प्रकृतिको दसैँ
- आश्विन ३०, २०८३
दसैँ आयो, दसैँ आयो, खुसी मनमा छायो,
वर्षभरिको थकाइ मेटाउन नयाँ उमङ्ग ल्यायो ।
रातो टीका निधारमा सा¥है सुहायो,
आशीर्वाद र माया पाउँदा मनै रमायो ।
लिङ्गे पिङमा मच्चिँदै–मच्चिँदै पिङ खेल्नेछौँ,
राम्रो लुगा र मीठो खाएर दसैँ मनाउनेछौँ ।
पहेलो जमराले दैलो सजाउँछु,
माता दुर्गाको आराधना राम्ररी गर्छु ।
मान्यजनको हातबाट टीका थाप्छु,
सबैलाई खुसी पारी दसैँ मनाउँछु ।
परदेशबाट फर्की आऊ भनी बोलाउँछु,
हजुरहरूकै साथमा यसपालिको दसैँ मनाउँछु ।
Leave a Reply