कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना
- कार्तिक २०, २०८३
छात्र छात्रा कबड्डीको फाइनल सम्पन्न
भक्तपुर, ६ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गतको छात्र/छात्रा कबड्डी खेलको फाइनल खेलहरू सम्पन्न भयो ।
छात्र कबड्डीमा पारागन एकेडेमी स्कूल टीम प्रथम र ख्वप्रिङ एकेडेमी टीम द्वितीय भए । पारागण स्कूल ५२–३१ अङ्कले प्रथम भएको हो ।
त्यसैगरी छात्रा कबड्डीको फाइनल खेल मिनर्वा स्कूल र साइनिङ स्टुडेन्ट स्कूलबिच भएको थियो । अत्यन्त प्रतिस्पर्धात्मक भए उक्त खेलमा मिनर्वा स्कूल २९–२८ अङ्कले विजय भएको थियो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले खेलाडीहरूले नियमित राम्रो खानपान गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले स्वस्थकर खाना र नियमित व्यायाम भएका मानिसहरू निरोगी हुने हुँदा खानपान र व्यायाममा सधैँ विशेष जोड दिनुपर्ने बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष उपेन्द्र सुवाल र खेलकुद समितिका अध्यक्ष पशुपति प्रजापतिले पनि मन्तव्य राख्नुभएको थियो ।
कबड्डी प्रतियोगितामा विजय भएका खेलाडीहरूलाई भक्तपुर नगरपालिकाका उपप्रमुख जोशीले मेडल तथा प्रमाण–पत्र वितरण गर्नुभयो ।
ब्याडमिन्टन प्रतियोगिताको क्वाटर फाइनल खेलहरू सोमबार हुने
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको ब्याडमिन्टन प्रतियोगिता आइतबारबाट लिबालीस्थित कभर्ड हलमा सुरु भएको छ ।
प्रतियोगिता सुरु हुनुभन्दा अगाडि भएको कार्यक्रममा भक्तपुर नगरपालिका ७ नम्बर वडाका वडा अध्यक्ष उकेश कवांले भक्तपुर नगरपालिकाले हरेक वर्ष गरिरहेको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता भइरहेको बताउनुभयो ।
उहाँले देशको शिक्षा, स्वास्थ्य र खेलकुद विकासमा राज्यको उचित ध्यान नदिएको बताउँदै देशभरका नगरपालिका र गाउँपालिकाले पनि भक्तपुर नगरपालिकाले जस्तै खेलकुदलाई महत्वका साथ अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको खेलकुद प्रतियोगितामा हुने ब्याडमिन्टन प्रतियोगिताले ब्याडमिन्टन विकासको प्लेटफर्म तयार भएको बताउँदै विद्यार्थीले खेलकुदलाई पनि समय दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका ७ नम्बर वडा खेलकुद समितिका अध्यक्ष केशव त्वानाबासूले सम्पूर्ण खेलाडी विद्यार्थीले खेलको नियमअनुसार खेल्नुपर्ने र खेल हारजितको लागि भन्दा पनि मित्रता, अनुशासन र स्वास्थ्यको लागि भएको बताउनुभयो ।
प्रतियोगिता सुरु हुनुभन्दा अगाडि भक्तपुर नगरपालिका ७ नम्बर वडाका वडा अध्यक्ष उकेश कवांले रेफ्री ज्वालाराम मुस्याख्वलाई राकेट र सतल हस्तान्तरण गर्नुभयो ।
ब्याडमिन्टन प्रतियोगिताको आइतबार भएको खेलहरूमा तिनै तहका प्रथम चरणका सम्पूर्ण खेलहरू सम्पन्न भएको छ भने क्वाटर फाइनलसम्मका सम्पूर्ण खेलहरू सोमबार सम्पन्न हुने जानकारी अफिसियल किशोर गोसाईले दिनुभएको छ । 
उसु खेल सम्पन्न
भक्तपुर नगरपालिका वडा नं. ३ नासमनामा उसुका सम्पूर्ण विधाहरूको प्रतियोगिता सम्पन्न भयो ।
उसुको छानछ्वान त्ेन्टमा पुरुषतर्फ वागीश्वरी माविका हेमराज गुभाजु प्रथम, मेधा माविका राज गोरा द्वितीय तथा वागीश्वरी माविकै सुपृच बासी तृतीय भए ।
उसुकै छानछ्वान त्ेन्टको महिलातर्फ एभरेस्ट सेकेन्डरी स्कूलका विभुषा कासुला प्रथम, बाल विकास सेकेन्डरी स्कूलका ऐन्जल दुवाल द्वितीय तथा एभरेस्ट सेकेन्डरी स्कूलकै साइना कायस्थ तृतीय भए ।
उसुकै नान छ्वान त्ेन्टमा पुरुषतर्फ मेधा माविका रोशन बिक प्रथम, वागीश्वरी माविका विश्वराज गुभाजु द्वितीय तथा साइनिङ स्टुडेन्ट स्कूलका जेम्स लामा तृतीय भए ।
उसुकै नान छ्वान त्ेन्टमा महिलातर्फ सैनिक आवासीय माविका सिल्भिया प्रजापति प्रथम, साइनिङ स्टुडेन्ट स्कूलका मिस्का तामाङ द्वितीय तथा एभरेस्ट सेकेन्डरी स्कूलका आरुणिया मुनंकर्मी तृतीय भए ।
छात्र थाइची छ्वानमा मेधा माविका रिसन तिमिला प्रथम, बाल विकास स्कूलका एरिज बोहजु द्वितीय, वागीश्वरी माविका सोम सुवाल तृतीय भए । त्यस्तैगरी, छात्रा थाइची छ्वानमा भने ख्वप्रिङ मलिका छ्वाजु प्रथम, एभरेस्ट स्कूलका आईस्मा सिमाछ्र्वा द्वितीय र एभरेस्टकै दिछेन लामा तृतीय भए ।
छात्र कुन्सुमा भने मेधा माविका राज गोरा प्रथम, वागीश्वरी माविका सुपृच वासी द्वितीय र मेधा माविका रिसन तिमिला तृतीय भए । त्यस्तैगरी, छात्र नानकुनमा मेधा माविका रोशन विक प्रथम, वागीश्वरी माविका विश्वराज गुभाजु द्वितीय र साइनिङ स्टुडेन्ट स्कूलका छिरिङ तामाङ तृतीय भए ।
त्यसैगरी, सान्डा ३० केजीमुनिको छात्रमा मेधा माविका शिव अछामी प्रथम, एभरेस्ट स्कूलका अयान अली द्वितीय र वागीश्वरी माविका आरुष हितान र साइनिङ स्टुडेन्ट एकेडेमीका सुशान्त तामाङ संयुक्त रूपमा तृतीय भए ।
त्यस्तै, ३३ केजीमुनिको छात्र सान्डामा वागीश्वरी माविका आसेन गुभाजु प्रथम, साइनिङ स्टुडेन्ट एकेडेमीका विवेक गुरुङ द्वितीय र बाल विकास स्कूलका सृनिक पाउँ र एभरेस्ट स्कूल दिवानप्रसाद कायष्ठ संयुक्त रूपमा तृतीय भए । ३६ केजीमुनिको सान्डामा साइनिङ स्टुडेन्टका दावा तामाङ प्रथम र साइनिङकै निवेश तामाङ द्वितीय र मेधा माविका महफुज आलाम र एभरेस्ट स्कूलका रायनव शिल्पकार संयुक्त रूपमा तृतीय भए ।
त्यस्तै, ३९ केजीमुनिको सान्डामा मेधा माविका तन सुवाल प्रथम, एभरेस्ट स्कूलका राजन मानन्धर द्वितीय र एभरेस्ट स्कूलकै अधिसेस खड्का र निलस अवाल संयुक्तरूपमा तृतीय भए । ४२ वर्षमुनिको सान्डा खेलमा साइनिङ स्टुडेन्ट स्कूलका डेन्सन तामाङ प्रथम र मेधा माविका जीवराज कोइराला द्वितीय भए ।
