सरकारमा गएर कम्युनिस्टको सिद्धान्तअनुसार काम नगर्नेहरू यथार्थमा कम्युनिस्ट होइनन्
- कार्तिक २४, २०८२
नीरज
कोलोम्बियाली आख्यानकार गार्बियल गार्सियाका उपन्यास पढ्न नेपाली पाठकले झेल्नुपर्ने सबैभन्दा ठूलो चुनौती भनेकै सा“स्कृतिक दुरी हो । त्यसकारण उनका उपन्यासमा आउने पात्रहरू पृथ्वीको त्यो भूगोलस“ग उति अन्तरघुलन नभएको नेपाली पाठकको लागि अजीव र अस्वाभाविक लाग्ने गर्दछ । मार्खेजको उपन्यास ‘लिफ स्ट्रम’ को केन्द्रीय पात्र डाक्टर पनि यस्तै अजीव र अस्वाभाविक पात्र लाग्नेछ औसत नेपाली पाठकलाई ।
प्रथम विश्व युद्धको क्रममा भएको बसाईसराईको शिलशिलामा बसेको बस्ती हो–माकोन्डा । त्यही बस्तीमा आफ्नी गर्भवती श्रीमती र केही आदिबासी सहयोगीस“गै आइपुगेका हुन्छन्–कर्णेल । छोरी जन्माएर कर्णेलकी श्रीमतीको निधन हुन्छ । छोरीको नाम राखिन्छ–इसाबेल । कर्णेलले दोस्रो विवाह गर्छ–एड्रिनास“ग । त्यहीबेला कर्णेलका मित्र अरिलानो व्युनडाईको पत्र बोकेर डाक्टर कर्णेलको घरमा आइपुग्छ ।
भर्खर बसेको माकोन्डामा डाक्टरको क्लिनिक मज्जाले चल्छ । तर समयान्तरमा खुलेको बनाना नामको बहुराष्ट्रिय कम्पनीले आयोजना गरेका स्वास्थ्य शिविरले डाक्टरका ग्राहक कम हुन्छन् । चिकित्सक पेशाप्रति डाक्टरको आकर्षण कम हु“दै जान्छ । उनी समाज र सामाजिक व्यवहारबाट अलग एक्लोपनामा बस्न रुचाउन थाल्छ । कर्णेलकै घरमा काम गर्ने आदिबासी महिलास“ग उनी माकोन्डाको सबभन्दा पुछारको एउटा एक्लो घरमा बस्न थाल्छ । एक दिन माकोन्डामा भएको दुर्घटनामा परी केही मानिस मृत्युको मुखमा पर्दा उपचारको लागि डाक्टरको दैलोमा गुहार्न बस्तीको मेयरलगायत सबै पुग्दा समेत उनी उपचारका लागि तयार नभएका मात्र होइनन्, बरु ढोका खोल्न समेत मानेका हु“दैनन् । फलतः पूरै बस्तीले कुनै दिन डाक्टर मरे उसको सद्गति नगर्ने, लास नकुहुञ्जेल कसैले वास्ता नगर्ने निर्णय हुन्छ । धेरै दिनसम्म उनीस“गै बस्दै आएकी आदिबासी महिलालाई कसैले नदेखेपछि डाक्टरले महिलाको हत्या गरी घरभित्रै गाडेको हुनसक्ने आशड्ढा गरिन्छ ।
एक बिहान डाक्टरले आत्महत्या गर्छ । शहर पुरै उनको लास कुहिने समयको प्रतिक्षामा बस्छ । तर कर्णेलले डाक्टरलाई वचन दिएको हुन्छ– सद्गति गर्ने । बुढो कर्णेलस“ग उनकी श्रीमती समेत जान मान्दिनन् । कर्णेलस“ग त्यो बिरानो घरमा डाक्टरको लास हेर्न जान्छन्–इसाबेल र छोडेर गएको उनको स्वार्थी श्रीमानबाट पाएको छोरा ।
उपन्यासमा डाक्टरको लास हेर्न जाने तिनै तीन जना पात्र–कर्णेल, इसाबेल र उनको छोरामार्फत् कथा भनिएको छ । तीन पुस्तामा पात्रमार्फत्को कथावाचनले एउटै घटनालाई आयामिक तरिकाबाट हेर्न मिल्ने बनाएको छ । मार्खेजको यो उपन्यासको प्रकाशन सन् १९५५ मा गरेका थिए । तात्कालीन समयको लागि उपन्यास लेखनमा यो नयाँ आविस्कार थियो । आफ्नो लेखन यात्राको शुरुवाती चरणमा लेखिएको उपन्यास भए पनि मार्खेजले आफूलाई ‘लिफ स्ट्रम’ मनपर्ने लेखन बताएका छन् । कतिपय समीक्षकले उपन्यासमा चित्रित कर्णेल मार्खेजको आफ्नै बाजेको चित्रण भएको लेखेका छन् ।
मार्खेजलाई फ्रान्सेली डाक्टरलाई किन यस प्रकार चित्रण गरे ? ‘लिफ स्ट्रम’ प्रथम विश्वयुद्ध पछिको अवस्थामा आधारित उपन्यास हो । युद्धले समाज र सामाजिक मनोविज्ञानमा पार्ने प्रभाव उपन्यासको मूल विषयवस्तु देखापर्दछ । उपन्यास तीन पात्रहरूमार्फत् अघि बढाइएछ, तर प्रमुख पात्र भने डाक्टर नै हुन् जसको वरपर उपन्यास प्रवाहित बनेको छ ।
मुख्य पात्रको मनोविज्ञानमा युद्धका कष्टसाध्य यथार्थ मात्र प्रतिविम्बित बनाएको छैन, बरु मोकान्डोमा खुलेको बहुराष्ट्रिय कम्पनीबाट समेत ऊ प्रभावित बन्ने गर्दछ । इसाबेलस“ग विवाह गरेका मार्टिनले उनीस“गको प्रेमका कारण नभई कर्णेलबाट आफ्नो व्यापारमा हुने फाइदालाई ध्यानमा राखी विवाह गरेको हुन्छ र पछि इसाबेललाई छोडेर जान्छ । यो घटनाले सामाजिक सम्बन्धका सन्दर्भमा पु“जी र व्यापार हावी बनिरहेको बदलिंदो परिस्थितिलाई सड्ढेत गरेको छ ।
समाजले बहिस्कार गर्ने निर्णय गरिएको व्यक्तिको अन्तिम सद्गति गर्ने जिम्मेवारी बहन गर्न कर्णेलको पहललाई विशेषतः छोरी इसाबेलले भयको रुपमा पनि लिएकी हुन्छिन् । लास कुहाउने समाजको निर्णय उल्लंघन गर्दै डाक्टरको लासलाई चहानसम्म लाने निर्णयप्रति समाजको प्रतिक्रिया रुखो हुन सक्नेप्रति उनीहरू सचेत हुन्छन् । तर उपन्यासको अन्तिममा डाक्टरको लास निकाल्न समाजले कुनै अड्चन नगर्नुले समाजमा व्याप्त मानवता र सामाजिक भावनालाई झल्काउन खोजिएको छ ।
सा“स्कृतिक दुरीका कारण उपन्यासका सबै आशय र पृष्ठकथा उपन्यास अद्योपान्त पढेर पनि बुझ्न सके जस्तो लाग्दैन । नेपाली भाषामा अनुवाद गरे पनि लरोतरो अनुवादकले उपन्यासभित्रको रस निकाल्न सक्नेमा शड्ढा लाग्छ । मार्खेजको उपन्यासको नेपाली अनुवाद ‘कर्णेलको घोडा’ मा पनि अधिकांश पाठकले महसुस गर्ने कुरा यही हो ।
मार्खेजले आफ्ना अधिकांश कृतिमा माकोन्डो बस्तीलाई प्रयोग गरेका छन् । उनले आफू जन्मेको गाउ“कै चित्रण माकोन्डोको चित्रणमा गरेको बताइन्छ । तर माकोन्डो पनि मार्खेजको ‘सिग्नेचर’ परिकल्पना जस्तै मान्ने गरिएको छ ।
खुसीको कुरा नेपालका पुस्तक पसल र पुस्तकालयमा पनि मार्खेजका किताब पाइन थालेको छ । अखबारका शनिबारीय साहित्य विशेषाड्ढमा मार्खेजका चर्चा पनि बराबर हुने गरेकै छ । यसले नेपालका साहित्य पाठकलाई विश्व साहित्यबाट अझ परिचिति बनाउन मद्दत गर्ने र विश्वको त्यो फरक भूगोलमा स्थापित संस्कृतिबारे जानकार बन्न सजिलो बनाउनेछ ।
Leave a Reply