श्रमिक, किसान र जनताको मुक्तिका लागि वैचारिक सङ्घर्ष आवश्यक
- मंसिर ७, २०८३
भक्तपुर, ६ मङ्सिर । भक्तपुर बचत तथा ऋण सहकारी सस्था लि.को कृषि उपसमितिको आयोजनामा भक्तपुरको मौलिक स्वाद र नेवारी संस्कृति झल्काउने भक्तपुरको पहिचान बोकेको जुजु धौ बनाउन नयाँ पुस्तामाझ सीप हस्तान्तरण गर्दै उद्यमशिलता बनाउने उद्देश्यले शनिबार एकदिने दही तथा पनिर बनाउने तालिम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले सहकारीले आर्थिक कारोबारमा मात्र सीमित नरही सदस्यहरूको ज्ञान, सीप, क्षमता र आर्थिक सशक्तीकरणमा समेत योगदान पु¥याउनुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । तालिम लिनु र सिकेको सीपलाई आफ्नो घरायसी प्रयोजनको लागि मात्र नभई व्यवसायिक रूपमा उत्पादन गरी आत्मनिर्भर भई आर्थिक रूपमा सबल बन्न सकेमा मात्र तालिमको औचित्य हुने उहाँले बताउनुभयो ।
उहाँले उपभोक्ताको स्वास्थ्यलाई मध्यजर गर्दै स्वच्छ र स्वस्थकर तरिकाले उत्पादन गरी गुणस्तरमा कुनै सम्झौता नगरी स्वाद र स्वरूपमा एकरूपता कायम गरी बजारमा आफ्नो छुट्टै पहिचान बनाउने उद्देश्यका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् कृषि उपसमितिका संयोजक रामलक्ष्मी दुवालले धार्मिक, सांस्कृतिक र पराम्पराको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि दहीको महत्वमाथि प्रकाश पार्दै जन्मदेखि मृत्युसम्मका हरेक शुभ कार्य र संस्कारहरूमा दहीको प्रयोगबिना हाम्रो धार्मिक कार्य नहुने भएकोले तालिम सञ्चालन गरेको बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि समय सान्दर्भिक सीपमूलक तालिमहरू सञ्चालन गरी प्रशिक्षार्थीहरूलाई दक्ष बनाई व्यवसायिकतातर्फ प्रेरित गर्न सहकारी अग्रसर रहने बताउनुभयो ।
तालिमका प्रशिक्षक सरिता त्यातले आफूले सिकेको सीप र भक्तपुरको मौलिक उत्पादन दही बनाउने कलालाई प्रशिक्षार्थीमाझ बाँड्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । नयाँ पुस्ता यसरी सीप सिक्न र उद्यमी बन्न उत्सुक देखिँदा स्थानीय उत्पादन अझ विस्तार हुनाका साथै परम्परागत सीपको जगेर्ना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कृषि उपसमितिका सदस्य बालकृष्ण कुसीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रशिक्षार्थी सत्यनारायण प्रजापतिले पनि तालिम अवधिको अनुभव राख्नुभएको थियो ।
संस्थाका अध्यक्षले तालिममा सहभागी २५ जना प्रशिक्षार्थीहरूहरूलाई प्रमाणपत्र प्रदान गरी प्रशिक्षक सरिता त्यातलाई मायाको चिनो प्रदान गरेसँगै तालिमको समापन भयो ।
Leave a Reply