भर्खरै :

प्रजग कोरिया–संरा अमेरिका शिखर वार्ताको भविष्य

– डीआर
प्रजग कोरियाले २०७५ वैशाख २९ गते शनिबार (२०१८ मे १२ ) को दिन २०१८ मे २३ र २५ (२०७५ जेठ ९ र ११) को बीचमा आणविक परीक्षण थलहरू भत्काउने भनी घोषणा ग¥यो । सरकारी सञ्चारमाध्यम र प्रजग कोरियाको विदेश मन्त्रालय दुवैले उत्तर–पूर्वको आणविक परीक्षणस्थलका सुरुङहरू ध्वस्त गर्ने भनी प्रस्ट गरेका थिए । २०१८ अप्रिल २७ (२०७५ वैशाख १४ गते शुक्रबार) उत्तर–दक्षिण कोरियाको शिखर वार्ताको बेला राष्ट्रपति मुन जाए –इनसग सर्वोच्च नेता किम जोङ उनको भेट भएको थियो । भेटघाटको सिलसिलामा किमले उहालाई आणविक परीक्षण स्थलहरू २०१८ मे महिनाको अन्तसम्ममा बन्द गर्ने वचन दिनुभएको थियो ।
प्रजग कोरियाले पानमुनजोम घोषणाअनुसार नै २०७५ जेठ ९ गते बुधबार (२०१८ मे २३ ) प्रजग कोरियाको सुदूर उत्तर–पूर्वमा पर्ने पुङ ग्येरी आणविकस्थल र त्यसका सुरुङहरूलाई विस्फोटबाट नष्ट गरिएको थियो । उक्त स्थल र सुरुङहरूलाई नष्ट गरेको अवलोकन गर्न दक्षिण कोरियाबाट ८ जना र २० जना विदेशी पत्रकारहरूलाई बोलाइएका थिए । यस कदमलाई दक्षिण कोरियाले स्वागत गरेको थियो ।
उक्त परीक्षण स्थल र सुरुङहरू नष्ट गरेको दृश्य सम्बन्धमा किमले ट्वीटरमा लेख्नुभयो, ‘१२ घण्टाको रेलयात्रा, ४ घण्टाको बस यात्रा र २ घण्टा पहाडको उकालो लागेपछि म एउटा सरकारी गन्तव्यमा पुगें । त्यहाबाट ५०० मिटर पर सुरुङहरूमा मैले विस्फोट भएको देखें । … तिनीहरूले एक, दुई र तीन भनी चिच्याएपछि एउटा ठूलो विस्फोट भयो, यसलाई हामीले देखिरहेका थियौं । … साथै त्यस विस्फोटबाट जमिन हल्लिएको हामीले महसुस गरिरह्यौं । धुलो, गर्मी र ठूलो आवाज हाम्रो नजिकसम्म पुग्यो ।…’ (युट्युव म्यानिअ, २०१८ मे १२)
वार्तामा प्रजग कोरियालाई दबाब दिने उद्देश्य लिई संरा अमेरिका र दक्षिण कोरिया मिली संयुक्त सैनिक अभ्यास सुरु गरेको हुनाले अर्को विकल्प नभएको भनी २०७५ जेठ २ गते बुधबार (२०१८ मे १६) को दिन उत्तर र दक्षिण कोरियाबीच दक्षिण कोरियाको सिमानामा पर्ने पानमुनजोममा हुने भन्ने उच्चस्तरीय वार्ता बहिष्कार गरेको घोषणा र २०१८ जून १२ (२०७५ जेठ २९) मङलबारको दिन सिङापुरमा हुने प्रजग कोरिया–संरा अमेरिका शिखर वार्ता रद्द हुनसक्ने चेतावनी दियो । प्रजग कोरियाले पान्मुनजोम घोषणाविपरीत उक्त संयुक्त सैनिक अभ्यास भएको कुरो प्रस्ट पार्दै एकातिर संरा अमेरिकी सेना र हतियार फिर्ता लाने घोषणा गर्दै अर्कोतिर संयुक्त सैनिक अभ्यास गर्नु भनेको प्रजग कोरियालाई हतियारविहीन बनाएर आप्mनो नियन्त्रणमा राख्ने षड्यन्त्र भएको भन्यो । दक्षिण कोरियाबाट संरा अमेरिकी सेना र हातहतियार फिर्ता लगेपछि मात्र प्रजग कोरिया संरा अमेरिकासग शान्ति वार्ताले पूर्णता पाउनेछ । प्रजग कोरियाले पानमुनजोम घोषणामा हस्ताक्षर गरेर संयुक्त सैनिक अभ्यासमा सरिक हुनु दक्षिण कोरियाली प्रशासनको ठूलो कमजोरी रहेको भनी सम्पूर्ण दोष दक्षिण कोरियालाई लगायो । हुन त संरा अमेरिकाले दक्षिण कोरियाबाट क्रमशः संरा अमेरिकी सैनिक र हात–हतियार घटाउदै लानुपर्नेमा त्यस्तो केही नगरेको र बरु उल्टो माक्स थन्डर नाम गरेको संयुक्त सैन्य अभ्यासमा बि –५२ लगायत स्टिल्थ वर्म वर्षकजस्ता अन्य निकै अत्याधुनिक र खतरनाक सयौं लडाकु विमानहरू सामेल ग¥यो ।
संरा अमेरिकाले जून १२ को दिन सिङापुरमा हुने शिखर वार्ताको लागि तयारी गरिरहेको र संयुक्त सैन्य अभ्यासमा वि–५२, एफ–२२ स्टिल्थ वम वर्षकजस्ता लडाकु विमानहरू सामेल गर्ने तालिकामै नभएको कुरो प्रेषित ग¥यो भने दक्षिण कोरियाले पानमुनजोम घोषणाअनुसार नै एक पक्षीय ढङले दक्षिण कोरियासग २०१८ मे १६ बुधबारको दिन (२०७५ जेठ २) हुने उच्च स्तरीय वार्ता केही घण्टाअघि अचानक बहिष्कार गरेको र किम र ट्रम्पबीचको शिखर वार्ता रद्द हुनसक्ने भनी प्रजग कोरियाको घोषणा निकै खेदजनक भएको वक्तव्य निकाल्यो ।
यसैबीच, भारतीय विदेश राज्यमन्त्री वीके सिंहले प्योङयाङमा किम जोङ उनसंग भेट गरेका थिए । २० वर्षपछि भारत सरकारको तर्फबाट प्रजग कोरियाको उच्चस्तरीय भ्रमण गर्ने वीके सिंह नै पहिलो मन्त्री थिए । २०१८ जून १२ गते मङलबारको दिन (२०७५ जेठ २९ ) सिङापुरमा हुने सर्वोच्च नेता किम र राष्ट्रपति ट्रम्पबीचको शिखर वार्ताभन्दा पहिले वीके सिंहको भ्रमण महत्वपूर्ण थियो । हुन त उक्त भ्रमणबारे भारत र प्रजग कोरिया दुवैले दुई दिनसम्म पुष्टि गरेनन् । पछि भारतले त्यस भ्रमणबारे पुष्टि ग¥यो ।
ट्रम्पलाई भेट्नुभन्दा अघि भारतीय विदेश राज्यमन्त्री वीके सिंह चीनको बाटो हुदै प्योङयोङ पुगे । भारत आप्mनो हितअनुसार नै कूटनीतिक चाल चाल्न उन्मुख देखिन्छ । २०१७ अक्टोबरमा संरा अमेरिकी तात्कालीन विदेशमन्त्री रेक तिलरसन भारत भ्रमणमा आएको बेला भारतलाई प्रजग कोरियासग सम्बन्ध विच्छेद गर्न दबाब दिएका थिए । तर भारतले त्यसो गर्न अस्वीकार गरेको थियो । त्यसबेला भारतको दोस्रो ठूलो व्यापारिक साझेदार प्रजग कोरिया थियो । आप्mनो आणविक हतियार र आणविक परीक्षण स्थलहरू नष्ट गरेर प्रजग कोरिया संरा अमेरिकासग शान्ति वार्ता गर्ने भएपछि मात्रै भारत प्रजग कोरियासग सम्बन्ध सुधार्न उत्सुक भएको देखिन्छ । प्रजग कोरियाले पाकिस्तानसग सैनिक सम्बन्ध सुदृढ गर्न अघि नबढोस् भन्ने भारत चाहन्छ । (युट्युब, २०१८ मे १७ (१८ २०७५ जेठ ३–४, अन्नपूर्ण दैनिक, गोरखापत्र दैनिक, २०७५ जेठ ३ बिहीबार, गोरखापत्र, २०७५ जेठ ५)
पुजीवादी सञ्चारमाध्यमहरूमा किम जोङ उनले संरा अमेरिकाको सपना चकनाचुर हुने भन्दै धम्की दिएको र प्रजग कोरिया पुरानै अवस्थामा फर्केको भनेर समाचार प्रेषित भयो ।
अधिकांश युद्ध विश्लेषकहरूले संरा अमेरिकाबाट प्रजग कोरियालाई आक्रमण नगर्ने प्रत्याभूति दिने भए तापनि प्रजग कोरिया कुनै पनि हालतमा शक्ति र ठूलो मुलुकको दयामा सुरक्षित नहुने र शान्तिको लागि भिख नमाग्ने, अरुको दयामा आपूm सुरक्षित हुन खोज्यो भने उसले भनेको जस्तो नबस्ना साथै कुनै पनि निहुमा कुनै पनि बेला आक्रमण गर्नसक्ने र आप्mनै ताकतमा सुरक्षित हुने भनी प्रजग कोरियाले रणनीति लिएको देखिन्छ भनी विश्लेषण गरे ।
प्रजग कोरियाले दक्षिण कोरियासग उच्चस्तरीय वार्ता बहिष्कार गरेको र प्रजग कोरिया –संरा अमेरिका शिखर वार्ता हुन नसक्ने भनी दिएको चेतावनीलाई लिएर राष्ट्रपति मुन जाए –इन पहिले नै तय भएको शिखर वार्ताको लागि संरा अमेरिकाको यही २०१८ मे २२ मङलबारको दिन (२०७५ जेठ ८) भ्रमण गर्नुभयो ।
मार्क पिट् जसेरिकका भनाइअनुसार संयुक्त सैन्य अभ्यासले मात्र प्रजग कोरियालाई कुनै असर नपरेको…बि–५२ र एफ–२२ स्टिल्थ बमवर्षकजस्ता सयौं लडाकु विमानहरू सामेल गरेकोले प्रजग कोरियालाई खतरा महसुस भएको हो । (युट्युब, २०७५ जेठ ५गते शनिबार, २०१८ मे १९)
दुई दिनसम्म दक्षिण कोरियाली राष्ट्रपति मुन जाए – इन र संरा अमेरिकी राष्ट्रपति ट्रम्प बीचको शिखर वार्ता मङलबार र बुधबार चल्यो । त्यस क्रममा मुनको राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ युई याङले ९९.९ प्रतिशत दक्षिण कोरिया र संरा अमेरिकासग प्रजग कोरियाको शान्ति वार्ता हुन्छ भन्नुभयो । त्यसैगरी, राष्ट्रपति मुनले कोरिया प्रायःद्वीपको आणविक निःशस्त्रीकरणको लागि केही शर्तहरू पालना गर्नुपर्ने कुरोमा जोड दिनुभयो भने ट्रम्पले प्रजग कोरियाबाट पूरा गर्नुपर्ने आणविक निःशस्त्रीकरणका प्रमुख शर्तहरू पालना नगरेको आरोप लगाउदै जून १२ मा प्रजग कोरियासग हुने शिखर वार्ता पछि सर्नसक्ने बताउनुभयो । (बीबीसी, सीएनएन, २०१८ मे २२–२३, २०७५ जेठ ८–९)
२०७५ जेठ ९ गते बुधबार (२०१८ मे २३) प्रजग कोरियालाई चारैतिरबाट घेर्ने उद्देश्यले जापानको समुद्रमा शक्तिशाली संरा अमेरिकी मिलिअस नाम गरेको युद्धपोत ल्याई पु¥यायो । त्यस युद्धपोतले उत्तर कोरियाजस्तो सानो देशमाथि भनेकै ठाउमा सजिलैसित आक्रमण गर्न सक्ने र शत्रुका क्षेप्यास्त्रहरूलाई बीचैमा खसाल्ने क्षमता राख्छ । (युट्युब, २०१८ मे २४)
संरा अमेरिकी उपराष्ट्रपति माइक पेन्सनले एउटा निजी टीभीसगको अन्तर्वार्तामा उत्तर कोरियाली सर्वोच्च नेता किमको हालत पनि लिवियाको जस्तो हुने धम्की दिनुभएको थियो । उहाले राष्ट्रपति ट्रम्पसग खेलवाड गर्नु गल्ती हुने बताउनुभएको थियो । त्यसपछि उत्तरले पेन्सलाई ‘अज्ञानी र मूर्ख’ को संज्ञा दिएको थियो । उत्तर कोरियाको उपविदेश मन्त्री चो सन् हुईले वार्ता तयारी भइरहेको बेला यस्तो धारणा सार्वजनिक गर्ने माइक पेन्स ‘अज्ञानी र मूर्ख’ भएको बताउनुभएको थियो । उत्तरको यसै भनाइपछि शिखर वार्ता रद्द भएको व्यहोरा उल्लेख भएको ट्रम्पको पत्र आएको थियो । (गोरखापत्र, २०७५ जेठ)
२०७५ जेठ १० गते बिहीबारको दिन (२०१८ मे २४) ट्रम्पले प्रजग कोरिया–संरा अमेरिका शिखर वार्ता रद्द गरेको घोषणा गर्नुभयो । ट्रम्पले किमलाई लेखेको पत्रमा उल्लेख भएका केही अंशहरू यस्ता थिए ‘…उत्तर कोरियाको हालसालै आएको क्रोध र शत्रुतापूर्ण बयान देखेर मैले यस्तो निणर्य गर्न पुगें । मेलै तपाईंसग भेट्न निकै उत्साहित भएर पर्खेको थिए । तर, तपाईंको शत्रुतापूर्ण बयान देखेर मलाई के लागेको छ भने यस्तो बेला वार्ता सम्भव छैन ।’
‘तपाईं आप्mनो परमाणु बममा विश्वास गर्नुहुन्छ । तर, हामीसग विश्वका सबैभन्दा खतरनाक वा शक्तिशाली परमाणु कार्यक्रम छ । त्यसलाई कहिल्यै पनि प्रयोग गर्ने अवसर नमिलुन् भनेर म प्रार्थना गर्छु ।’ ‘तपाईंको मन बदलेपछि भविष्यमा म तपाईंसग अवश्य भेट्छु । तपाईंले मलाई फोन वा पत्र लेख्न सक्नुहुन्छ ।’
संरा अमेरिकी सेना र हातहतियार पुरै वा आंशिक रुपले क्रमशः फिर्ता नलगेसम्म संरा अमेरिकासग शान्ति वार्ता नहुने अडान प्रजग कोरियाले दोहो¥याए तापनि दक्षिण कोरियाले प्रजग कोरिया–दक्षिण कोरियाबीच हुने उच्चस्तरीय शान्ति वार्ताको मिति र स्थान तय गर्ने तयारीमा लाग्यो । (अन्नपूर्ण दैनिक, २०७५ जेठ ११ शुक्रबार (२०१८ मे २५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *