सीप सिकेर आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई नगर प्रमुख प्रजापतिको आग्रह
- मंसिर ११, २०८३
भक्तपुर, १० मङ्सिर । ‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ १२ औँ उद्योग दिवस कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग दिवसको अवसरमा मध्यपुर थिमिको दुई पोखरी परिसरदेखि शङ्खधर चोकसम्म भएको प्रभातफेरीमा विभिन्न व्यावसायिक सङ्घसंस्था, उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । प्रभातफेरीपश्चात् आयोजित कार्यक्रममा भक्तपुरका तीन उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सांसद धनेश्वरी प्रजापतिले भक्तपुरका परम्परागत, लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरूलाई पर्यटन उद्योगसँग जोडेर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सके स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ‘गन्तव्य मध्यपुर’ निर्माण गर्ने नगरपालिकाको अवधारणाअनुरूप स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइएको बताउनुभयो । विशेष गरी थिमिमा उत्पादन हुने सेरामिक्स तथा परम्परागत मकुन्डो (मास्क) लगायतका मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सम्बन्धित उद्योगहरूको प्रवद्र्धनमा नगरपालिकाले सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले भक्तपुरका युवाहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकारको सहयोगमा इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।
भक्तपुरका परम्परागत सीप, मौलिक उत्पादन तथा साना उद्योगको संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारी निकाय, निजी क्षेत्र र व्यावसायिक सङ्घसंस्थाबिच सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले गो लोकल अभियानअन्तर्गत भक्तपुरका मौलिक उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा योगदान पु¥याउँदै आएका उद्यमीहरूलाई गरेको सम्मानले साना उद्यमीहरूमा थप उत्साह र हौसला प्रदान गर्ने बताउनुभयो । उहाँले लघु, घरेलु तथा साना उद्योगको विकासबिना मुलुकको अर्थतन्त्रलाई दिगो र सबल बनाउन कठिन हुने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र तुम्बाजा श्रेष्ठले उद्योग तथा व्यवसायको सहज सञ्चालन, लगानीमैत्री वातावरण निर्माण र व्यावसायिक प्रवद्र्धनका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका कोषाध्यक्ष रमिला दुवालले भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले यहाँका घरेलु तथा साना उद्योगका उत्पादनलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।
उद्योग अधिकृत रामप्रसाद कुस्माले उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयको कार्यक्षेत्र, उद्देश्य र कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।
कार्यालय प्रमुख भक्तबहादुर भण्डारीले सम्मानित उद्यमीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा उत्कृष्ट उद्यमीहरू नेवाः तान उद्योगको सञ्चालन कमलकेशरी राजचल, ज्वज्वलपा सेरामिक्स उद्योगका प्रोपाइटर हरिचन्द्र प्रजापति तथा नेपाल नेपाल हायन्ड निट विजय सुवाललाई प्रमुख अतिथिहरूले फूलमाला तथा सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।
Leave a Reply