४५ केजीमुनिको छात्र खेलमा भने मेधा माविका मिगमार तामाङ प्रथम, बाल विकास स्कूलका रितेश छुजु द्वितीय र साइनिङ स्टुडेन्ट स्कूलका सम्रात क्षेत्री र मेधा माविका लोकेन्द्र श्रेष्ठ संयुक्तरूपमा तृतीय भए । ४८ केजीमुनिको सान्डामा मेधा माविका विवस मगर प्रथम, मेधा माविकै अमिर तामाङ द्वितीय र साइनिङ स्टुडेन्ट स्कूलका प्रिन्स सायजु तृतीय भए । ५२ केजीमुनिको सान्डामा एभरेस्ट स्कूलका सुरभ भेले प्रथम, मेधा माविका रेगनसन वैद्य द्वितीय र बाल विकासका आर्जन धुख्वा तृतीय हुन सफल भए ।
त्यस्तै, ५६ केजीमुनिको छात्र सान्डामा मेधा माविका रुसन बाइजु प्रथम र एभरेस्ट स्कूलका सहज गोसाई द्वितीय भए । ६० केजीमुनिको सान्डामा साइनिङ स्टुडेन्ट स्कूलका सन्देश मगर प्रथम, मेधा माविका अमृत लोप्चन द्वितीय र एभरेस्ट स्कूलका इडसन साख तृतीय भए ।
त्यस्तैगरी, ३३ केजीमुनिको छात्रा सान्डामा साइनिङ स्कूलका दुर्शा कायष्ठ प्रथम र मेधा माविका स्मारिका तामाङ द्वितीय भए । ३६ केजीमुनिको सान्डा छात्रामा एभरेस्ट स्कूलका प्रनिसा कोजु प्रथम, सिम्रिक प्रजापति द्वितीय, सुरवी बराल र प्रशिद्धि कायष्ठ संयुक्तरूपमा तृतीय हुन सफल भए ।
त्यस्तै, ३९ केजीमुनिको सान्डामा मेधा माविका रिया कोजु प्रथम, मेधाकै मिश्कला राई द्वितीय र साइनिङ स्कूलका शिखा तामाङ र लिजा तामाङ संयुक्तरूपमा तृतीय भए । ४२ केजीमुनिको सान्डा खेलमा मेधा माविका नुरसाना खातुन प्रथम, साइनिङ स्टुडेन्ट स्कूलका सम्तेन लामा द्वितीय र एभरेस्ट स्कूलका श्रीयना दाहाल तृतीय भए । ४५ केजीमुनिको छात्रा खेलमा भने होली गार्डेन स्कूलका रुजा दुवाल प्रथम, साइनिङ स्कूलका कृपा मगर द्वितीय र मेधा माविका निरिसमा तामाङ र करिना तामाङ श्रेष्ठ संयुक्तरूपमा तृतीय भए । ४८ केजीमुनिको सान्डामा मेधा माविका स्मृति तामाङ प्रथम र एभरेस्ट स्कूलका स्मारिका सुवेधी द्वितीय भए ।
त्यस्तैगरी, ५२ केजीमुनिमा एभरेस्ट स्कूल लुङ्गमा लिम्बु प्रथम, मिनर्वा स्कूलका नेन्सा खर्बुजा द्वितीय र साइनिङ स्कूलका स्मारिका लामा र एभरेस्टका इच्छा बल संयुक्तरूपमा तृतीय हुन सफल भए ।
त्यस्तै, ५६ केजीमुनिको छात्रा सान्डामा एभरेस्ट स्कूल दृशना पौडेल प्रथम, मेधा माविका प्राप्ति बल द्वितीय, मेधाकै यूनिका राई र एभरेस्ट स्कूलका मेधावी बखु संयुक्त रूपमा तृतीय भए । ६० केजीमुनिको छात्रा सान्डामा मेधा माविका सरा दुवाल प्रथम, एभरेस्टका प्राप्ति शर्मा द्वितीय र साइनिङ स्कूलका सवी मोक्तान तृतीय भए ।
एथलेटिक्सको दोस्रो दिनसम्म खेलको १८ वटा विधाका त्ेन्ट सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको एथलेटिक्सको दोस्रो दिनसम्म १८ वटा विधाका त्ेन्ट सम्पन्न भयो ।
पहिलो दिन एथलेटिक्सको लङजम्प छात्रातर्फ बासु माविका कृतिका मानन्धर ३.५६ मिटर दुरी पार गरी प्रथम, बाल बिकास इङलिस सेकेन्डरी स्कूलका जोयता दथेपुथे ३.४६ मिटर दुरी पार गरी द्वितीय तथा ज्ञान विजय आविका रोशनी चौधरी ३.२१ मिटर दुरी पार गरी तृतीय भए ।
एथलेटिक्सको लङजम्प छात्रतर्फ बासु माविका ग्रीष्मनाथ योगी ४.९१ मिटर दुरी र प्रेम सिलवाल ४.६४ मिटर दुरी पार गरी क्रमशः
प्रथम र द्वितीय तथा शान्ति निकेतन माविका लक्ष्मण चौधरी ४.६० मिटर दुरी पार गरी तृतीय भए ।
६० मिटर दौडको छात्रातर्फ बासु माविका रमिता शाही प्रथम, शारदा आविका रश्मि श्रेष्ठ द्वितीय तथा बाल विकास इङलिस सेकेन्डरी स्कूलका सुजिन पाउँ तृतीय भए ।
६० मिटर दौडको छात्रतर्फ हंसबाहिनी आविका मारुती खाम्चा प्रथम, बाल विकास इङलिस सेकेन्डरी स्कूलका श्रेविक पाउँ र शुभम ग्वाछा क्रमशः द्वितीय र तृतीय भए ।
१५०० मिटर दौडको छात्रातर्फ बासु माविका सुजता शाही प्रथम, जेसिस माविका परिना लाखे द्वितीय तथा गणेश माविका साहाना खातुन तृतीय भए ।
१५०० मिटर दौडको छात्रतर्फ सैनिक आवासीय माविका आदर्श कार्की प्रथम, शारदा माविका कपिल बरुवाल द्वितीय तथा जागृति माविका राखिल सुनुवार तृतीय भए ।
एथलेटिक्सको सटफुट छात्रातर्फ गणेश माविका रीता पौडेल ६.१५ मिटर दुरी पार गरी प्रथम, बासु माविका कृतिका मानन्धर ५.६० मिटर दुरी पार गरी द्वितीय तथा बाल विकास इङलिस सेकेन्डरी स्कूलका चिराकुमारी रोकामगर ५.०६ मिटर दुरी पार गरी तृतीय भए ।
एथलेटिक्सको सटफुट छात्रतर्फ प्रभात इङलिस सेकेन्डरी स्कूलका सफिक सुवाल ८.९५ मिटर दुरी पार गरी प्रथम, सैनिक आवासीय मावि ८.१८ मिटर दुरी पार गरी द्वितीय तथा गणेश माविका साजन तामाङ ८.०६ मिटर दुरी पार गरी तृतीय भए ।
त्यस्तै दोस्रो दिन सम्पन्न भएको एथलेटिक्सको ग्याभलिङ थ्रो छात्रतर्फ बाल विकास इङलिस सेकेन्डरी स्कूलका प्रेम तामाङ प्रथम, बासु माविका ग्रीष्मनाथ योगी र कमल मगर क्रमशः द्वितीय र तृतीय भए ।
दोस्रो दिन सम्पन्न भएको एथलेटिक्सको ग्याभलिङ थ्रो छात्रातर्फ गणेश माविका रीता पौडेल प्रथम, बाल विकास इङलिस सेकेन्डरी स्कूलका चिस कुमारी रोकामगर द्वितीय तथा बासु माविका कृतिका मानन्धर तृतीय भए ।
३००० मिटर दौडको छात्रतर्फ सैनिक आवासीय माविका आदर्श कार्की प्रथम, शान्ति निकेतन माविका सोनम तामाङ द्वितीय तथा शारदा माविका आकाश बुढामगर तृतीय भए ।
३००० मिटर दौडको छात्रातर्फ जेसिस माविका परिना लाखे प्रथम, शारदा माविका कपिल बरुवाल द्वितीय तथा जागृति माविका राखिल सुनुवार तृतीय भए ।
४ ह् १०० मीटर रिले छात्रतर्फ गणेश माविको टीम प्रथम, सैनिक आवासीय माविको टीम द्वितीय तथा जागृति माविको टीम तृतीय भयो ।
४ ह् १०० मीटर रिले छात्रातर्फ बासु माविको टीम प्रथम, जेसिस माविको टीम द्वितीय तथा बाल विकास इङलिस सेकेन्डरी स्कूलको टिम तृतीय भयो ।
४०० मिटर दौडको छात्रतर्फ सैनिक आवासीय माविको सन्देश सिं धामी प्रथम, जागृति माविको विजय तामाङ द्वितीय तथा बासु माविको उपेन्द्र रोकाया तृतीय भए ।
४०० मिटर दौडको छात्रातर्फ जेसिस माविका सिल्भी नागा र प्रशंसा गोठे क्रमशः प्रथम र द्वितीय तथा गणेश माविका सिरिषा न्याईच्याई तृतीय भए ।
१०० मिटर रिले छात्रतर्फ सैनिक आवासीय माविको अभिशेख खत्री प्रथम, जेसिस माविको त्रिजन सुवाल द्वितीय तथा दत्तात्रय आविको खुसुबुदिन मनसुर तृतीय भए ।
१०० मिटर रिले छात्रातर्फ बासु माविको सुजता शाही र रमिता शाही क्रमशः प्रथम र द्वितीय तथा जेसिस माविका श्लेषा दथेपुथे तृतीय भए ।
एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन मङ्सिर ७ गते सोमबार २०० मिटर (छात्र/छात्रा), ८०० मिटर (छात्र/छात्रा), २०० मिटर (छात्र/छात्रा), ट्रिपल जम्प (छात्र/छात्रा), डिस्कस थ्रो (छात्र/छात्रा) फाइनल तथा ४ ह् ४०० मिटर
(छात्र/छात्रा) को रिले दौड गरी १२ वटा त्ेन्ट सञ्चालन हुनेछ ।
फूटबलको सेमिफाइनल खेल सोमबार हुने
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत महेश्वरी खेल मैदानमा चालू भएको फूटबल प्रतियोगिताको सेमिफाइनल खेल सोमबार हुने भएको छ ।
फूटबल प्रतियोगिताको चौथो दिन आइतबार सुरु भएको तेस्रो क्वाटरफाइनल खेलमा सैनिक आवासीय मावि र ख्वप्रिङ इङलिस एकेडेमीबिच प्रतिस्पर्धा भयो ।
पहिलो हाफमा सैनिक आवासीय माविका निरज अधिकारी, विधोज अधिकारी र निक्लोस घलेले एक/एक गोल गरी तीन गोलले अग्रता दिए भने ख्वप्रिङ इङलिस एकेडेमीले कुनै पनि गोल गर्न सकेन ।
दोस्रो हाफमा सैनिक आवासीय माविका निक्लोस घलेले दुई र सैनिककै प्रज्वल शाही थकुरीले एक गोल गरी थप तीन गोल गरे । ख्वप्रिङ इङलिस एकेडेमीले कुनै पनि गोल गर्न सकेन । यससँगै सैनिक आवासीय माविले ०–६ गोलले खेल जित्यो । उक्त खेलमा सैनिक आवासीय माविका जर्सी नं. ९ का निक्लोस घले म्यान अफ द माच घोषित भए ।
चौथो क्वाटरफाइनल खेलमा प्रभात इङलिस सेकेन्डरी स्कूल र श्री पद्म माविबिच प्रतिस्पर्धा भयो । पहिलो हाफमा श्री पद्म माविका सागर तिरुवाले १ गोल गरे । दोस्रो हाफमा दुवै टीमबाट कुनै पनि गोल हुन सकेन । यससँगै श्री पद्म मावि ०–१ गोलले खेल जित्यो । उक्त खेलमा पद्म माविका जर्सी नं. १५ का प्रज्वल माझी म्यान अफ द माच घोषित भए ।
फूटबल प्रतियोगिताको पाँचौँ दिन सोमबार सरस्वती विद्यागृह मावि र साइनिङ स्टुडेन्ट एकेडेमीबिच पहिलो सेमिफाइनल तथा सैनिक आवासीय मावि र पद्म माविबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
Leave a Reply