भर्खरै :

कम्युनिष्ट घोषणापत्रको सान्दर्भिकता

– नरेश
विश्व सर्वहारा वर्गका महान् गुरुहरू कार्ल माक्र्स र एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको १७० वर्ष पुग्यो । आज विश्वका कामदार जनता कम्युनिष्ट घोषणापत्र प्रकाशित भएको १७० वर्ष पुगेको र कार्ल माक्र्सको जन्मको द्विशतवार्षिकी विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । सन् १८४८ मा जर्मन भाषामा पहिलो पटक प्रकाशन भएको कम्युनिष्ट घोषणापत्रलाई कम्युनिष्ट आन्दोलनको पहिलो माक्र्सवादी कार्यक्रम मानिन्छ । यो आज पनि त्यति नै सान्दर्भिक छ र संसारमा मानिसले मानिसलाई गर्ने शोषण रहेसम्म यसको सान्दर्भिकता रहिरहनेछ ।

काम्युनिष्ट घोषणापत्र माक्र्स–एंगेल्सले युवावस्थामा आफ्नो दिमागवाट खोतलेर, कल्पना वा भावुकतामा लेखेका थिएनन् । तत्कालीन युरोपेली समाजको गहिरो अध्ययन र विश्लेषण अनि त्यसबेलासम्मका सम्पूर्ण दर्शन र सिद्धान्तहरूको गहिरो अध्ययन र विश्लेषणपश्चात कामदार वर्गीय आन्दोलनलाई व्यवस्थित गर्न र क्रान्तिमार्फत कामदार वर्गलाई शाषक वर्गमा उठाउन एउटा स्पष्ट कार्यक्रम आवश्यक परेको हुनाले यो घोषणापत्र तयार गरिएको थियो ।
 


कम्युनिष्ट घोषणापत्र माक्र्स र एंगेल्सले युवावस्थामा लेखेका थिए । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र प्रकाशन गर्दा कार्ल माक्र्स ३० वर्षका थिए भने एंगेल्स २८ वर्षका । माक्र्स र एंगेल्सको शिक्षालाई माक्र्सवाद भनिन्छ । कम्युनिष्ट घोषणापत्र माक्र्सवादको एउटा अङ्ग हो । काम्युनिष्ट घोषणापत्र माक्र्स–एंगेल्सले युवावस्थामा आफ्नो दिमागवाट खोतलेर, कल्पना वा भावुकतामा लेखेका थिएनन् । तत्कालीन युरोपेली समाजको गहिरो अध्ययन र विश्लेषण अनि त्यसबेलासम्मका सम्पूर्ण दर्शन र सिद्धान्तहरूको गहिरो अध्ययन र विश्लेषणपश्चात कामदार वर्गीय आन्दोलनलाई व्यवस्थित गर्न र क्रान्तिमार्फत कामदार वर्गलाई शाषक वर्गमा उठाउन एउटा स्पष्ट कार्यक्रम आवश्यक परेको हुनाले यो घोषणापत्र तयार गरिएको थियो । एंगेल्सले लेख्नुभयो – नयाँ विचारको उत्पति समाजको आर्थिक परिस्थितिवाट हुन्छ । पहिलेका सम्पूर्ण विचार र सिद्धान्तहरूको विकासको जगमा नयाँ विचार र सिद्धान्तको प्रतिपादन हुन्छ ।
कम्युनिष्ट घोषणापत्र अध्ययन गर्दा सरल लागे पनि यसका प्रत्येक वाक्यमा गहिरो अर्थ छ । माक्र्स–एंगेल्सले घोषणापत्रका प्रत्येक वाक्यलाई पछि आफ्ना ठूल–ठूला पुस्तकहरूमा सप्रमाण व्याख्या गरेका थिए । सन् १८८८ मा एंगेल्सले कम्युनिष्ट घोषणापत्रको प्रस्तावना लेखेका थिए – घोषणापत्र बुझ्नका लागि एउटा नियमको पालना गर्नुपर्छ । त्यो नियम हो – तल्कालीन समाजको अवस्था र सङ्र्घषलाई बुझ्नु ।
ऐतिहासिक पृष्ठभूमि
अठा¥हौं शताव्दिको उत्तराद्र्धमा युरोपमा दुईवटा महत्वपूर्ण क्रान्ति भएका थिए – बेलायतको औद्योगिक क्रान्ति (१७६०–१८३०) र फ्रान्सको राज्यक्रान्ति (१७८९–१७९९) । कार्ल माक्र्स १८१८ मे ५ मा जन्मेका थिए र एंगेल्स १८२० नोभेम्वर २८ मा । बेलायतको औद्योगिक क्रान्ति र फ्रान्सको राज्य क्रान्तिको प्रभाव सारा युरोपमा फैलिरहेको बेला माक्र्स र एंगेल्सको जन्म भएको थियो ।
औद्योगिक क्रान्ति सँगसँगै बेलायतमा पुँजीवादको विकासले सारा सम्पत्ति कारखानाका मालिक, व्यापारी, साहु महाजन र बैङ्कपतिहरूको हातमा थुप्रिदै थियो । जनतामा गरिबी र भोकमरी फैलिदै गइरहेको थियो । कारखानामा नयाँ–नयाँ मेसिनहरू जडान हुँदै थिए । मजदुरहरूको खाँचो घट्न थाल्यो । तिनीहरूको ज्याला घट्दै थियो । मजदुरहरू कामबाट निकालिन थालेका थिए । मजदुरका सङ्गठनहरू बन्न थाले । मजदुरहरूको ज्याला घट्नु र काम नपाउनुको कारण मेसिनहरू हुन् भन्ने मजदुर सङ्गठनको ठम्याइ थियो । यसकारण उन्नाइसौं शताव्दीको सुरुमा भएका मजदुर आन्दोलनहरूमा मजदुरहरूले मेसिनमाथि रिस पोखे, मेसिनहरू फोडे, आगो लगाए । पुँजीवादी सरकारले विभिन्न मजदुरविराधी ऐनकानुनहरू बनाएर मजदुरहरूलाई दमन ग¥यो, आन्दोलनकारी मजदुरहरूलाई निर्ममतापूर्वक दबायो, कैंयौंलाई मृत्युदन्ड दियो । बेलायतको मेसिनविरोधी लुडाइट आन्दोलन एउटा त्यस्तै आन्दोलन थियो यसबाट मजदुरहरूले मुख्य शत्रु मेसिन होइन, पुँजीवादी व्यवस्था हो भन्ने पाठ सिके । त्यसबेला राजनैतिक सुझबुझ भएको कुनै मजदुर पार्टी थिएन, आन्दोलनलाई राजनैतिक रुप दिने कुनै योजना थिएन । त्यसकारण पुँजीपति वर्ग मजदुर आन्दोलनलाई दवाउन सफल भए ।
राजनैतिक रुपमा मजदुर आन्दोलनको शुरुवात १८३०–४० को अवधिमा भयो । बेलायतको चार्टिस्ट (मागपत्रको) आन्दोलन, फ्रान्समा १८३१ र १८३४ मा भएका लियान विद्रोहहरू, जर्मनीमा १८४८ को सिलेसियाली जुलाहाहरूको विद्रोह आदि मजदुरहरूका ऐतिहासिक आन्दोलनहरू थिए ।
फ्रान्सको राज्य क्रान्तिले पनि तत्कालीन युरोपमा धेरै प्रभाव पारेको थियो । फ्रान्सेली क्रान्तिको शुरुवात १७८९ बाट भएको थियो । अठा¥हौ शताव्दीसम्म फ्रान्समा निरङ्कुश राजतन्त्र थियो । १८३१ को जुलाई क्रान्तिपछि फ्रान्समा पुँजीपति वर्गको विजय भयो र संवैधानिक राजतन्त्रको स्थापना भयो । पहिलेका निरङ्कुश राजाहरूको स्थान नयाँ पुँजीपतिहरूले लिए । फ्रान्सको जुलाई क्रान्तिको प्रभावले नै बेलायतमा चार्टिस्ट आन्दोलन भएको थियो । जुलाई क्रान्तिपछि पुँजीपति वर्गलाई अकुत धन कमाउने बाटो खुल्यो र पुँजीपतिहरूले मजदुरहरूमाथि शोषण गर्न थालेपछि फ्रान्सको लियोन सहरमा विद्रोह भएको थियो र युरोपभरि मजदुर आन्दोलन भएका थिए । सारमा १८३०–४० को दशकमा बेलायत र फ्रान्समा क्रान्तिकारी मजदुर वर्गको उदय भएको थियो ।
माक्र्स र एंगेल्सको जन्म भएको ठाउँ जर्मनीको राइन प्रान्तमा फ्रान्सेली क्रान्तिको धेरै प्रभाव परेको थियो । राइन प्रान्तमा क्रान्तिकारी आन्दोलनको प्रभाव पर्नुको एउटा कारण भौगोलिक निकटता थियो भने अर्को १८१५ मा नेपोलियन हारेपछि राइन प्रान्त प्रशिया(जर्मनी) को कब्जामा गएको थियो । त्यसअघि राइत प्रान्त फ्रान्सकै कव्जामा थियो । त्यसबेला जर्मनी सुसङ्गठित देश बनिसकेको थिएन, साना साना राज्यमा टुक्रिएको थियो । साना साना राज्यहरूमा निरङ्कुश राजतन्त्र थियो । पुँजीपति वर्ग शक्तिमा थिएन । यसकारण त्यो प्रान्तमा फ्रान्सेली क्रान्तिको प्रभाव परेको थियो र जर्मनीको क्रान्तिकारी आन्दोलन त्यही प्रान्तबाट सुरु भएको थियो ।
त्यसबेला जर्मनीमा सामन्तवादी व्यवस्था थियो । त्यो नेपालको राणाशाही व्यवस्था जस्तो थियो । जर्मनीका पुँजीपतिहरू बेलायत र फ्रान्समा जस्तै सामन्तवादसँग लड्न तयार थिएनन् । फ्रान्स र बेलायतमा सामन्तवादविराधी क्रान्तिकारी आन्दोलनले शत्रु मजदुर वर्गको शक्ति बलियो भएको पुँजीपति वर्गको ठम्याइ थियो । पुँजीपति बर्गले सामन्तसँग सम्झौता गरेर विकासको बाटो खोल्ने अर्थात् दुवै मिली मजदुरहरूको शोषण गर्ने नीति लिएका थिए । त्यसपछि माक्र्स र एंगेल्ससामु एउटा प्रश्न खडा भयो – यदि पुँजीपति वर्ग सामन्तवादसँग लड्न तयार भएन भने के गर्ने ? माक्र्सको जवाफ थियो – मजदुर वर्गमात्र सच्चा क्रान्तिकारी वर्ग हो । मजदुर वर्गले मात्र जनतालाई शोषणबाट मुक्त गरी आदर्श समाजको निर्माण गर्नेछ ।
त्यसपछि माक्र्स र एंगेल्सले मजदुर सङ्गठन सुरु गरे । मजदुर सङ्गठनको सिलसिलामा मजदुर शिक्षण सङ्घ स्थापना गरे । सङ्घमार्फत विभिन्न देशका मजदुरसँग सम्बन्ध राखे । त्यसपछि क्रान्तिको उद्देश्य पूरा गर्नका लागि अन्तर्राष्ट्रिय मजदुर सङ्घको आवश्यताबारे छलफल भयो । सन् १८४७ मा युरोपका कम्युनिष्टहरूको लण्डनमा सम्मेलन भयो । कम्युनिष्ट अन्तराष्ट्रियको स्थापना गर्ने निधो भयो र माक्र्स र एंगेल्स कम्युनिष्ट घोषणापत्र लेख्ने जिम्मेवारी दिइयो ।
घोषणापत्र माक्र्स र एंगेल्स दुवैले लेखेका थिए । यद्यपि एंगेल्सले प्रस्तावनामा लेखेका छन् – घोषणापत्रका मुख्य–मुख्य विचारहरू माक्र्सले नै लेखेका हुन् । माक्र्सले १८४८ फेब्रुअरीमा घोषणापत्र तयार गरी केही महिनामै प्रकाशित गरे । आज विश्वका करीब सबै भाषामा यो अनुवाद भइसकेको छ । यो सर्वाधिक पढिएको पुस्तकमध्ये पर्छ ।
नेपालमा यसको अनुवाद १९४९ अर्थात् घोषणापत्र प्रकाशित भएको करीब एक शताब्दीपछि मात्र भएको थियो । यसरी नेपाल युरोपभन्दा सय वर्ष पछि छ भन्ने प्रश्न उठ्नु जायज छ । त्यस्तै घोषणापत्रमा लेखिएका २ सय वर्षअघिका युरोपका प्रसङ्गहरू अहिले हाम्रो देशको अवस्थासँग मिलेको पाइन्छ अर्थत् २ सय अघिको युरोपसँग अहिलेको नेपालसँग तुलना गर्न सकिन्छ । कम्युनिष्ट घोषणापत्र समाज परिवर्तनको एउटा वैज्ञानिक दस्तावेज हो ।
घोषणापत्रको नाम – कम्युनिष्ट घोषणापत्र
यस महत्वपूर्ण दस्तावेजको नाम कम्युनिष्ट घोषणापत्र रहनुको खास कारण र उद्देश्यबारे एंगेल्सले १८९० को जर्मन संस्करणको भूमिकामा स्पष्ट पारे । घोषणापत्रमा पुँजीवादी व्यवस्थालाई उल्टाएर समाजवादी व्यवस्था स्थापना हुने उल्लेख भएपनि यसलाई समाजवादी घोषणापत्र भनिएन । किनभने त्यसवेला एकातिर रोवर्ट ओवेन र चाल्र्स फ्यूरियजस्ता काल्पनिक समाजवादीहरू थिए र अर्कोतिर पुँजीपतिहरूको नाफामा असर नपर्ने गरी सानातिना सुधारद्वारा समाज परिवर्तन गर्ने नक्कली समाजवादीहरू थिए । सारमा त्यसबेला समाजवाद एक पुँजीवादी आन्दोलन थियो भने कम्युनिज्म एक मजदुरवर्गीय आन्दोलन थियो । आज पनि विभिन्न देशमा भएका समाजवादी पार्टीहरूको समाजवादी आन्दोलन (सोस्लिस्ट मुभमेन्ट) ले वर्गसङ्घर्षको कुरा गर्दैन बरु वर्ग समन्वयको कुरा गर्छ । नेपालमा वाम भनिएका पार्टीहरूलाई त्यो बेलाको समाजवादी पार्टीसँग तुलना गर्न सकिन्छ जो पँुजीवादी सरकारमा गएर जनतालाई शोषण गर्छन् ।
त्यसैले घोषणापत्रलाई विद्यमान पुँजीवादी व्यवस्थालाई ध्वस्त पारी समाजवादी व्यवस्था हुँदै साम्यवादी व्यवस्थासम्म पु्ग्ने दिशानिर्देश गर्न कम्युनिष्ट घोषणापत्र नाम दिइएको थियो । घोषणापत्रको सुरुमै लेखिएको छ – “आज सारा युरोप एउटा भयले आतङ्कित छ । त्यो भय हो कम्युनिज्म ।…. यस भयलाई पछार्न सबै सत्ताधारीहरू एक भएका छन् ।”
आज विश्वमा पुँजीवादी व्यवस्थाको नेतृत्व गरेको संरा अमेरिका आर्थिक सङ्कटमा छ भने समाजवादी व्यवस्थाको नेतृत्व गरेको चीन विश्वको पहिलो अर्थतन्त्रको दिशामा छ । पुँजीवादी र साम्राज्यवादी देशहरू कम्युनिज्मको भयले आतङ्कित छ । नेपालकै सन्दर्भमा पनि कम्युनिष्टहरूले दुःखमा रुन पनि दिदैन भन्ने प्रचार भइरहेको छ जबकि सरकारमा गएका कम्युनिष्टहरू नक्कली हुन् । पुँजीवादी बुद्धिजीवी र सञ्चारहरूले प्रजग कोरिया र क्युवाबारे विषवमन गरिरहेका छन् । आज सारा विश्वका प्रतिक्रियावादी शक्ति कम्युनिज्मको भयवाट आतङ्कित छ ।
पूँजीपति र मजदुर
घोषणापत्रको पहिलो खण्डमा “पुँजीपति र मजदुर” मा पुँजीवादको उत्थान, विकास र पतनको नियमबारे प्रस्ट पारिएको छ । पुँजीपति वर्गले नै मजदुर वर्गलाई जन्म दिन्छ र त्यही मजदुर वर्गले पुँजीपति वर्गलाई चिहानमा गाड्छ ।
घोषणापत्रको सुरु एउटा ऐतिहासिक तथ्यलाई प्रस्तुत गरिएको छ – “आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” दासयुग, सामन्तवादी समाज र पुँजीवादी समाज यी तीन वटा मानव जातिको विकासक्रमका चरणहरूमा समाज वर्गमा विभाजित थिए, एउटा वर्गले अर्को वर्गलाई शोषण र दमन गरेको थियो र वर्ग सङ्घर्षवाट समाज विकास भएको थियो ।
घोषणापत्रमा पुँजीपति वर्ग भन्नाले आधुनिक पुँजीपति वा बुर्जुवा वर्ग हो । यिनीहरू सम्पूर्ण उत्पादनका साधनहरूका मालिक हुन्छन् । ती उत्पादनका साधनहरूमा काम गराउनका लागि नोकरहरू राख्दछन् र तयार भएका मालहरूमा पुँजीपति वर्गको एकाधिकार हुन्छ । मजदुर वर्ग भन्नाले आधुनिक मजदुर वर्ग वा सर्वहारा वर्ग हुन् । उनीहरूसँग कुनै उत्पादनको साधन हुँदैन । मजदुर वर्ग आफ्नो श्रमशक्ति बेचेरमात्र जीवित रहन सक्दछन् । पुँजीपति वर्ग शोषक वर्ग हो भने मजदुर वर्ग शोषित वर्ग हो । समाज विकासको नियमाअनुसार शोषक र शोषित वर्गबीच वर्गसङ्घर्ष चल्दैआएको छ । वर्गसङ्घर्षको परिणाम या त समाज परिवर्तन हुन्छ या त परस्पर विरोधी वर्गहरू लडेर नष्ट हुन्छन् । यसरी घोषणापत्रमा पुँजीवादी समाजका दुई परस्पर विरोधी वर्गहरू पुँजीपति वर्ग र मजदुर वर्गको उत्पति र विकासलाई देखाइएको छ । साथै पुँजीवादी व्यवस्थामा मजदुरमाथि हुने पाशविक शोषणको बारे स्पष्ट गरिएको छ ।
सामन्तवादी समाजमा पुँजीपति वर्ग प्रगतिशील थियो भने पुँजीवादी समाजमा त्यही पुँजीपति वर्ग समाजको प्रगतिको निम्ति वाधक बनिसकेको घोषणापत्रमा उल्लेख छ । पुँजीवादी व्यवस्थाले मानिसको गुणलाई बजारमा बिक्री हुने वस्तु बनाइएको छ । “जुन पेशा र प्रवृत्तिहरूमा मानिसहरूको आदर र श्रद्धा थियो, ती सबको रङ्ग पुँजीपति वर्गले फिक्का पारिदियो । डाक्टर, वकिल, पुरोहित, कवि र वैज्ञानिकहरू सबलाई उसले आफ्नो पैसाले किनेको नोकर बनाइसकेको छ । पुँजीपति वर्गले पारिवारिक सम्बन्धलाई केवल पैसाको सम्बन्धमा बदलिदिएको छ ।”
घोषणापत्रमा मजदुर वर्गको निर्माण र विकास प्रक्रियाबारे वर्णन गरिएको छ । पुरानो समाजको रुपान्तरण गर्ने र नयाँ वर्गविहीन र शोषणमुक्त समाजको स्थापना गर्ने राजनैतिक शक्तिको रुपमा मजदुर वर्गको व्याख्या गरिएको छ । भनिएको छ – मजदुरहरूसँग जित्नको लागि सारा संसार छ र हार्नको लागि आफूलाई सिक्रीबाहेक केही छैन । “ जबसम्म हरेक देशका मजदुर वर्गले आफ्नो देशका पुँजीपति वर्गलाई खत्तम गर्नसक्दैन तबसम्म मजदुर वर्ग अघि बढ्न सक्दैन” घोषणापत्रमा स्पष्टसँग लेखिएको छ ।
घोषणापत्रको “पुँजीपति र मजदुर” खण्डको अन्त यसरी गरिएको छ – “पुँजीपति वर्गको हार र मजदुर वर्गको जित दुवै ध्रुव सत्य कुरा हुन् ।”
कम्युुनिष्ट घोषणापत्रको दोस्रो खण्डमा “मजदुर र कम्युनिष्ट” बारे व्याख्या गरिएको छ । तेस्रो खण्डमा “समाजवादी र कम्युनिष्ट साहित्य” र चौथो खण्डमा “विरोधी पार्टीहरूसँग कम्युनिष्टहरूको सम्बन्ध” बारे लेखिएको छ ।
कम्युनिष्ट घोषणापत्रका मौलिक विचारहरूलाई पुँजीवादी बुद्धिजीवीहरूले पनि नकार्न सक्दैनन् किनभने यो माक्र्सवादको एउटा अङ्ग हो र माक्र्सवाद विज्ञान हो ।
(इन्जिनियर समाज नेपालको आयोजनामा २०७५ असार १ गते शानिबार सम्पन्न ‘कम्युनिष्ट घोषणापत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत विचार–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *