भर्खरै :

न्हुदँ ११४७ को कार्यक्रममा सहभागी हुन तः मुंज्याको आग्रह

न्हुदँ ११४७ को कार्यक्रममा सहभागी हुन तः मुंज्याको आग्रह

भक्तपुर, १५ कार्तिक । ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा आइतबार ने.सं. ११४७ को न्हुदँ (नयाँ वर्ष) ¥याली आयोजना गर्नेसम्बन्धी आवश्यक तयारीका लागि भक्तपुर नगरका विभिन्न दाफा, भजन, बाजा खलः, गुथि तथा सहकारी संस्थाहरूका प्रतिनिधिहरूसँग छलफल गरियो ।
उक्त छलफल कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेपाललाई संयुक्त राष्ट्र सङ्घमा सदस्यता दिलाउन नेपालभाषाको रञ्जना लिपि पेस गरिएको उल्लेख गर्दै नेपाल संवत् नेपालीहरूले सुरुआत गरेको संवत् भएको बताउनुभयो ।
उहाँले नेपालभाषालाई व्यवहारमा ल्याउन सबै नेपालीको योगदान जरुरी भएकोमा जोड दिनुभयो ।
उहाँले नेपाल संवत् ११४७ न्हुदँको कार्यक्रममा नयाँ पुस्तालाई समेत साथमा लिएर सहभागी हुनुपर्ने विचार राख्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले ‘जनता म्वासा भाषा म्वाई’ भन्ने उद्घोष नेपालको वर्तमान परिस्थितिअनुसार झन्झन् प्रमाणित हुँदै गएको बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याले आफ्नो दबुमा प्रबुद्ध व्यक्तित्वहरूको सम्मान गर्दै आएको उल्लेख गर्दै समाजका विभिन्न बाजागाजालगायत संस्कार संस्कृतिमा सिद्धहस्तहरू विभूषित गर्नुपर्ने व्यक्तित्व हुन् भन्नुभयो ।
४६ औँ नेपालभाषा साहित्य तःमुंज्याको आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपालभाषा र नेवार संस्कार–संस्कृतिसमेत बचाइराख्न तःमुंज्याले साहित्य र सांस्कृतिक अभियान चलाइरहेको बताउनुभयो ।
कार्तिक २२, २३ र २४ गते क्रमशः लक्ष्मीपूजा, म्हपूजा, किजापूजा गर्ने निर्णय भनपाले गरिसकेको हुँदा सोहीअनुसार गर्न आग्रह गर्दै उहाँले कार्तिक २३ गते बिहान हुने न्हुदँ ¥यालीमा दाफा, भजन, गुठी, सांस्कृतिक समूहहरू, सहकारी संस्थाहरूले सहभागिता जनाउन अनुरोध गर्नुभयो ।
भेलामा नारायणप्रसाद मचामसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *