नेपालको न्यायालयमा देखिएको विवाद दुर्भाग्यपूर्ण
- कार्तिक १७, २०८३
साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ कथासङ्ग्रहमा समेटिएका कथाहरूमा कथाकारले प्रस्तुत गर्न खोज्नुभएको विषयवस्तुलाई सङ्क्षेपमा उल्लेख गरिएको छ ।
१. ‘एक संवाद’ शीर्षकको कथामा
नेपाली युवाहरू रोजगारीको लागि आफ्नो परिवारको घर–जग्गा बन्धकी राखी चर्को ब्याजदरमा ऋण लिई विदेश जान्छन् । यसको लागि गाउँका म्यानपावर कम्पनीका मानिस (शासक दलका हर्ताकर्ता) हरूले सहयोग गरेका हुन्छन् । परिणामस्वरूप गाउँघरमा खेतीपाती गर्ने युवाहरू, निर्माणमा काम गर्ने ज्यामीहरूसमेत पाउन छाडेका छन् र कृषि भूमि बाँझो रहेका छन् ।
२. ‘कल्पना’ शीर्षकको कथामा
९ वटा खण्डमा बन्धु र अञ्जनाको साथै स्थानअनुसार अन्य पात्रहरू उल्लेख गरी संवादको रूपमा कथा लेख्नुभएको छ ।
खण्ड १ मा पुँजीवादमा व्यावसायिक समाचार पत्र र अन्य प्रचार मिडियाहरूमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विदेशी लगानी हुने र समाजवादलाई जनताबिच प्रचार गर्न नभई नाफाको निम्ति काम गर्छन् । संवाददाता, लेखक र सम्पादकहरू जनतालाई सचेत पार्न लागे पनि (चाहना राखे पनि) मालिकहरू त्यसको पक्षमा हुँदैनन् । सांसद र नेताहरू समेत विदेशी पुँजीपतिवर्गको काम गर्छन् ।
खण्ड २ मा प्रौढताले मानिसलाई परिपक्व, शिष्ट, सदाचारी एवम् शालीन बनाउँछ भन्ने कुरा उल्लेख गरेको छ । सङ्गठनमा पुराना साथीहरू शारीरिक रूपले कमजोर हुने र आधुनिक प्रविधिलाई युगसँगै अगाडि बढाउन नसक्ने हुन्छन् भने २०–३० वर्षका नयाँ पुस्ता १०० मा २०–२५ जना राम्रा र जनताको सेवामा समर्पणबारे उत्साहित हुन्छन् । पहिलेका सङ्गठनका साथीहरू आ–आफ्नो स्वार्थ र हितलाई छोडेर सामूहिक र वर्गीय हितको लागि विभिन्न गतिविधि र आन्दोलनमा लागेका थिए । नयाँ पुस्ता पढेलेखेका, २–३ भाषा जान्ने र गुणात्मक बाहुल्यताको आन्दोलनमा लाग्दै छ ।
खण्ड ३ मा गरिब र श्रमिक परिवारबाटै उठेका साथीहरू रातदिन काममा जुटे, नगरका विभिन्न विषयहरूलाई व्यवस्थित गरे र निर्णय तहमा पुगे तर पनि नागरिक भावना, चेतनाको स्तर बढाउने, कुलत घटाउनेजस्तो काममा अपेक्षाकृत सफलता मिलेको छैन । केही वर्षसम्म देशको आधा बजेट स्थानीय तहमार्फत विकास निर्माणमा लगाइएमा विकेन्द्रीकरण हुने र देशको विकास छिटो हुने तथा देशको आधा समस्याको समाधान स्थानीय जनताले गर्न सक्छन् । समयमा नै आफ्ना जहान परिवारलाई सैद्धान्तिक रूपले तयारी नगर्दा घरको सहयोग पाउन गा¥हो हुने र घरायसी समस्याले पिरोल्ने हुन्छ ।
खण्ड ४ मा प्रजातन्त्रको दुई खम्बा राजनीतिक दलहरू र निर्वाचित सरकार हुन् । यी दुवै खम्बाहरूमाथि जनताको विश्वास हराउँदै जानु भनेको शासक दल र सरकारहरू निरङ्कुश हुन् भन्ने अर्थ लाग्छ । राजतन्त्रमा राजकुमार र राजकुमारीहरूजस्तै प्रजातन्त्र र गणतन्त्रमा नेताहरूका छोराछोरीहरूका कमी कमजोरीले गर्दा देशमा ठुलो समस्या सिर्जना हुन्छ ।
