प्यालेस्टिनमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा बल तत्काल तैनाथ गरिनुपर्छ !
- कार्तिक १९, २०८३
३. ‘एक सन्देश’ शीर्षकको कथाको
खण्ड १ मा आफ्नो देश र जनताको हितमा सेवाभावले परिस्थितिअनुसार समर्पित हुनु नै राजनीतिक कार्य हो । राज्य व्यवस्था र समाजमा पूर्ण परिवर्तन गर्ने उद्देश्यले टोल, गाउँ, कक्षा, विद्यालय, कलेज, नगर र जिल्लाका जनताको वैचारिक स्थिति अध्ययन गर्दै त्यसलाई परिवर्तन एवम् परिमार्जन गर्दै पार्टीको दर्शन, सिद्धान्त, नीति एवम् कार्यक्रमलाई क्रमशः बुझाउँदै अगाडि बढ्नु पनि राजनीतिक कार्य हो । आफूलाई बिर्सेर पार्टीको एक अङ्गको रूपमा समर्पणको भावनाबाट कर्तव्य पूरा गर्दै गएमा आत्मबल एवम् विश्वास दिन दुगुणा रात चौगुना बढ्दै जान्छ र बृहतर रूपमा काम गर्ने उत्साह तथा ऊर्जा प्राप्त भएको अनुभव प्राप्त गर्छ । पार्टी कार्यकर्ताहरूमा समसामयिक विषयमा गम्भीर जानकारी हुनु आवश्यक छ, विभिन्न भाषाहरूमा दख्खल राख्नु आवश्यक छ ।
खण्ड २ मा भारतले राजा र काङ्ग्रेसलाई भिडायो, प्रचण्ड र बाबुरामलाई प्रयोग गरी नेपाल र नेपाली जनतालाई धुजाधुजा पा¥यो । महिला कार्यकर्ता तयार गर्नु गा¥हो र जटिल हुन्छ । सांस्कृतिक स्तर माथि नउठ्दा पदमा पुगे पनि लज्जित हुनुपर्दछ । विषयवस्तुको ज्ञान नहुँदा अरुले फसाउन सक्छ । पक्षपात गर्नुभन्दा योग्य र प्रतिस्पर्धी बन्न तयार गर्नुपर्दछ । सरकारी जागिरे बन्नुभन्दा राजनीतिक कार्यकर्ता भएर शिर ठाडो पारेर असल र योग्य नागरिक बन्न चाहने युवाहरू पनि छन् । कामचोर र घुस्याहा प्रवृत्तिका कर्मचारी सामन्ती र जातिवादी एवम् देश र जनताका शत्रु हुन् । अयोग्यलाई नियुक्ति गर्ने, सरुवा–बढुवा गर्ने, भनसुनमा मनोनीत गर्ने पार्टी र नेताहरू देशद्रोही हुन् । तिनीहरूकै विरुद्धमा गुप्त र खुला रूपले सङ्घर्ष गर्नु राजनीतिक कार्य हो ।”
४. ‘अखबार पु¥याउने केटो’ शीर्षकको कथामा, सम्पादकीय अत्यन्त सामयिक हुनुपर्ने, लेखहरू राम्रा हुनुपर्ने, समाचार सम्प्रेषण पढूँ पढूँ लाग्ने खालको हुनुपर्ने, प्रुफको गल्तीबाट मुक्त हुनुपर्ने कुरालाई जोड दिइएको छ । शिक्षित युवाहरूले योग्यताअनुसार काम र कामअनुसार ज्याला पाइरहेका छैनन् । घरपरिवारको जीविकोपार्जन गर्न नै कठिनाइ भइरहेको छ । सञ्चार मेडियामा भारतीय सामानको विज्ञापन छापिन्छ र निर्माण व्यवसायी, म्यानपावर कम्पनी, विदेशी व्यापारी, घर–जग्गा व्यापारी, कर छल्ने पुँजीपति, तस्करहरूले समाचार पत्र, टीभी, एफ.एम., रेडियो चलाएका हुन्, सम्पादक र लेखकहरू लाचार छन् ।
५. ‘स्वैच्छिक मृत्युपत्र’ शीर्षकको कथामा दास युगमा दास मालिकहरूले दासहरूमाथि भेदभाव गर्ने, एक आपसमा भिडन्त गराउने, सङ्गठित र छलफल नगराउने गर्थे भने सामन्तवादको उदयपछि राजा–रजौटाहरू एक–आपसमा लड्थे र मर्थे अनि महाराज र सम्राट बन्थे । अङ्ग्रेजहरूले भारतका राजा–महाराजाहरूलाई आपसमा भिडाउँदै २ सय वर्ष राज्य गरे । पृथ्वीनारायण शाहलाई पनि ३ सय वटा बन्दुक दिएर काठमाडौँ कब्जा गर्न सहयोग गरे र सुगौली सन्धि गरी नेपाललाई बेलायतको उपनिवेश बनाए । आज पनि साम्राज्यवादीहरूले धर्म, जात, भाषा, क्षेत्रको भेदभाव गरी विश्वका धेरै मुलुकहरूबिच युद्ध गराइरहेका छन्, हतियार बेच्दै छन् । युवाहरूलाई ओलम्पिकमा भिडाउँदै छन् । नयाँ पुस्ताले भिन्न भिन्न देशहरूसँगको शत्रुता कायमै राख्ने सम्भावना बाँकी छ ।
राजनीतिक नेता, लेखक, पत्रकार र प्राध्यापकहरूको ज्यानको कुनै ठेगान छैन । नागरिकको सुरक्षा छैन ।
घर परिवारका मानिसहरूमा राजनीतिक संस्कार नभएमा दुर्लभ र महत्वपूर्ण पुस्तक, रेकर्ड राखिएका लेखहरू र पत्रपत्रिकाहरू कवाडी (पत्रु) सामानको रूपमा बिक्री गरिदिन सक्छन्, लेखक – बुद्धिजीवी, नेता, कवि, कलाकारहरूको भेटघाट र छलफलबाट वाक्कदिक्क मान्छन् ।
संरा अमेरिका सद्भावनाबिनाको शक्ति हो, यो स्वयं एक आतङ्क हो । यसकारण, संसारमा ऊ बदनाम र एक्लो हुँदै छ । एमाले–माओवादी केन्द्र पनि काङ्ग्रेसजस्तै सद्भावनाबिनाको शक्ति हो । हत्या, हिंसा, जालझेल र विश्वासघातबाट उठेको शक्ति हो । एक जात र एक भाषाको ठुलो राष्ट्र अहङ्कारवाद हो ।
ज्येष्ठ नागरिकहरूको सेवाको लागि पुस्तकालय, पुस्तक र पत्रपत्रिका वाचन गरी सुनाउने वाचक सहयोगी, रेडियो, टीभीसमेतको बन्दोबस्त भएको एकान्त र शान्तिपूर्ण ‘आदर निकेतन’ को वकालत गरिएको छ ।
६. ‘प्रजातन्त्र र निर्वाचन’ शीर्षकको कथामा कथाकारले भारतीय प्रजातन्त्रको अवस्था देखाइएको छ । भारतका सामान्य नागरिकहरूमा नेपालीप्रति माया, दया र सहयोगी भावना हुन्छ भने पार्टीका कार्यकर्ताहरू कोही पाकेटमार, कोही चोर र कोही डाँकु थिए । सवारी साधनको कमीले रेल यात्रा कष्टपूर्ण हुन्थ्यो, बस्नको लागि झगडा गर्थे, सीटभन्दा बढी यात्रु बोक्थ्यो । राजनीतिक कार्यकर्ताहरू सैद्धान्तिक छलफल र बहसभन्दा रेल यात्रामा बस्नको लागि सीट नभएकोले विवाद हुँदाको ईख निर्वाचनमा फेर्ने गर्थे ।
७. ‘दिदीको डायरी’ कथामा
जहिलेसम्म देश, समाज र व्यक्तिले आर्थिक स्वतन्त्रता पाउन सक्दैन, त्यसबेलासम्म आईमाईलाई दिइने कुनै पनि राजनीतिक र सामाजिक अधिकार कागजी मात्रै रहनेछ । जबसम्म देशको राज्यसत्ता कामदारवर्ग, कामदार जाति र कामदार महिलाकै हातमा पुग्दैन तबसम्म कामदारवर्ग, कामदार जाति, जनजाति र महिलाहरूको मुक्ति हुनेछैन । आर्थिक स्वतन्त्रता सबै स्वतन्त्रताको खम्बा हो, त्यसमा नारी स्वतन्त्रता पनि पर्दछ ।
८. ‘पछि परेको समाज’ कथामा
लेखक, पत्रकार एवम् जनताका प्रतिनिधिहरूको चरित्र वा दैनिकीबारे उल्लेख गरिएको छ । भूमिगत बस्नुपर्ने, कम बोल्ने तर निरन्तर लेख–पढमा लागिरहनुपर्ने, आफूले प्रयोग गरेका सामानहरूको सरसफाइ र सुरक्षा आफैले गर्नुपर्ने, पुस्तक तथा पत्रिकाहरू प्रगतिशील विचारको पढ्नुपर्ने । जस्तैः– रुसको तत्कालीन समाज, रुसी अक्टोबर क्रान्ति, समाजवादी आर्थिक रूपान्तरण आदि ।
९. ‘कान्छाको नगर दर्शन’ कथामा
दुर्गम गाउँबाट भक्तपुर सहर आएका कान्छा तामाङलाई रमेश नामका भक्तपुरवासीले भक्तपुर नगर र सहरबारे अवलोकन भ्रमण गराउँदै विभिन्न जानकारी दिएका छन् । सहिदपार्कमा मानिसहरू घुमफिर र शारीरिक अभ्यास गर्छन् । देश र जनताको निम्ति लड्ने वीरहरू, राम्रा र इमानदार मानिसहरू प्रेरणाका स्रोत हुन् सहिद राजकुमार सुवालजस्तै । पुस्तकालय, बिजुली अड्डा, खानेपानी कार्यालय, मोटरपार्क, रेष्टुराँ, पोखरी, गल्ली, बस्ती, सडक, बजार आदि सहरमा हुन्छन् । सहरमा नागरिक भावनाले काम गर्नुपर्ने, सभ्य र सुसंस्कृत हुनुपर्ने, आफ्नो फाइदाको काम कुराले गर्दा अरुलाई नोक्सान हुन नदिनेजस्ता गतिविधि हुनुपर्छ ।
१०. ‘विवाह – एक दुःस्वप्न’ कथामा
रूपवती र उसका परिवारमा छोरा र छोरीको विवाह र विवाहपछिको घटना उल्लेख गरिएको छ । मासिक तलब ३० हजार हुने गणित शिक्षकको छोरा र छोरीको विवाहमा श्रृङ्गारको लागि ४ लाख, कार्पेटमा १.५ लाख, महँगो रङ्गरोगन, फर्निचरमा ४–५ लाख, बैङ्क्वेटमा स्वदेशी र विदेशी रमझमे मदिरासहितको नातागोता – माइती खलक, स्टाफलगायतलाई भोज दिँदा ५ लाख खर्च गरेर बुहारी भित्याए र छोरीको विवाह गरे । तर, २ महिनापछि शिक्षकको दुर्घटनामा परी निधन हुँदा फर्निचरवालाले फर्निचर र कार्पेटवालाले कार्पेट नै उठाएर लगे, भुक्तानी दिन बाँकी भएकोले । मार्साब इमानदार सिधा र सोझो भएकोले स्टाफ र छरछिमेकी घरमा पुगेर सान्त्वना दिन पुगे । छोरा–छोरीको विवाहको कुरा एक्लैले निर्णय गरेकी थिइन् । काम भएकी बुहारी र धनीका छोरासँग छोरीको विवाहको निर्णय रूपवतीले नै गरेकी थिइन् । मार्साब लाचारी भए ।
११. ‘छोरी’ कथामा
धूमपान गर्ने (चुरोट खाने) एक शिक्षकलाई चुरोट बिक्री गर्ने व्यापारीको सही उपदेशअनुसार १२–१३ वर्षकी प्रिया नामको छोरीले चुरोट खान छोडाएको कुरा उल्लेख गरिएको छ ।
१२. ‘तिमीहरूलाई केही थाहा छैन’ कथामा
कृष्ण लासिवाख्यो नाम गरेका वाम राजनीतिमा सक्रिय कार्यकर्ताले ‘राम’ नाम गरेका बुज्रुक व्यापारीको सङ्गतले कसरी आफ्नो बाटो बिराउँछन् भन्ने कुरा स्पष्ट पारेका छन् । स्नातक पास गरेपछि वाम राजनीतिमा लागेर पद (मन्त्री) मा पुग्ने कृष्णको उद्देश्य थियो । मन्त्री बनेपछि कर्मचारी, प्रहरी, साहुमहाजन, प्राध्यापक, शिक्षक, नातागोता सबैले सम्मान गर्छन्, अरुले कुरा पनि सुन्छन् भन्ने उनको दृष्टिकोण थियो । तर, नयाँ पुस्ता र पढेलेखेका मानिसहरू उनको कुरालाई भ्रष्ट, बिग्रेको कुरा र कुहेको विचार भन्थे । राम दाइको फुलाइमा कृष्णमा घमण्ड चढ्यो । उनले अरुलाई “तिमीहरूलाई केही थाहा छैन” भनी अरुको कुराको बेवास्ता गरे । उनको सङ्गठन भित्री रूपमा बलियो थिएन । आफ्नो भलाइ र स्वार्थको लागि मात्र लागेकाले जीवनको अन्त्यतिर उनी टोलमा बस्न सकेनन्† टोलका मानिससँग कुराकानी पनि गर्न छाडे† पुरानो कार्यकर्ताहरूले बोल्नै छाडे र नयाँ पुस्ताले चिनेन । केही वर्षपछि मनोरोगले कृष्ण बिते ।
Leave a Reply