भर्खरै :

सयपत्री साकोसको अध्यक्षमा मचामसी निर्वाचित

सयपत्री साकोसको अध्यक्षमा मचामसी निर्वाचित

भक्तपुर, १५ कार्तिक । चाँगुनारायण नगरपालिकास्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ अधिवेशन तथा २० औँ वार्षिक साधारणसभा सम्पन्न भयो ।
सभामा सचिव सत्यराम थुयाजूले आ.व. ०८२/८३ को प्रगति प्रतिवेदन र आ.व. ०८३/८४ को कार्यक्रम, कोषाध्यक्ष रामप्रसाद मचामसीले आ.व. ०८२÷८३ को आर्थिक प्रतिवेदन र आ.व. ०८३/८४ को बजेट, ऋण उपसमितिका संयोजक नारायणभक्त थुयाजूले आ.व. ०८२/८३ को ऋण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बाबुकाजी माकजूले आ.व. ०८२/८३ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उक्त प्रतिवेदनमाथि छलफलसँगै सदस्यहरूबाट उठाइएका प्रश्नहरूको सम्बन्धित पक्षबाट जवाफ दिएपछि सभामा प्रस्तुत प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको छ । लेखापरीक्षक रमेश थापा श्रेष्ठले तयार गर्नुभएको संस्थाको आ.व. ०८२/८३ को लेखापरीक्षण प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभाबाट आ.व. २०८३/८४ को लेखापरीक्षण गर्न आर.टी.श्रेष्ठ एन्ड एसोसिएट्सका रमेश थापा श्रेष्ठलाई लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण, आ.व. ०८२/८३ को शेयर लाभांश कोषबाट सदस्यहरूलाई करसहित १५ प्रतिशत बराबर शेयर लाभांश वितरण गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट नियमानुसार रकम वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।
सभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदनअनुसार आ.व. ०८२/८३ मा संस्थाको कुल सम्पति २८,८८,७५,५२१/७२ पुगेको छ । संस्थाको शेयर पुँजी २,०८,५३,७०० रूपैयाँ, जगेडा तथा अन्य कोषहरू ६,६५,३३,९३९।५४, बचत १९,९३,८५,५६३/८३ पुगेको छ । यसैगरी, सदस्यहरूलाई प्रवाह गरेको ऋण २४,३१,२४,४९० रूपैयाँ रहेको छ भने उक्त आ.व. मा संस्थाले ९६,४४,१११/९८ खुद बचत गरेको छ ।
सभाबाट रामप्रसाद मचामसीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । सञ्चालक समितिको उपाध्यक्षमा नारायणभक्त थुयाजू, सचिवमा रवीन्द्र न्हेम्हाफुकी, कोषाध्यक्षमा रविन बासुकला निर्वाचित हुनुभएको छ । सञ्चालक समितिका सदस्यहरूमा हरिगोपाल बासुकला, रामकेशरी न्हेम्हाफुकी, जयराम छुकां, न्हुछेबहादुर कासिछ्वा र राजु बनमाला निर्वाचित हुनुभएको छ ।
सभाबाट राजाराम छुकांको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको छ भने समितिका सदस्यहरूमा राजकुमार न्हेम्हाफुकी र रामप्रसाद न्हेम्हाफुकी निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *