भर्खरै :

शेन्झेन तेस्रो विश्वयुद्धबाट टाढिने पहिलो कदम थियो

  • मंसिर ७, २०८३
  • स्कट रित्तर
  • विचार
शेन्झेन तेस्रो विश्वयुद्धबाट टाढिने पहिलो कदम थियो

(पुटिन, ट्रम्प र सीबिचको भेटवार्ताको सबैभन्दा महत्वपूर्ण नतिजा आणविक प्रलय टार्ने प्रतिबद्धता थियो ।)
चीनको शेन्झेनमा हालै सम्पन्न विश्वका ‘ठुला तीन’ (Big Three) नेताहरू – चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको बैठक करिब ८० देखि ९० मिनेटसम्म चल्यो । यस बैठकले ‘शान्तिका लागि राष्ट्राध्यक्षहरूको संयुक्त घोषणा’ नामक एक सङ्क्षिप्त दस्ताबेज जारी ग¥यो ।
उक्त घोषणापत्रका मुख्य बुँदाहरूमा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को सुधार, विश्वव्यापी ऊर्जा सुरक्षालाई अघि बढाउन प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति बढाउने प्रतिबद्धता, सार्वभौम राष्ट्रहरू तथा राष्ट्र प्रमुखहरूमाथि अन्तर्राष्ट्रिय अदालतहरूको क्षेत्राधिकारलाई अस्वीकार गर्ने विषय र आणविक युद्ध जित्न सकिँदैन भन्ने उल्लेख छ ।
यस घोषणापत्रमा युक्रेन र इरानमा चलिरहेको द्वन्द्व तथा ताइवानलाई लिएर विद्यमान तनावबारे कुनै उल्लेख गरिएको थिएन ।
यसको विपरित, याल्टा सम्मेलन जसमा सुरुआती मूल ‘ठुला तीन’ नेताहरू (अमेरिकी राष्ट्रपति फ््रयाङ्क्लिन रुजवेल्ट, सोभियत नेता जोसेफ स्टालिन र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल) एकै ठाउँमा भेला भएका थिए । आठ दिनसम्म चलेको उक्त वार्ताले (दोस्रो विश्व) युद्धपछिको विश्व व्यवस्थाका सम्बन्धमा धेरै निर्णयहरू तय ग¥यो ।
तसर्थ, याल्टा सम्मेलन र शेन्झेन बैठकबिचको कुनै पनि तुलना पत्याउनै नसकिने खालको छ । यहाँसम्म कि सन् १९४३ को तेहरान सम्मेलनमा, जसमा सुरुआती ‘ठुला तीन’ को पहिलो भेट भएको थियो; त्यहाँ पनि शेन्झेनको तुलनामा बढी ठोस नतिजाहरू निस्किएका थिए ।
तर, याल्टा र शेन्झेनबिच प्रत्यक्ष समानता खोज्नु आवश्यक छैन । याल्टा दोस्रो विश्वयुद्धको सन्दर्भमा भएको थियो, जबकि शेन्झेन तेस्रो विश्वयुद्धको सम्भावनालाई रोक्ने प्रयास थियो । संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्मा सुधारको आवश्यकतालाई नयाँ ‘ठुला तीन’ ले स्वीकार गर्नुले यो तथ्यलाई उजागर गर्छ कि याल्टा सम्झौताको एउटा मुख्य परिणाम – अर्थात् सुरक्षा परिषद्सहितको संयुक्त राष्ट्र सङ्घको स्थापना† वैध र आवश्यक दुबै रूपमा कायम रहिआएको छ ।
त्यसैगरी, इरानमा भएको युद्धलाई विशेष रूपमा सम्बोधन नगरिए तापनि, उक्त द्वन्द्वको एउटा प्रमुख परिणाम – ‘विश्वव्यापी ऊर्जा सङ्कट’ ले विश्वव्यापी स्थिरता कायम राख्न ऊर्जा सुरक्षाको निर्णायक भूमिकालाई भने स्वीकार गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतजस्ता संस्थाहरूको महत्व घटाउँदै तथा राष्ट्रिय सार्वभौमिकता र विश्वव्यापी क्षेत्राधिकारबाट प्राप्त हुने ‘सार्वभौम उन्मुक्ति’ को प्रधानतामा जोड दिँदै नयाँ ‘ठुला तीन’ ले याल्टा सम्मेलनलाई आकार दिने ऐतिहासिक यथार्थबाटै एउटा पाठ सिकेका छन् । ठुला निर्णयहरूका लागि ठुला नेताहरू चाहिन्छ, जसका निर्णय र कामकारबाहीमाथि तल्लो तहका निकायहरूले प्रश्न उठाउन वा हस्तक्षेप गर्न सक्दैनन् । आखिर कुनै सामान्य अन्तर्राष्ट्रिय अभियोजकले पनि रुजवेल्ट, स्तालिन वा चर्चिलमाथि काल्पनिक अपराधहरूका लागि अभियोग लगाउँदै मनपरी गरेको थिएन ।
परमाणु युद्ध लड्नु हुँदैन भन्ने धारणाको पुनः पुष्टि नै जे होस्, शेन्झेन बैठकलाई सम्भावित ‘दोस्रो याल्टा’ (Yalta 2.0) को स्तरमा उकासेको छ । आणविक युद्ध जित्न सकिँदैन । त्यसैले यस्तो युद्ध कहिल्यै लड्नु हुँदैन भन्ने घोषणा कुनै नौलो कुरा होइन । यो धारणा सन् २०२२ जनवरी ३ देखि पाँच घोषित आणविक शक्ति राष्ट्रहरू (अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत) को आधिकारिक अडानको मुख्य आधार रहँदै आएको छ । साथै, सन् २०२१ जूनदेखि अमेरिका – रुस आणविक सम्बन्धको पनि यो मुख्य आधार बनेको छ (जुन वास्तवमा नोभेम्बर १९८५ मा रोनाल्ड रेगन र मिखाइल गोर्भाचोभबिच भएको अमेरिकी–सोभियत प्रतिबद्धताकै पुनःपुष्टि थियो) । त्यसैगरी, नयाँ ‘ठुला तीन’ राष्ट्रहरूले आणविक अप्रसार सन्धिप्रति पुनः प्रतिबद्धता जनाउने निर्णय गर्नु भनेको वास्तवमा ती तीनवटै मुलुकको विद्यमान आधिकारिक नीतिलाई पुनः दोहो¥याउनु मात्र हो । तर, शेन्झेन बैठकअघि राष्ट्रपति ट्रम्पले ‘परमाणु निःशस्त्रीकरण’ लाई अघि बढाउने आफ्नो मनसायबारे एक वक्तव्य जारी गरेका थिए । राष्ट्रपति सी चिनफिङले पनि यस्तै प्रकृतिको वक्तव्य दिँदै आणविक हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउने कुरालाई एक वाञ्छनीय लक्ष्यका रूपमा प्रस्तुत गरेका थिए ।
शेन्झेन बैठक नयाँ ‘तीन ठुला शक्ति’ बिचको आणविक हतियार होडबाजीको छायामा सम्पन्न भयो, जुन एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । शीतयुद्धकालीन हतियार नियन्त्रणप्रति अमेरिकाले देखाएको बेवास्ताका कारण उसले हतियार नियन्त्रणसम्बन्धी आधारभूत सन्धिहरू (जसमा एन्टी–ब्यालिस्टिक मिसाइल सन्धि, इन्टरमिडिएट न्युक्लियर फोर्सेस सन्धि र नयाँ रणनीतिक हतियार कटौती सन्धि समावेश छन्) त्यागेको छ । रुसले आफ्नो रणनीतिक आणविक प्रतिरोध बलको लगभग सम्पूर्ण हिस्सालाई आधुनिकीकरण गरेर जवाफ दियो । त्यसैगरी, चीनले पनि अमेरिकाको आणविक रणनीतिमा आएको परिवर्तन, जसले अमेरिकीद्वारा पहिलो प्रहार (Preemptive strike) गर्ने खतरा बढेको अवस्थालाई मध्यनजर गर्दै आफ्ना रणनीतिक आणविक बलहरूलाई पूर्ण रूपमा पुनर्गठन गरेको छ । नयाँ आणविक खतराहरू र पुरानो हुँदै गएको आणविक प्रतिरोध क्षमता – यी दुवैको सामना गरिरहेको अमेरिकालाई आमूल आधुनिकीकरण कार्यक्रमको तत्काल आवश्यकता खट्किएको छ, जसमा अर्बौँ डलर खर्च हुन सक्छ । असंयमित आणविक हतियारको कारण–प्रभाव प्रकृतिलाई ध्यानमा राख्दै, कुनै पनि अमेरिकी प्रगतिको लागि रुस र चीन दुवैबाट प्रतिक्रिया आवश्यक पर्नेछ । यसले आणविक हतियारको घातक चक्र (Death spiral) सिर्जना गर्नेछ जसले गर्दा तीन शक्ति राष्ट्रहरूको अर्थतन्त्रलाई गम्भीर रूपमा बाधा पु¥याउँछ र आणविक द्वन्द्वको सम्भावना बढाउनेछ; चाहे यसको विपरीत कुनै पनि सार्वजनिक बयान दिए पनि ।
यस वर्षको फेब्रुअरीमा ‘नयाँ स्टार्ट’ (New Start) सन्धि खारेज भएयता अमेरिका र रुसबिच आणविक निःशस्त्रीकरणसम्बन्धी कुनै ठोस वार्ता भएको छैन । आफ्नो तर्फबाट चीनले त्रिपक्षीय ढाँचामा अर्थपूर्ण हतियार नियन्त्रण वार्तालाई त्यागेको छ; जबसम्म अमेरिका र रुसले कुनै प्रकारको नवीकरण गरिएको हतियार नियन्त्रण सम्झौतामार्फत आ–आफ्नो आणविक भण्डारलाई स्थिर गर्दैनन् । यो अवस्थाले यस्तो त्रिपक्षीय गतिरोध निम्त्याएको छ, जहाँ कुनै पनि पक्ष पहिलो कदम चाल्न तयार छैन । शेन्झेन बैठकले एउटा यस्तो खाका तयार पारेको छ, जसअन्तर्गत अब आणविक निःशस्त्रीकरणसम्बन्धी त्रिपक्षीय वार्ता सम्भव भएको छ ।
यो निकै महत्वपूर्ण घटना हो ।
याल्टा सम्मेलन एउटा विश्वयुद्धको अन्त्यतिर भएको थियो । शेन्झेन बैठकको उद्देश्य नयाँ विश्वयुद्ध सुरु हुन नदिनु थियो । यसमा कुनै शङ्का छैन कि अमेरिका, रुस र चीनबिचको सम्बन्धमा तनाव पैदा गर्ने धेरै यस्ता नसुल्झेका मुद्दाहरू छन्, जसलाई शेन्झेनमा न सम्बोधन गरियो, न त समाधान नै गरियो । यी समस्याहरूको कुनै पनि समाधानका लागि अझ बढी अर्थपूर्ण प्रकृतिका थप बैठकहरू आवश्यक पर्नेछन् ।
तर, हरेक महान यात्रा पहिलो पाइलाबाटै सुरु हुन्छ र परमाणु विनाशको अत्याचारबाट मुक्त विश्वतर्फको दिशामा शेन्झेन एउटा साहसी पहिलो पाइला हो ।
स्रोत : आरती (RT)

Leave a Reply

Your email address will not be published. Required fields are marked *