका गार्डहरू पनि त्यहाँ थिए ।
यामाजका सैनिकहरूले विशेष चिह्न र ‘यामाज’ शब्द लेखिएको, विशिष्ट गाढा नीलो रङको पोसाक लगाएका थिए । केही केटीहरू हिब्रु भाषा पढ्न सक्थे, त्यसैले तिनकोे पोसाक हेरेरै तुरून्तै उनीहरूलाई चिन्न सक्थे ।
छापा मारिएपछि हामी कोठामा फर्कियौँ, जुन छापाको क्रममा तोडफोड र क्षति पु¥याइएको थियो ।
त्यसपछि, केही महिला कैदीहरूलाई एकान्तवासमा राखियो† तर उक्त छापा मार्नुको वा कैदीहरूलाई एकान्तमा राख्नुको कुनै स्पष्ट कारण थिएन ।
१३ जुलाईको छापापछि अन्य छापाहरू पनि मारिए । कहिलेकाहीँ छापाले पूरै खण्डमा केन्द्रित हुन्थ्यो भने कहिलेकाहीँ यो निश्चित कोठाहरूमा मात्र सीमित हुन्थ्यो । मलाई तिनका यकिन मितिहरू याद छैनन् किनभने जुलाईको छापा, त्यसको कठोरताका कारण मेरो स्मृतिमा गहिरोसँग बसेको छ ।
अन्य छापाहरू पनि लगभग उस्तै तरिकाले गरिन्थे ः उनीहरू महिला कैदीहरूलाई बाहिर निकाल्थे, नियन्त्रणमा लिन्थे र कुटपिट गर्थे ।
अगस्ट महिनामा, म छुट्नुभन्दा एक दिनअघि, महिला कैदीहरूमाथि निकै कठोर छापा मारिएको थियो । उनीहरूले केटीहरूलाई नराम्ररी कुटे । त्यहाँ एक सुरक्षा अधिकारी थिए जसले कैदीहरूलाई कुटपिट गर्ने आदेश दिए र सिपाहीँहरूसँगै मिलेर उनीहरूलाई कुटे पनि । तीमध्ये केही महिला वृद्ध थिए तर उनीहरूले तिनको उमेर वा अवस्थाको कुनै ख्याल गरेनन् ।
अगस्ट महिनामा भएका दुईवटा छापा मलाई याद छन् ।
अगस्टको एक दिन, बिहान करिब ६ बजे, सुरक्षाकर्मी र यामाजसहितका टोलीहरूले हाम्रा कोठाहरूमा छापा मारे । उनीहरूले सबै महिला कैदीहरूलाई हतकडी लगाए, बाहिर निकाले र भुइँमा सुत्न बाध्य पारे । त्यहाँ धम्की र अपमान थिए र उनीहरूको तरिका अघिल्ला छापाका बेला अपनाइएका तरिकाहरूसँग मिल्दोजुल्दो थियो ।
त्यसपछि उनीहरूले प्रत्येक महिला कैदीलाई उनको कोठामा लगे । यामाज टोलीका करिब तीन सदस्यहरू गार्डहरूसँगै प्रत्येक कोठामा पस्थे र त्यहाँका सबै सामानहरू बाहिर निकाल्थे ।
उनीहरूले कोठाबाट सबै कुरा लगे ः कप, व्यक्तिगत सामान र कम्बलसमेत । उनीहरूले लगभग केही पनि बाँकी राखेनन् । उनीहरूले कोठाहरू पूर्ण रूपमा खाली गरे र सबै सामानहरू हटाए ।
हामी कोठामा फर्किँदा ती खाली थिए । हामीले नुहाउन नपाई, लुगा फेर्न नपाई र बाहिर निस्कन नपाई दुई दिन बितायौँ ।
हामीमाझ लुतो र एलर्जीलगायतका रोगहरू व्यापक रूपमा फैलिएका थिए । कोठामा सरसफाइको अभाव र हावा आवतजावतको राम्रो व्यवस्था नभएकोले अवस्था निकै खराब थियो । छापा मारेको कारबाहीको बेला, हामी करिब दुई घण्टासम्म घोप्टो परेर बस्थ्यौँ ।
अन्तिम समयमा अवस्था निकै दयनीय थियो । खानाको मात्रा अत्यन्तै सीमित थियो र सधैँ पर्याप्त हुँदैनथ्यो । सरसफाइको कुरा गर्दा, उनीहरूले हामीलाई कोठा सफा गर्न निश्चित समय तोकिदिन्थे तर कुचो तथा अन्य सामग्रीजस्ता पर्याप्त सरसफाइका सामानहरू उपलब्ध गराउँदैनथे । हामी उनीहरूले तोकेको समयभित्रै कोठा सफा गर्न बाध्य हुन्थ्यौँ ।
व्यक्तिगत सरसफाइको सन्दर्भमा, म रिहा हुनुभन्दा अघि हामीले दुई दिनसम्म नुहाउन नपाएरै बितायौँ† जबकि त्यहाँ गर्मी थियो र सरसफाइको अवस्था पनि निकै खराब थियो । स्यानिटरी प्याडको अभाव थियो र उनीहरूले हामीलाई सधैँ पर्याप्त मात्रामा ती उपलब्ध गराउँदैनथ्यो ।
त्यो खण्डको अधिकांश भागमा लुतो फैलिएको थियो र यसले लगभग सबैलाई प्रभावित पारेको थियो । त्यही वर्षको जून महिनामा अवस्था बिग्रन थाल्यो र लुतो प्रभावित महिलाहरूको सङ्ख्या नौ जना कैदीभन्दा निकै बढी थियो ।
महिला कैदीहरू अत्यधिक कडा चिलाउने समस्याबाट पीडित थिए र चिलाइ तथा पीडाका कारण सुत्नसमेत सक्दैनथे । कतिपय केटीहरूले जोडले कन्याउँदा उनीहरूको शरीरबाट रगत आउँथ्यो । केही महिला कैदीहरूको शरीरमा चिलाउने समस्या मात्र होइन, फोका र घाउहरू पनि देखिएका थिए ।
हामीले निरन्तर मलम वा उपचारको माग ग¥यौँ । महिला कैदीहरू आफ्ना वकिलहरूलाई भेट्न बाहिर निस्कँदा उनीहरू वकिलहरूसँग आफ्नो उपचारको व्यवस्था मिलाइदिन आग्रह गर्थे । यदि कुनै वकिलले कैदीलाई अदालतको क्लिनिकमा लैजान अनुरोध गरेमा, उनलाई त्यहाँ लगिन्थ्यो ।
क्लिनिकमा उनीहरू महिला कैदीहरूलाई भन्ने गर्थे कि यी सबैको कारण मौसम तथा सरसफाइको कमी हो र यो नुहाउने नगरेका कारणले भएको हो । हामी उनीहरूलाई भन्थ्यौँ कि हामीमाथि थोपरिएका अवस्थाका कारण नै हामी राम्ररी नुहाउन असमर्थ थियौँ । तैपनि, उनीहरूले उक्त अवस्थाको कारण अपर्याप्त रूपमा नुहाउनु नै मानिरहे । मलाई मुक्त नगरिएसम्म उनीहरूले कुनै उपचार गरेनन् ।
Leave a Reply