जारशाही संसद्मा बोल्शेभिक सांसद – ८
- कार्तिक २६, २०८२
-आई चुन
संसार आज दिनानुदिन अराजकतातर्फ अघि बढ्दैछ । संसारभरका विश्लेषकहरू यसो हुनुका कारणको खोजी गरिरहेका छन् । उनीहरूमध्ये अधिकांश मानिस यसको मुल कारण संरा अमेरिका भएकोमा एक मत राख्दछन् ।
‘के अमेरिका गृहयुद्धतिर अघि बढिरहेको छ ?’ हालैका दिनमा संरा अमेरिकाका धेरै मिडियाहरूले यो प्रश्न उठाएका छन् । गएको साता संरा अमेरिकी राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) का सञ्चार सचिव साराह स्लाण्डर्सलाई भर्जिनियाको एउटा रेस्टुराँबाट अपमानपूर्वक बाहिर निकालियो । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि काम गरेकै कारण स्लाण्डर्सले यस्तो अपमानपूर्ण व्यवहार सामना गर्नुपरेको हो । यस्ता घटनालाई धेरै पर्यवेक्षकहरूले संरा अमेरिकी समाज यसअघि कहिल्यै नभएसरि विभाजित भएको लक्षणको रुपमा विश्लेषण गरेका छन् ।
संरा अमेरिकी राजनीतिबारे जानकारी राख्ने जो कोहीले ‘धु्रवीकरण’ को अवस्थाबारे राम्ररी बुझेका छन् । उदार मिडियाहरूले हरेक दिन ट्रम्पको नीतिमा खोट देखिरहेका छन् । दुई शासक दलबीच बजेटको विषयमा सहमति नहुँदा सरकारले काम गर्नै नसक्ने अवस्था बन्नु सामान्य जस्तै बनिरहेको छ । डेमोक्रेट्स र रिपब्लिकनबीचको विभाजन आक्रामक बनिरहेको छ । अनि अहिले भिन्न–भिन्न राजनीतिक झुकाव भएका साधारण जनताबीचको हावामा समेत बारुदको गन्ध आइरहेको छ ।
संरा अमेरिकी राजनीतिमा यस्ता समस्या उत्तरआधुनिक समाज र सामाजिक सञ्जालको विकासको कारण भएको हो । उत्तरआधुनिक समाजको सबैभन्दा ज्वलन्त प्रक्रिया भनेको त्यसले सामाजिक विभाजनलाई फराकिलो बनाउँदै गएको हुन्छ । विभिन्न सामाजिक वर्गका मानिसहरू आफ्नै समस्या र निहीत स्वार्थका बारेमा मात्र चासो लिने गर्दछन् । सामाजिक सञ्जालको विकासले यस्ता सामाजिक विभाजनलाई गहिरो बनाएको छ । सबैका आ–आफ्ना समान विचार राख्ने खुकुलो मित्रमण्डली हुने गर्दछ । भिन्न भिन्न समूहबीच एकमत बनाउन निकै कठीन बन्दै गएको छ । परिणामस्वरुप जब जनमतमा फराकिलो विविधता हुने गर्दछ, त्यहाँ वास्तवमा ध्रुवीकरण बढिरहेको हुन्छ ।
साधारण जनता र कूलिन मानिसबीच, उदार र अनुदारबीच, राष्ट्रवादी र अन्तर्राष्ट्रियवादीबीच, गोरो सर्वोच्चतावादी र बहुसंस्कृतिवादी मानिसबीचको विभाजनले अझ आक्रामक रुप लिइरहेको हुन्छ ।्
गहिरो गरी विभाजित समाजको भारीले थिचिएको वाशिङ्टनले आफ्नो विश्वव्यापी जिम्मेवारी पूरा गर्न सक्दैन । उसले आफ्ना नागरिकबीच भएको गहिरो मतभेद समाधानमै बढी ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । यसले कूटनीतिलाई पनि प्रभावित बनाइरहेको हुन्छ र विश्व बन्दोबस्तमा पनि समस्या सृजना गरिरहेको हुन्छ ।
उदाहरणको लागि, एक पटक ट्रम्पले सिरियामा संरा अमेरिकी मिसाइल हमला अपरिहार्य भएको सड्ढेत गरे । तर पछि फेरि ‘सिरियामाथि हमलाबारे केही नभनेको’ भनी ट्वीट गरे । सि·ापुर सम्मेलनपछि उनले ‘उत्तर कोरियाबाट अब कुनै आणविक खतरा नभएको’ भनी बोले तर केही दिनपछि नै प्यो·या· वाशि·टनको लागि ‘असामान्य खतरा’ भएको भनी घोषणा गरे । बेइजि·सँगको व्यापार युद्धबारे अमेरिकी राष्ट्रपतिले लगातार आफ्नो भनाइ फेरिरहेका छन् । अनि धेरै अन्तर्विरोधी र विरोधाभास राख्ने नीति बनाइरहेका छन् । राष्ट्रपति कार्यालयमा रहेको विभाजनको परिणामस्वरुप त्यस्ता अनमेल नीति बाहिर आएका हुन् ।
संरा अमेरिकाभित्रको घरेलु अन्तर्विरोध धारिलो बनेसँगै त्यहाँको आर्थिक शक्ति पनि क्षीण बन्दै गइरहेको छ । त्यसका साथै आफ्नो बृहत् बजार आफ्ना व्यापार पाटनरहरूलाई खुला गर्न वाशिङ्टनको मन मानिरहेको छैन । आफ्नै खुट्टामा बञ्चरो हाने जस्तै ट्रम्प प्रशासनको नेतृत्वमा संरा अमेरिकाले युरोपेली सङ्घ, क्यानाडा र जापानमाथि कर थोप¥यो । पेरिस सम्झौताबाट संरा अमेरिकाले हात झिक्यो । आफ्नै सहयोगी देशहरूको सल्लाहसमेत नमानी उसले इरानी आणविक सम्झौतामा आफ्नो सहमति फिर्ता लियो । जी–७ समूह गठन भएयताकै सबभन्दा अन्योलको अवस्था सृजना गर्न ट्रम्पकै भूमिका बढी छ ।
सबभन्दा खराब त, संरा अमेरिकाले यो सामाजिक भद्रगोलको नीतिलाई निरन्तरता दिंदैछ । केही मानिसहरू ट्रम्प असामान्य छन् भन्छन् । तर उनको त्यही असामान्यताले एउटा नयाँ अवस्था निर्माण गर्दैछ–संरा अमेरिका संसारमाथि आफ्नो मनोरोग थोपर्दैछ ।
ग्लोबल टाइम्स
Leave a Reply