रास्वपा सरकार र भारत सरकारबिचको सहमति कसको हितमा ?
- मंसिर ८, २०८३
राजतन्त्रमा सबै दोष राजालाई जान्थ्यो र राम्रो विषयको जस पनि राजालाई जान्थ्यो । राजा एक कुनामा बस्ने, जनताको समस्या थाहा नहुने भन्दै राजावादीहरू ‘राजाले जान्दैनन्, राजालाई थाहै हुन्न’ भन्थे । कुनै गरिबले राजाको ‘सवारीमा’ ‘सरकार मैले खान पाइनँ’ भनी बिन्ती गर्दा ‘राजाले–दूध र भात पनि खाना पाएनौ ?’ भनी प्रश्न गरेको हरेक देशका कथाहरू छन् ।
हुन पनि ‘बालक राजा गद्दीमा’ राख्दा परिणाम त त्यही आउने भयो ! सबै राजपरिवारका सदस्यहरू, गुरु, पुरोहित, काजी, सेनाका, प्रहरी, गुप्तचर विभागका ठुलाबडा ‘नवरत्न’ भनिने सल्लाहकारको सल्लाहमा गर्थे ।
कहिलेकाहीँ विभिन्न देशका राजा–महाराजाको शासन पनि प्रधानमन्त्री, सेनापति, गुप्तचर विभागको प्रमुख र कर्मचारीतन्त्रका मुख्य मुख्य विदेशी दुश्मनसँग मिलेर राजालाई हत्या गरेर नयाँ व्यक्ति राजा हुन्थे, लडाइँ भयो भने साधारण जनताका छोराछोरी र युवाहरू मर्थे । व्यवस्था जस्ताका तस्तै भएकै कारण दोषयुक्त राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्थाप्रति विश्वास गरी संवैधानिक राजतन्त्र र गणतन्त्र वा प्रजातन्त्रको विश्वासमा जनता परे ।
तर, जनताको बहुमत प्राप्त विधानपालिका (संसद् वा काङ्ग्रेस) ले जनताले चाहेको ऐन– कानुन बनाउँछ, नीति निर्माण गर्छ र त्यसलाई कार्यपालिका वा मन्त्रिमण्डलले लागू गर्छ र जनताको इच्छा र संविधानअनुसार सरकारले गरेका काम कुरा मिलेन भने अदालत वा सर्वाेच्च न्यायपालिकाले बदर गर्छ भनी जनताले चित्त बुझाएका थिए ।
नेपालको सन्दर्भमा सांसद वा जनप्रतिनिधिहरू पनि ठगीमा, मन्त्रीहरूसमेत भ्रष्टाचार र विदेशी नागरिकलाई नेपाली नागरिक बनाउने र नेपाली नागरिकलाई विदेशी बनाउने, सर्वाेच्च अदालतका न्यायाधीशहरू पनि अनेक काण्डमा मुछिने समाचार आएपछि जनताले कसको भरोसमा गर्ने हो ? अन्यौलमा पर्नु स्वाभाविक छ ।
प्रजातन्त्रमा राजनैतिक दलहरू नै प्रजातन्त्रको खम्बा हो भनौँ भने राजनैतिक पार्टीका नेताहरूकै नाम सार्वजनिक जग्गालाई निजी जग्गाको नाममा किनबेचमा पर्ने, आफ्नै जहान र छोराछोरी नै सहकारी, सार्वजनिक भूमिलाई कुनै एक माडबारीलाई गैरकानुनी गर्ने र गराउने, सुन तस्करीका नाम समाचारमा आएपछि जनता र प्रजातन्त्रको के हविगत होला अनुमान गर्न सक्ने विषय हो ।
नेपाली नागरिकहरू फेरि भ्रष्टाचारी, ठगी र अनेक अपराधमा मुछिई पक्राउ दण्ड र कारागारमा पर्ने देखिए । आफ्नै नातागोता, जाति, भाषाभाषीलाई छुटाउन नक्कली प्रमाणपत्र, नागरिकता र प्रमाणपत्रको उमेर र मिति ढाँट्ने, घुस खुवाउने तथा एक अपराधबाट उम्काउन अरू धेरै अपराध गर्छन् भने देश धुजाधुजा हुनुमा दोष कसलाई दिने ?
दोष विद्यालय, महाविद्यालय र विश्वविद्यालयका शिक्षक र प्राध्यापकहरूलाई दिने हो वा पाठ्यपुस्तकका लेखक र शिक्षा मन्त्रालयका सम्बन्धित व्यक्तिहरूलाई दिने ? छलफल गरौँ !
४ मङ्सिर २०८३ को ‘नयाँ पत्रिका’ ले लेख्यो, ‘मलेसिया गएका कामदारमाथि ठगी प्रकरण’, ‘चार पटक निर्णय गरेर, १३ पटक निर्णयबिनै रकम पठाउन पत्राचार’ ‘पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति ।’
‘मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब’ शीर्षकमा ‘नागरिक’, दैनिक, ४ मङ्सिर २०८३ ले तत्कालीन दुई श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको तस्बिरसमेत छाप्यो ।
‘पूर्वमुख्य सचिव अर्यालविरुद्ध ठगीमा संलग्न आरोप’ शीर्षकमा ‘गैरकानुनी रूपमा रकम सङ्कलन गरेर श्रमिकलाई मलेसिया पठाएको प्रकरण अनुसन्धानको क्रममा एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी’ गरियो । (कान्तिपुर, ४ मङ्सिर २०८३) ।
‘जग्गा सट्टापट्टामा पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजालविरुद्ध भ्रष्टाचार मुद्दा’ शीर्षकमा ‘मोरङको रिजाल एन्ड कम्पनीको नाममा रहेको ५९ विघा ९ कठ्ठा १२ धुर जग्गा सरकारले जफत गर्नुपर्नेमा उल्टै मन्त्री परिषद्बाट निर्णय गराएर सट्टापट्टा गराई भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मीनेन्द्र रिजालसहित ९७ जनालाई प्रतिवादी बनाई ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो माग दाबी’ गरिएको थियो ।
यसरी राजनैतिक पार्टीका नेता र मन्त्रीहरूसमेत भ्रष्टाचारमा संलग्न रहेपछि देश बन्छ कसरी ? जनताले विश्वास राख्ने कसलाई ?
Leave a Reply