मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घिमिरे रु. ३३ लाख घुस लिएको आरोपमा पक्राउ
- कार्तिक १७, २०८३
भक्तपुर, १६ कार्तिक । वर्षभरि प्राविधिक काम, प्रशासनिक जिम्मेवारी र कार्यालयको समय बिताउने ख्वप इन्जिनियरिङ कलेजका कर्मचारी यतिबेला खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । दसैँ–तिहारको अवसरमा प्राप्त सेमेस्टर ब्रेकलाई खेलकुदमय बनाउँदै कलेजले सोमबारदेखि साताव्यापी अन्तरशाखा खेलकुद प्रतियोगिता सुरु गरेको छ ।
दैनिक कार्यबोझबाट केही समय विश्राम लिँदै सहकर्मीसँग खेल्ने, रमाउने र आफ्नो खेल कौशल देखाउने अवसरको रूपमा प्रतियोगितालाई लिइएको छ । कलेज परिसरमा आयोजित समारोहमा प्रशासन प्रमुख सिद्धिराम सुवालले खेल निर्णायक सत्यराम न्हिसुतुलाई खेल सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटनसँगै कर्मचारीबिच विभिन्न खेलमा प्रतिस्पर्धा सुरु भएको हो ।
कलेजका खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकलाका अनुसार कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कर्मचारीको उत्साहजनक सहभागिता छ । प्रतियोगितामा टेबलटेनिस, ब्याडमिन्टन, उदबल, फुटसल र स्थानीय परम्परागत खेल कसिमलासहित पाँच विधा समावेश गरिएका छन् ।
कार्यालयको नियमित काम, आन्तरिक परीक्षण, नक्साङ्कन, अनुसन्धान तथा प्राविधिक जिम्मेवारीका कारण उत्पन्न हुने मानसिक थकान कम गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको कलेज प्रशासनले जनाएको छ । खेलकुदमार्फत कर्मचारीबिच आपसी सद्भाव, सहकार्य, टीम भावना र आत्मीयता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगिताको पहिलो दिन सोमबार टेबलटेनिसको पुरुष एकलतर्फ प्रशासन प्रमुख सिद्धिराम सुवालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्नुभयो । इलेक्ट्रिसियन साजन साँद दोस्रो हुँदा जिन्सी प्रमुख राजन जती र सिभिल विभाग प्रमुख रजिम गणेश संयुक्त रूपमा तेस्रो स्थानमा रहनुभयो ।
महिला एकलतर्फ आर्किटेक्चर विभाग प्रमुख अर्चना बादे श्रेष्ठले उपाधि जित्नुभयो । आर्किटेक युरिका राजवंशी दोस्रो हुँदा कर्मचारी कृष्णलक्ष्मी गोसाईं र आर्किटेक सुनेना श्रेष्ठ संयुक्त रूपमा तेस्रो हुनुभयो ।
प्रतियोगिताका बाँकी विधाका खेल पनि क्रमशः सञ्चालन हुनेछन् । प्रतियोगिताले कर्मचारीबिच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा समेत सकारात्मक ऊर्जा, सहकार्य र सामूहिकताको वातावरण निर्माण गर्ने अपेक्षा कलेज प्रशासनले गरेको छ ।
Leave a Reply