प्रस्तावित केही राजदूत अस्वीकृत र सरकारमाथि नैतिक प्रश्न
- आश्विन २९, २०८३
सत्तरी प्रतिशत नेपालीको जीवन निर्वाह कठिन भएको सार्वजनिक भइरहेकै बेला झन्डै ७० प्रतिशत नेपाली जनताले देश गलत बाटोमा गइरहेको मत दिएको तथ्य पनि सार्वजनिक भयो । अहिले ४० देखि ३०० प्रतिशतसम्म मूल्यवृद्धि भएको विवरणसमेत सार्वजनिक भयो । ठीक यही समयमा, असोज ३० गतेको गोरखापत्र दैनिकमा विश्वका एक अर्ब २० करोड मानिस चरम गरिबीमा बाँचिरहेको समाचार प्रकाशित भयो । संरा अमेरिकी साम्राज्यवाद र इजरायली प्रजातन्त्रविरोधी फासीवादी सरकारले सार्वभौम, स्वतन्त्र र शान्तिप्रेमी देश इरान तथा प्यालेस्टिनमाथि आक्रमण गरेयता विश्वका १३ करोड मानिस थप गरिबीमा परेको तथ्य बाहिरियो ।
सन् २०२७ को सुरुतिर एल निनो शक्तिशाली भई बाढी, खडेरीलगायत चरम मौसमी घटनाबाट थप क्षति पुग्ने अनुमान सार्वजनिक भयो । एल निनो प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रमा देखिने जलवायु घटना हो । प्रशान्त महासागरको पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम असामान्य रूपमा बढ्ने यस घटनाका कारण दक्षिण अमेरिकाका पेरु र इक्वेडरमा अत्यधिक वर्षा तथा बाढी आउने, अस्ट्रेलिया र इन्डोनेसियामा खडेरी तथा वनमा आगलागी हुने, एसियाका भारत र नेपालमा मनसुन कमजोर भई खडेरीको सम्भावना बढ्ने, अफ्रिकाका पूर्वी तथा दक्षिणी भागमा खडेरी पर्ने र उत्तर अमेरिकाको क्यालिफोर्नियामा बढी वर्षा हुने अनुमान सार्वजनिक भयो । एल निनो देखिएको वर्ष नेपालमा प्रायः मनसुन कमजोर हुने गरेको पनि सार्वजनिक भयो । समुद्री सतहको तापक्रम सामान्त्न्दा ०.५ डिग्री सेल्सियस वा बढी बढ्ने यो घटना सामान्यतया दुईदेखि सात वर्षमा एकपटक देखिने र नौदेखि १२ महिनासम्म रहने बताइएको छ ।
एकातिर विश्व व्यवस्था असमान बन्दै गएको छ भने अर्कोतिर पृथ्वीको तापक्रम बढिरहेको छ । रास्वपा सरकारले विश्वमा प्रजातन्त्रविरोधी गतिविधि गर्ने र विश्वको तापक्रम बढाउन जिम्मेवार पक्षहरूको पहिचान गरी तिनको खण्डन तथा विरोध गर्न सकेको छैन । प्रजातन्त्रविरोधी शक्तिहरूका आक्रमण बढिरहेका कारण विश्वमा यति धेरै गरिबी बढेको हो । रास्वपा सरकारले नेपालमा गरिबी न्यूनीकरण गर्ने काम पनि गरेको छैन ।
संरा अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादले प्यालेस्टिन तथा इरानमाथि आक्रमण गरेयता संसारभर इन्धन सङ्कट र बजार मूल्यमा वृद्धि भएको छ । यसैकारण नेपालमा पनि सांस्कृतिक पर्वको मुखमा यति धेरै मूल्यवृद्धि भएको हो । रास्वपा सरकार यी समस्या समाधान गर्न सक्ने अवस्थामा देखिएको छैन । इन्धन सङ्कट र मूल्यवृद्धिबाट दक्षिण तथा पूर्वी एसिया र अफ्रिकाका मानिस बढी मारमा परेको समाचार सार्वजनिक भयो ।
मध्यम आय भएका विकासोन्मुख देशहरूले यतिखेर राजस्वको औसत ९.५ प्रतिशत रकम ब्याज भुक्तानीमा खर्च गरिरहेका छन् । रास्वपा सरकारले पनि यतिखेर छ खर्ब रुपैयाँ घाटा बजेट पारित गर्दै छ भने कुल सार्वजनिक ऋण ५० खर्ब रुपैयाँ पु¥याउँदै छ । अहिले नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ ।
संरा अमेरिकी र इजरायली सरकारको संयुक्त आक्रमणका कारण पश्चिम एसियाको अर्थतन्त्र थप कमजोर भइरहेको छ । साम्राज्यवादीहरूको आक्रमण इरान, साउदी अरब र यमनसम्म फैलिएपछि समुद्री मार्गबाट हुने ऊर्जा ढुवानीमा अवरोध पुगेको छ । यसकारण, विश्वमा इन्धन र खाद्यान्न महँगिएको हो ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्यालेस्टिन र इरानमाथि आक्रमण गर्न इजरायललाई उक्साउँदै छन् भने युक्रेनलाई उक्साएर रुसविरुद्ध ‘छद्म युद्ध’ गरिरहेका छन् । ट्रम्पले इरानसँगको युद्धमा शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्ब्स’ (एमओएबी) प्रहार गर्ने तयारी गरेको समाचार सार्वजनिक भयो । युरोपेली सङ्घका अध्यक्षले ‘ट्रम्पजस्तो साथी भए शत्रु खोज्न पर्दैन’ भन्ने आशयको अभिव्यक्ति आठ दस वर्षअघि नै दिएका थिए । विश्वका शान्तिप्रेमी जनताले विश्व शान्तिका लागि अमेरिकी साम्राज्यवाद तथा त्यसका पिछलग्गू इजरायललगायतका पक्षहरूको खण्डन एवम् भत्र्सना गर्नु जरुरी छ ।
Leave a Reply