भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
भक्तपुर, १५ कार्तिक । शरद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन आइतबार सम्पन्न भयो । संस्थाका अध्यक्ष राजकुमार वनमालाको अध्यक्षता तथा भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका कोषाध्यक्ष हरिराम कर्माचार्यले आर्थिक वर्षको आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव सत्येन्द्र सुकुभटुले संस्थाको प्रगति प्रतिवेदन तथा भावी नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक राजाराम बासीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सातौँ अधिवेशनको निर्वाचन समितिका संयोजक एवं अधिवक्ता सुनील गजुरेलले सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ तथा सहकारी प्राधिकरणबाट जारी निर्देशनहरूबारे जानकारी गराउनुभएको थियो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण ध्वजुले सहकारी संस्थामा लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुने बताउँदै समितिले समय–समयमा सञ्चालक समितिलाई आवश्यक सल्लाह तथा सुझाव दिनुपर्नेमा जोड दिनुभयो । सहकारी संस्था पैसाको कारोबारमा मात्र सीमित नभई सदस्यहरूलाई व्यवसायमूलक तालिम तथा सहुलियतपूर्ण लगानीमार्फत स्वरोजगार बनाउनुपर्ने उहाँको भनाइ थियो । सदस्यहरूले नियमित रूपमा संस्थामा उपस्थित भई बचत गर्ने बानी विकास गर्नुपर्ने र सञ्चालक समितिका पदाधिकारीहरूको कार्यशैली तथा आर्थिक अनुशासनमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले सहकारीको ऋण असुली प्रक्रियामा वडा कार्यालयसँग समन्वय गर्न सकिने बताउँदै समुदायमा क्रियाशील सहकारी संस्थाले विभिन्न सीपमूलक तथा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सभाको अध्यक्षता गर्दै संस्थाका अध्यक्ष राजकुमार वनमालाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, अतिथि तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रम यस संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उपसमिति सदस्य युनिशा छ्वाजूले सञ्चालन गर्नुभएको थियो ।
सभाको दोस्रो चरणमा सातौँ अधिवेशनअन्तर्गत नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो । निर्वाचन समितिका संयोजक अधिवक्ता सुनील गजुरेलका अनुसार नयाँ सञ्चालक समितिको अध्यक्षमा राजाराम बासी, उपाध्यक्षमा बाबुकाजी मानन्धर, सचिवमा मञ्जु खोटेजा, कोषाध्यक्षमा सत्येन्द्र सुकुभटु चयन हुनुभएको छ ।
सदस्यहरूमा हरिराम कर्माचार्य, हरिप्रसाद छ्वाजु, बाबुराज वातांकछी, रामकृष्ण ह्यँगोजू र सचिता बनमाला चयन हुनुभएको छ ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजकुमार वनमाला तथा सदस्यहरूमा निरु कर्माचार्य र कृष्णराम तमखु चयन हुनुभएको छ ।
Leave a Reply