खण्ड ५ मा राजनीति आफ्नो सबै इच्छालाई देश र जनताको हित र सेवाको निम्ति त्याग्नुपर्ने सङ्कल्प हो । तर, आफ्नो सम्पत्ति जोगाउन तथा निश्चित जाति, वर्ग, भाषाभाषी र स्वार्थीहरूको इच्छा पूरा गर्न सरकारमा पुगेकाले आमूल परिवर्तन गर्न सक्दैनन् । चीनलाई हेर्ने दृष्टिकोणको आधारमा पश्चिमी देशका बुद्धिजीवीहरू दुई ध्रुवमा बाँडिएका छन् । संरा अमेरिकाको अभिभावकत्वको भूमिका आवश्यक छैन । पूर्वी र दक्षिण एसियाबाट संरा अमेरिकाको रक्षापङ्क्ति पश्चिमी गोलाद्र्धमा सार्न बाध्य हुँदै छ ।
खण्ड ६ मा जनतालाई राजनीतिबाट वितृष्णा हुनुका कारणमा उपप्रधानमन्त्रीले प्रधानमन्त्रीको, पार्टी उपाध्यक्ष, सचिवले पार्टी अध्यक्षको, उपमेयरले मेयरको इष्र्या गर्ने र पार्टी कार्यकर्ताहरू नेताका आँखा छलेर ठेकेदारहरूसँग पैसा लिने गर्दा हुन् । दिल्लीका कर्मचारीतन्त्रसम्म अरबौँ रकम पु¥याउने गर्दा योजनाले पूर्णतया सफलता पाएको छैन । स्थानीय निकायको १३–१४ वर्षसम्म निर्वाचन नगर्दा विकास निर्माणका कार्यहरू प्रायः बन्द भए भने नयाँ पुस्तामा अराजकता बढ्यो । राजनीतिक दलहरूले कार्यकर्ताहरूलाई दर्शन, सिद्धान्त, नीति र समाजको आमूल परिवर्तनबाट हुने परिणामबारे शिक्षित र दीक्षित पार्नुपर्दछ । अनि मात्र नेता, कार्यकर्ता, शिक्षक, व्यापारी, उद्योगपति, कर्मचारी, ऐना, प्रहरी, गुप्तचर आदि सेवाका सबै जनताले देशको हितलाई प्राथमिकता दिई विदेशी हस्तक्षेप, शोषण र दलालहरूमार्फत देशमा अशान्ति मच्चाउने विदेशी शक्तिको विरोधमा सङ्घर्ष गर्दै जान सकिन्छ ।
खण्ड ७ मा सरकारहरूले आन्दोलनका सहयोद्धाहरूलाई बिर्सेकाले ताजुब लाग्दछ । ढलको नाउँ वा आवरणमा ‘प्रजातन्त्रवादी’ कम्युनिस्ट, राष्ट्रवादी, मधेसवादी राखे पनि सोहीअनुसार व्यवहार भएको छैन ।
खण्ड ८ मा नेपालमा सोभियत सङ्घका पुस्तकहरू र पत्रपत्रिकाको बिक्रीको ठेक्का भारतीय गुप्त कूटनीतिक व्यापारीहरूले पाए । अनेकौँ महँगा पुस्तकहरू काठमाडौँको पसलबाट बिक्री गरे पनि सय भागको एक भाग मात्र नेपाली पाठकहरूको हातमा पुग्थ्यो । अरु सबै पुस्तकहरू भारत पुग्थे ।
खण्ड ९ मा राजनीतिक गतिविधिमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, विज्ञान र प्रविधि आदिबारे आफ्ना तर्कहरू प्रस्तुत गर्नु पनि पर्छ । अन्तरक्रिया, छलफल र भेटघाटले जिल्ला–जिल्ला र गाउँ–गाउँसम्म जनतालाई शिक्षित पार्न सकिन्छ । सार्वजनिक र निजी भवन–सम्पत्तिमा तोडफोड गर्नु, आगजनी गर्नु ध्वंस र उपद्रव हो । लुटपिट, हत्या–हिंसा, पक्षपात, जातिवाद र साम्प्रदायिकताको गतिविधि गर्नु अराजनीतिक क्रियाकलाप हो । वर्गीय र राजनीतिक कक्षा सञ्चालन अगाडि बढ्दा २०–२५ वर्षमा योग्य, नैतिकवान् र इमानदार नागरिक र कार्यकर्ता तयार हुन्छन् । राजनीतिप्रति फैलिएको वितृष्णा समाप्त हुनेछ । विचार माथिबाट तलतिर प्रवाह हुन्छ । विद्यालय, कलेज र विश्वविद्यालय कर्मक्षेत्र हुन् । राजनीतिमा धेरै धैर्य आवश्यक हुन्छ ।
Leave a Reply