भर्खरै :

खेलकुद स्वास्थ्य, मित्रता, अनुशासन र देशको रक्षाको लागि हुनुपर्ने

खेलकुद स्वास्थ्य, मित्रता, अनुशासन र देशको रक्षाको लागि हुनुपर्ने

भक्तपुर, ७ मङ्सिर । संगम बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर जिल्लाव्यापी अन्तरसहकारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो ।
आइतबार भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले खेलकुद स्वास्थ्य, मित्रता, अनुशासन र देशको रक्षाको लागि हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संविधान निर्माणको बेला नेमकिपाले खेलकुदलाई मौलिक हकमा राख्नुपर्ने संशोधन राखेको तर शासक दलहरूले नेमकिपाले राखेको संशोधनलाई स्वीकार नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशभरिका विद्यालय र कलेजमा खेलमैदान र खेलकुद सामग्री बन्दोबस्त गरी खेलकुदमा जोड दिइए देश विकासमा थप मद्दत पुग्नेछ ।”
सचिव सुवालले भन्नुभयो, “छिमेकी देश चीनले नयाँ पुस्ताको लागि शिक्षा र खेलकुदमा पुग्दो बजेट बन्दोबस्त गरेको छ । भारतमा समेत यस्तो बन्दोबस्त नहुँदा चीनभन्दा भारत २० वर्ष पछाडि परेको सार्वजनिक भयो । नेपाल त झन् पछाडि पर्ने नै भयो । यो विषयमा नेपाल सरकारका सम्बन्धित अधिकारीहरूको ध्यान जानु जरूरी छ ।”
संस्थाको युवा तथा खेलकुद उपसमितिका संयोजक राजेश घ्यमसुको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष बलराम सिबन्जार, भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका सभापति राजेन्द्र प्रजापति र संस्थाका निवेस छुस्याकीले पनि बोल्नुभयो ।
प्रतियोगितातर्फ मेन्स डबल प्रतियोगितामा प्रथम संयोग बस्नेत र रिसोड सुवाल (पवित्र हलेसी साकोस), द्वितीय राजेश खाइतु र विशाल श्रेष्ठ (संगम साकोस), तृतीय रविन घ्यमसु र लक्ष्मीनारायण सुवाल (संगम साकोस), तृतीय श्यामसुन्दर ख्याजू र श्यामकृष्ण सुवाल (संगम साकोस) भए ।
त्यस्तै भेट्रान्स डबल प्रतियोगितामा प्रथम डेनराज घिसिङ र गुणबहादुर कार्की (पवित्र हलेसी साकोस), द्वितीय दीपक बस्नेत र युवराज श्रेष्ठ (सिपाडोल साकोस), तृतीय राजेश घ्यमसु र राधेश्याम ख्याजु (संगम साकोस), तृतीय राजेन्द्र सुवाल र विजेन्द्र बासुकला (संगम साकोस) भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *