भर्खरै :

तराई डुबानमा भारत र नेपाल सरकार नै दोषी

तराईको डुबान समस्या बढ्दै गएको छ । देशमा देखिने समस्या सरकारले समाधान गर्दै जानुपर्ने हो । तर सत्तासीन दलका नेताहरूको गैरजिम्मेवारी या भारतमुखी राजनीतिको कारण डुबान समस्या बढ्दै गएको हो । तराई डुबानको प्रमुख कारण अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भारतले एकतर्फी रुपमा बनाएको बाँध तथा तटबन्ध नै हो । भारतीय पक्षले नेपाल–भारत सीमामा नेपाल र नेपालीको अहितमा बाँध तथा तटबन्ध बनाए पनि टुलुटुल हेरेर बस्ने सत्तारुढ दल अर्का दोषी हुन् । मधेसी जनताका हक हितको निम्ति भनी तराईमा खोलेका मधेसी दलहरू पनि यसका दोषी हुन् । नेपाल सरकारले नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध बनाउन दिनुहुँदैनथ्यो, जबरजस्ती बनाएमा कूटनीतिक पहल गरेर रोक्नुपथ्र्याे या भत्काउनुपथ्र्याे । सरकारको यही कमजोरीको फाइदा उठाउँदै उल्टो भारत सरकारले एकपछि अर्काे बाँध तथा तटबन्ध बनाउँदै लग्यो । तर नेपाल सरकारले यसको कहिल्यै विरोध गरेन । भारत सरकार पक्षधर नेकाले त विरोध गरेन गरेन आफूलाई कम्युनिष्ट भनिने एमाले र माओवादी केन्द्रको सरकार पनि मौन रह्यो ।
भारतले सुस्तामा गण्डक नहर बनाएको कारण उहिल्यै सुस्ता डुबानमा परेको थियो । सुस्तावासीको सुस्ताक्षेत्र डुबानमा परेपछि र सुस्ता क्षेत्रमा अतिक्रमण भएपछि नेमकिपाले सबभन्दा पहिले विरोध गरेको थियो, जुलुस प्रदर्शन गरेको थियो । अहिले पनि वर्षाको कारण सुस्ता क्षेत्र डुबानमा परेको छ । बस्ती पुरेको छ, खेतीपातीमा क्षति पुगेको छ । बस्ती डुबानमा परेपछि स्थानीय जनताले गण्क नहर भत्काएर वर्षाको पानी भारततर्फ खोलेको छ ।
दुईतीन दिनको वर्षाले नै नेपाली भूमि डुबानमा परेको छ भने साउन भदौमा तराईको स्थिति के होला ? तराईका जनता प्रत्येक वर्ष डुबानका कारण पीडित हुन्छन्, उनीहरूको धनजनको ठूलो क्षति हुन्छ बाढी पीडित तिनै जनता नेपाली भूमि डुबानमा पारेर भारतले बाँध बनाए पनि टुलुटुलु हेरेर बस्ने दलका नेता तथा कार्यकर्तालाई निर्वाचनमा जिताउँछन् । यसबारे तराईका बाढी पीडित जनता सचेत हुनुपर्छ र तराईको भूमि डुबानमा पार्ने भारत सरकार र नेपाल सरकारको विरोध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *