भर्खरै :

विश्वकप हेर्न रुसमा

-कृष्णराम सुजखू
खेलमा चासो अलि अगाडिदेखिकै हो । सबै विधाका खेलकुदमा रुचि पनि छ । पहिले म बासु माविको शिक्षक थिएँ । त्यत्तिबेला पनि टेबुलटेनिस खुब चलेको थियो–भक्तपुरमा । पछि जेन्युइन स्कूल स्थापना भयो । त्यहाँ हामी बास्केटबल, भलिबल, चेस खेलको मज्जा लिन्थ्यौं । तर फुटबल साह«ै रहर लागेर पनि खेल्ने अवसर जुटेको थिएन । तर फूटबलका अधिकांश खेलहरूजस्तै युरोकप हेर्ने गर्छु । क्रिकेटमा पनि लगाव छ । तर विश्वकप प्रत्यक्ष रुपमा यसरी हेर्न पाउने आशा थिएन । २००८ मा चीनमा ओलम्पिक भयो । चीनमा व्यापार गर्ने साथीहरू छन् । ओलम्पिक खेल प्रत्यक्ष हेर्न जान पाएहुन्थ्यो भन्ने लागेको थियो ।
मेरी छोरी (इरु) पोखरामा डाक्टरी पढाइको इन्टर्न गरिरहेकी थिइन् । उसको कहिलेकाहीं फुर्सद हुनेरहेछ । सेप्टेम्बर २७ तिर छोरीले फोन गरिन्–बा ! विश्वकप हेर्न जाने हो रुसमा ?’
‘के कुरा गरेकी छोरी ! त्यो पनि रुसमा ।’
‘बा ! अहिले एउटा साइट आएको रहेछ । डीभी भर्ने जस्तो हो । म भरुँ है ।’
‘ल ल भर न भर ।’, जाने नजाने पक्का थिएन । मैले त्यत्तिकै छोरीको प्रस्ताव स्वीकारेँ ।
‘ल त्यसो भए मैले बुबालाई पनि मेरो ग्रुपमा राख्छु है ।’, छोरीले भनिन् ।
बुबा–छोरीको कुरा चल्दै गर्दा मेरी श्रीमती (बिमला) ले पनि सुनिन् ।
‘के भयो ? के कुरा हो त्यस्तो–बाबु छोरीको ?’, श्रीमतीले सोधिन् ।
‘हामी त वल्र्ड कप हेर्न जाने हो ।’
‘म पनि जान्छु वल्र्ड कप हेर्न । तिमीहरूमात्र हेर्न जान कहाँ पाउँछौ ? छोरी मेरो पनि नाम राख्नु है त्यहाँ ।’, श्रीमतीले भनिन् ।
भाद्रको मध्यतिरको कुरा हो यो । ‘ल मैले हामी तीनजनाको फर्म भरें है त मैले’, छोरीले भनिन् ।
रुसमा छोरीको एकजना साथी पनि पढिरहेको रहेछ । रेइस कोजू । डाक्टर नै पढिरहेको छ । जुलाई २ मा उसको दिक्षान्त समारोह भइसकेको छ । डाक्टर बनिसकेको छ–त्यो भाइ ।
विश्वकप हेर्न नेपालबाटै त्यस्तो फर्म भर्ने व्यवस्था रहेनछ । मैले अहिले सुनें, नेपालबाट विश्वकप हेर्न जानेको सङ्ख्या तीन सयजना जति छन् । ठ्याक्कै कति हो, यकिन त थाहा छैन । तर सामान्यतः त्यहाँ जाने नेपालीहरू त्यहाँ पढिरहेका विद्यार्थीका आफन्त, साथीभाइ र व्यापार गरिरहेका मानिस विश्वकप हेर्न गएका छन् । सेप्टेम्बरमा फर्म भरेपछि एक महिनापछि हामीले भरेको फर्म छनोटमा परेछ । त्यस्तै अक्टोबर–नोभेम्बरतिर ।
‘बा ! हाम्रो त फर्म छनोटमा परेछ ।’, छोरीले एक दिन फोन गरिन् । हामीलाई ‘सी’ क्लासको तीन वटा टिकट परेको रहेछ । नेपालजस्तै बाहिर देशबाट हेर्न जानेलाई सी क्लासको टिकट हुने रहेछ । आयोजक देशका दर्शकलाई डी क्लासको टिकट हुनेरहेछ । डी क्लास भनेको रङ्गशालाको माथिको ठाउँ हुनेरहेछ । सी भनेको त्योभन्दा तलतिरको ठाउँ । ए भनेका अगाडि, बी भनेको गोलपोस्टको पछाडितिरको हुनेरहेछ । सी क्लास भए पनि हाम्रो ठाउँ बी क्लासको नजिकको ठाउँ परेको रहेछ । त्यहाँ गएर थाहा पायौं । त्यसको प्रतिटिकट जम्मा एक सय ५ अमेरिकी डलर पर्नेरहेछ । छोरीको साथीले आफैंले पैसाको बन्दोबस्त गरेर तिरिसकेको रहेछ ।
छोरीले हामी छनोटमा परेछौं भनेपछि मलाई प¥यो फसाद । हामीले ख्यालख्यालमा भरेका थियौं । अब पैसाको जोहो कसरी गर्ने मलाई चिन्ता प¥यो ।
हेर्न जान पाउने भए पनि नभए पनि छोरीको साथीको पैसा त तिर्नुप¥यो भनेर डलर साट्न तिर लागें । तर रुसमा यहाँबाट पैसा पठाउन गाह«ो रहेछ । कि त आफैं जानुपर्ने नभए कोही जाने भएसँगै पठाउनुपर्ने । रेइसले पनि पैसा आउने बेला लिएर आए हुन्छ भने कुरा ग¥यो ।
जनवरी महिनामा एक दिन रुसबाट तीनवटा विश्वकपको फ्यान कार्ड घरमै आइपुग्यो ।
घरमा सल्लाह भयो । के गर्ने कसो गर्ने ? हामीले सक्ने हौं कि होइनौं ¤ ‘विश्व कप हेर्ने अवसर हातमा छ । जीवनमा एकपल्ट हेर्ने मौका हो । हेर्न जाऔं न त ।’, श्रीमतीले पनि आफ्नो राय दिइन् ।
यताउता बुझ्दा एक जनाको कम्तीमा दुई लाख खर्च हुने जस्तो कुरा आयो । तीनवटा टिकट आए पनि खर्चको हिसाब गर्दा दुई जनामात्र जाने सल्लाह पनि भयो । मैले आमा छोरी जानु भन्ने, श्रीमतीले बुबा छोरी जानु भन्ने । केही समय त्यसरी नै अलमलमै बित्यो । घर पनि भर्खर बनाइरहेको समय । पैसाको सकस नै थियो । दुई जनासम्म मात्र भए तलब जोगाएर भए पनि मिलाउन सकिन्छ कि भन्ने विश्वास थियो । छोरीलाई त छुटाउन भएन । आमा र बुबामध्ये को जाने भन्नेबारेमा कुराकानी भइरह्यो । श्रीमतीले पनि साथीहरूसँग ऋण मिलाउने कुरा गरिन् । मैले पनि अलिकति ऋण लिने विचार गरें । भाद्रदेखि नै दुवै जनाले तलब बचाउन सुरु गरिसकेका थियौं । छोरीको डाक्टरीको पढाइ पनि लगभग सकिएको उसलाई खर्च गर्न पर्ने अवस्था भएन । विश्वकपकै कारण सबै कुरा महँगो भइरहेको थियो ।
अन्ततः तीनै जना जाने कुरा भयो । तर तीन जनामात्र जानेमा मेरो मन मानेन । मेरो अर्को एक जना छोरी पनि छिन् । अहिले दस कक्षा पढ्छिन् । मैले भनेँ, ‘जाने भए चारै जना जाने । नभए दुई जनामात्र जाने ।’
डिसेम्बरतिरै रसियन कल्चर सेन्टरमा फूटबल फ्यानहरूको एउटा समिति गठन भएको खबर मैले पत्रिकामा पढें । त्यो खबर पढेर मलाई लाग्यो, रुसमा जाने हामीमात्र होइन, अरु पनि हुनुपर्दछ । म रसियन कल्चर सेन्टर दौडिहालें । पहिलो पटक जाँदा भेट भएन त्यो समितिका मान्छेहरू । शिवजी यादव त्यसको अध्यक्ष हुनुहुँदे रहेछ । २२ वर्ष मस्कोमा पढेर आउनुभएको रहेछ । पछिल्लो संविधानसभामा सङ्घीय समाजवादी फोरम पार्टीको प्रमुख सचेतक पनि हुनुहुँदोरहेछ ।
उहाँसँग भेट भयो । उहाँले फ्यान कार्डको बार कोड परीक्षण गर्नुभयो । धेरै नक्कली कार्ड पनि हुनेरहेछ । हाम्रो सक्कली नै भएको निश्चय भयो । मैले उहाँलाई प्लेन टिकटको बन्दोबस्त गर्नसकिन्छ कि भनी जिज्ञासा राखें । मस्कोसम्म पुग्न खास प्लेनको मूल्य ५०–५२ हजार जति पर्ने रहेछ । तर डिसेम्बरमै त्यसको भाउ बढेर ८०–८२ हजार पुगेको रहेछ । जोर्जियातिरबाट जान अलि सस्तो पर्नेरहेछ । त्यहीं पनि ६८ हजार जति पुगिसकेको थियो ।
मैले भक्तपुरको फूटबल सङ्घका साथीहरूमार्फत एन्फाका केही मानिससँग पनि सम्पर्क गरें । प्लेन टिकट अलि सस्तोमा मिलाउन सकिन्छ कि भन्ने मेरो आशा थियो । अरु बेलाको सामान्य मूल्यमै टिकट पाउन सकिन्छ कि भन्नेमा मैले अलि मिहिनेत गरेको थिएँ । मस्कोको एउटा तीनतारे होटलमा तीन दिन चार रातको झण्डै तीन लाख पर्ने खबर पनि हात प¥यो । उहाँले पनि खास मैले अपेक्षा गरेजस्तो सहयोग गर्न सक्नुभएन ।
होटल र होस्टल हामीले तिर्नै नसक्ने मूल्यका थिए । त्यहींको भाइले अपार्टमेन्टको व्यवस्था गर्ने प्रस्ताव गरे । अपार्टमेन्ट भने अलि सस्तो हुनेरहेछ । दुई वटा कोठा, एउटा लबी र एउटा किचेनको बन्दोबस्त हुने एउटा अपार्टमेन्ट । त्यत्तिबेला बुकिङ गर्दा पनि सेन्ट पिटर्सवर्ग सहरमा एउटा अपार्टमेन्टको ३५ सय रुबल पर्ने भयो । त्यो भनेको नेपाली ५–६ हजार पर्न आउँछ । भाइलाई भनेर त्यो बुकिङ गराएँ । मस्कोमा त्योभन्दा महँगो । अस्ति हामी पुग्दा त्यो अपार्टमेन्टको बाह« रुबल पुगिसकेको थियो ।
कान्छी छोरी पनि सँगै जाने भनेर उसको पनि पासपोर्ट बनाएँ ।
मेको १५ को केही दिनअघि खेल हेर्ने टिकट आइपुग्यो । मे १५ सम्म त्यो टिकट बिक्री गर्न सकिनेरहेछ । दुई प्रकारको टिकट हुने रहेछ–एउटा अरुलाई बिक्री गर्न सकिने, अर्को नसकिने । छोरीको टिकट बेच्न नसकिने, अरु दुई वटा टिकट बेच्न मिल्ने रहेछ । एन्फामा मान्छेले त्यो दुई वटा टिकट भने हामीसँग किन्न खोजेका थिए । दस लाखसम्म दिने कुरा गरेका थिए । हामी त त्यत्तिकै दस लाख कमाउन सक्ने अवस्थामा पुगेका थियौं । तर त्यत्तिबेलासम्म हामी नै जाने पक्का गरिसकेका थियौं ।
तर अरु पनि जाने कोही छन् कि भन्ने जिज्ञासाले मैले सामाजिक सञ्जालमा फ्यान कार्ड पोस्ट गरें । तर त्यहाँ जाने कोही सम्पर्कमा आएन । सबैले शुभकामना र बधाईमात्र दिए ।
चारै जाने निर्णय गरेर कान्छी छोरीको लागि रुसी दूतावासमा आवेदन दियौं भिसाको लागि । फ्यान कार्ड देखाएपछि भिसा लिन सजिलो भयो । ‘हाम्रो देशमा स्वागत छ ।’, त्यहाँका कर्मचारीले भने ।
अरु जति पनि ठाउँमा सहयोग लिन गएँ, त्यहाँका मानिसहरूले झन् मसँग भएको कार्ड र टिकटको फोटो लिएर कसरी पारेको, अझै पार्न मिल्छ कि भनी सोधेरैमात्र पनि हैरान पारे । सहयोगको कुरा त सित्तै । मलाई लाग्छ, अब कतारमा हुने विश्व कपमा धेरै नेपाली हेर्न जानेछन् । चार–पाँच लाख नेपाली त त्यही पनि छन् ।
जून १९ मा सेन्ट पिटर्सवर्गमा रुस र इजिप्टबीच हुने खेल हेर्न हामी हिंड्ने तयारीमा लाग्यौं । म अर्जेन्टिनाको फ्यान, मलाई अर्जेन्टिनाको खेलको टिकट पारिदिन भनें । तर गोलाप्रथा गर्दा हामीलाई रुस र इजिप्टको खेल परेको रहेछ ।
………………………………………………
१५ जूनमा काठमाडौंबाट संयुक्त अरब इमिरेटको सारजहाँ विमानस्थल चार घण्टाको विमानयात्रापछि पुग्यौं । त्यहाँबाट छ–सात घण्टाको त्रान्सिटमा बस्नुप¥यो । त्यहाँबाट पाँच घण्टाको विमान यात्रापछि मस्को पुग्यौं । मस्कोमा दिनको एक बजे पुग्यौं । दश घण्टा मस्कोमा घुम्यौं । त्यहाँबाट हाम्रो यात्रा मेट्रोमा भयो ।
म २०११ मा दुबई पुगेको थिएँ । २०१३ मा चीन गएको थिएँ । त्यहाँका मेट्रो देखेर छक्क परेको थिएँ । मस्कोको मेट्रो त त्यहाँभन्दा भव्य थियो । सात आठ वर्ष रुसमा बसेका भाइहरूलाई समेत मेट्रो सञ्जालबारे पूरा जानकारी थिएन । त्यत्ति विशाल । दिनको ८५ लाख मानिसहरू मस्कोमा मेट्रोबाट यात्रा गर्दारहेछन् । त्यो सङ्ख्या भनेको अस्ट्रेलियाको कूल जनसङ्ख्या हुन आउँछ । म त दङ्ग परें ।
राति १२ बजेतिर सेन्ट पिटर्सवर्ग जाने रेल थियो । विश्वकपको फ्यान कार्ड भएपछि रेलको भाडा तिर्न नपर्ने व्यवस्था मिलाइएको थियो । मस्कोबाट सात आठ वटा ठूला ठूला रेलहरू त विश्वकप हेर्न जाने दर्शकको लागि मात्र व्यवस्था गरिएको थियो । कोही कजान जाने, कोही समारा, कोही सेन्ट पिटर्सवर्ग जाने । अरु अलगै रेल त थियो नै ।
सेन्ट पिटर्सवर्गमा दुई दिन बस्यौं । १९ जूनमा हाम्रो खेल हेर्ने दिन थियो । निकै पानी परिरहेको थियो । त्यस्तो पानीमा पनि पूरा सेन्ट पिटर्सवर्ग सहर मेलामा रमाइरहेको थियो । भक्तपुरको गाईजात्राको दिन विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन भएजस्तै । कोही कुन देशको प्mयान कोही कुन देशको । कोही ड्रम बजाउने कोही भुँ भुँ बजाउने । विभिन्न देशका फ्यानलाई अलग अलग ठाउँ तोकिएको थियो । तामझाम नै अलगै प्रकारको थियो । त्यति धेरै सङ्ख्यामा मेट्रो थिए, तर मेट्रोमा पाइला टेक्ने ठाउँ थिएन । ठेलमठेल थियो ।
सेन्टपिटर्सवर्गको क्रेस्टोब्स्की रङ्गशालामा थियो खेल । बाल्टिक सागर नजिकै । ६४ हजार दर्शक अट्ने रङ्गशाला । हामी पानीमा पुरै रुझ्यौं । चिसो ठाउँमा पानीले रुझ्दा निकै जाडो भयो ।
हामी पाँच जना थियौं । तर खेल हेर्न पाउने त तीन जनामात्र । म, श्रीमती र ठूली छोरीसँग मात्र भित्र पस्ने टिकट थियो । रेइस र कान्छी छोरीको त टिकट थिएन । उनीहरूलाई मेट्रो स्टेशनमा त्यस्तो पानी परेको अवस्थामा छोडेर जानु पर्दा निकै नमज्जा लाग्यो ।
संसारकै महँगोमध्येमा पर्दछ त्यो रङ्गशाला । श्रीमतीले हाकुपटासी लगाएकी थिइन् । बाल्टिक सागर नजिकै थियो । पानी झमझम परेकोले हेर्ने मौका गुमायौं । हुरी पनि चर्को ।
साँझ छ बजिसकेको थियो । खेल सुरु हुने राति ९ बजे । कान्छी छोरी र रेइस भाइको मस्को जाने रेलको समय राति नौ बजे । हामी खेल सकाएर मस्को फर्कने राति २ बजे । सबै हतार हतार भयो पानी परेकोले ।
खेल सुरु हुन केही समयअघि हामी रङ्गशालाभित्र पस्यौं । खानेकुरा केही लान नदिने । रङ्गशाला त निकै भव्य थियो । खेल सुरु भयो । घरमा टीभीमा हेर्दा ९० मिनेट कटाउन पटक पटक शौचालय जानुपथ्र्यो । तर त्यहाँ पाँच मिनेट हेरेजस्तो पनि लागेन ।
रुसमा भएकोले रुसको फ्यान हुनैप¥यो । इजिप्टको सालेहलाई देख्दा खुसी लाग्यो । मेरी छोरी सालेहको फ्यान हुन् । लिभरपुलबाट खेल्ने भएकाले पनि धेरैले सालेहलाई चिनेको हो ।
श्रेणीकरणमा रुस निकै पछाडि मात्र थियो । इजिप्ट ३१ औं श्रेणीमा थियो । रुस ७० तिर पर्छ कि क्या हो । आयोजक देश भएकोले रुसले छनौट खेल खेल्न नपर्ने भएकोले रुसको श्रेणी पछाडि परेको हो । यो धेरैलाई थाहा नहुने रहेछ । त्यो दिनको खेल इजिप्टको भन्दा रुसकै राम्रो थियो । रुसलाई इजिप्टले नराम्रोसँग हराउने सोचेको थियो । तर रुसले त्यो दिन तीन गोलले इजिप्टलाई पराजित ग¥यो ।
साहजरा सहरबाट हामी मस्कोतिर जाँदै गर्दा विमानमा दुई जना इजिप्टेली मानिस भेट भयो । उनीहरू पनि विश्व कप हेर्न गइरहेका थिए । तेलका व्यापारी रहेछन् । तर उनीहरूसँग इजिप्टको खेलको टिकट रहेनछ । हामीसँग भएको टिकट इजिप्टको खेलको थाहा पाएर उनीहरूले हामीलाई टिकट बेच्न निकै अनुरोध गरिरहेका थिए । ‘कति पैसा चाहियो ? कति डलर लिने ?’ भन्दै थिए ।
पानी परे पनि रङ्गशालाभित्र खासै केही फरक पर्दैनथ्यो । खेल सुरु हुन केही समयअघि सम्म पनि खेलाडीहरू वार्मअप गर्न आउने रहेछन् मैदानमा ।
नेपालको राष्ट्रिय झण्डा झण्डा हो भनेर धेरैलाई थाहा थिएन । अरु सबै चारकुने, हाम्रो तीनकुने । हामीसँगै कोलोम्बिया, इजिप्ट र रुसकै दर्शक थिए । उनीहरूले सोधे, ‘यो के हो ?’
‘यो हाम्रो राष्ट्रिय झण्डा हो ।’, हामीले भन्यौं ।
नेपालभन्दा उनीहरू धेरैले इटालीको नेपोली सहर ठान्दा रहेछन् । माउन्ट एभरेष्ट भनेपछि मात्र धेरै थम्याउने । झण्डा भन्ने थाहा पाएपछि उनीहरू फोटो खिच्न उत्साहित भए । खेल सुरु हुनुअघिको दुई घण्टा हामीले राष्ट्रिय झण्डा र नेपाल चिनाएर बितायौं । झण्डा नचिनेर हो कि हाम्रोतिर क्यामरा पनि परेन ।
रेइस भाइले धेरै कपडा नल्याउन पूर्वसूचना दिएका थिए । तर श्रीमतीले हाकुपटासी ल्याएकी थिइन् । नेपालको परिचय दिने उनको विचार थियो । मोबाइलमा फेसबुकमा राख्न भए पनि लाने भनी कर गरिन् ।
पानीले रुझेर भए पनि खेलको दिन उनले हाकुपटासी लगाएकी थिइन् । धेरैलाई हाउभाउ गरेरै पनि हामीले हाकुपटासीको परिचय दियौं ।
………………………………….
रुसको भ्रमण एउटा पारिवारिक भ्रमण पनि भयो । अर्को मेरो चाहना भनेको लेनिनप्रतिको आकर्षण पनि हो । माक्र्सवादको सुरुमा अभ्यास गर्ने देश हो रुस । २०१३ मा मैले चीनमा माओ त्से तुङको पार्थिव शरीर हेर्ने अवसर पाएको थिएँ । त्यत्तिबेला नै मलाई अरु नेताको पनि हेर्ने रहर जागेको थियो । लेनिन एक जना आदर्श व्यक्तित्व हुनुहुन्थ्यो । लेनिन, पे्रmबुअरी क्रान्ति र अक्टोबर क्रान्तिको इतिहासबारे केही पढेको हुनाले पनि मलाई त्यसप्रति आकर्षण थियो । रुसमा बसिरहेको भाइलाई मैले भनेको थिएँ, ‘बरु खेल छुटे पनि केही फरक पर्दैन, तर लेनिनको पार्थिव शरीर हेराउनुपर्छ ।’
लेनिनको पार्थिव शरीर राखेको त्यो स्मारक निश्चित समयमात्र खोल्नेरहेछ । रेइस भाइ पाँच पटक मस्को पुगेर पनि त्यो ठाउँ हेर्न पाएको रहेनछ । तर यो पटक हामीले हाम्रो कार्यक्रम नै त्यो स्थानमा हेर्ने प्राथमिकतामा राखेका थियौं ।
लेनिनको शव हेर्ने दिन हामी बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म लाइन बस्नुप¥यो । पाँच मिनेट ढिला भएको भए हामीले हेर्न नपाउने । आजभन्दा ९६ वर्षअघि निधन भएको व्यक्तिको शव हेर्न मानिसको लाइन देख्दा म जिल्ल परें । हामीलाई त्यो दिन हेर्न नपाउला कि भन्ने चिन्ता थियो । रेडस्क्वायरमा लाइन कति लामो कति । हामीभन्दा अघि नै चार पाँच सय मानिस थिए । पछाडि पनि कति कति ।
त्यहाँ लेनिनको शव हेर्न आउनेहरू विशेष गरी ल्याटिन अमेरिकी र दक्षिण अमेरिकी देशका मानिस थिए । ऊरुग्वे, पाराग्वे आदि देशका । त्यहाँमा पनि कम्युनिष्ट देशको प्रभाव बढी भएकोले त्यहाँका मानिसको भीड धेरै थियो । म निकै भावुक भएँ । विश्व कप भएरमात्र त्यत्ति लामो लाइन भएको रहेनछ । अरु बेला पनि त्यत्तिकै धेरै मानिस जम्मा हुनेरहेछ ।
………………………………………..
सेन्ट पिटर्सवर्ग त उत्तरी गोलाद्र्धमा पर्छ । त्यसकारण त्यहाँ हामीकहाँ जस्तो ५–६ बजे नै रात नपर्ने । १०–११ बजेसम्म पनि घाम लागिरहेको हुने । सुत्ने समय नै ४ बजेतिर । ह्वाइट नाइट त्यसैलाई भन्ने रहेछ । रुसी उपन्यासहरूमा मजदुरहरू १८–२० घण्टा काम गर्छन् भनेर लेखेको पढ्दा कसरी होला भन्ने जिज्ञासा लाग्थ्यो । हामीलाई ८–१० घण्टा काम गर्दा पनि गाह«ो हुने, तर त्यहाँ कसरी त्यस्तो सम्भव भयो होला जस्तो लाग्ने । तर खासमा त्यहाँको मौसमकै कारण त्यस्तो भएको रहेछ । तीखो आँखा हुनेले त राति पनि बत्ती नबाली मज्जाले पत्रिका पढ्न सक्छ । बिहान २ बजे त घाम लागिसकेको हुन्छ । खेल हेर्दा रातिको एघार बजिसकेको थियो । तर घाम लागिरहेको थियो । त्यहाँका मानिस कम सुत्दारहेछन् ।
बच्चाहरू पनि भोड्का किनिरहेको देख्दा अचम्म र नराम्रो लाग्यो ।
नेपालबाट गएका विद्यार्थी प्रायशः सन्तुष्ट नै भएको पाएँ । अधिकांश नेपाली विद्यार्थीहरूले सेमेस्टर टप गर्ने गरेको थाहा पाएँ । तर त्यहाँका परीक्षा प्रणाली नेपालको परीक्षा प्रणालीभन्दा भिन्न भएकाले फर्केर आउँदा केही गा¥हो होला भनेर उनीहरू चिन्तित देखिन्छन् । विद्यार्थी आफैंले काम गरेर कमाउने भएकाले नेपाली विद्यार्थीलाई नेपालबाट कमैमात्र पैसा पठाउनुपर्ने रहेछ । तर अस्टे«लिया गएका विद्यार्थीलाई भने घरबाटै पैसा मगाउनुपर्ने अवस्था पाइन्छ ।
रुसको हरेक सहरमा लेनिनको सालिक देख्यौं । लेनिनलाई रुसी जनताले निकै सम्मान गर्ने रहेछ । अहिले पनि रुसका अधिकांश ठूला परियोजना सरकारकै नियन्त्रणमा छन् । मेट्रो सबै सरकारी नियन्त्रणमै रहेछन् । रुसमा जति पनि विकास भयो, समाजवादकै पालामा भएकोमा त्यहाँका जनता सहमत छन् । मेट्रो सबै स्तालिनको पालामा बनेका छन् । मेट्रो स्टेशन सबै सङ्ग्रहालयजस्ता छन् । सबै सोभियत सङ्घको पालामा बनेका ।
चौध दिन रुस घुम्दा लगभग ८–९ लाख नेपाली पैसा खर्च भयो ।
केही दिन ग्यालेन्जिकमा पनि बस्यौं । निकै राम्रो ठाउँ । मैकोप भन्ने सहर भक्तपुरजस्तै रहेछ ।
यहाँ जाँदा केही साथीहरूले किन त्यत्रो पैसा खर्च गरेर विश्व कप हेर्न रुस जानुपरेको होला भनेर सोधेका थिए । ‘टौमढीमा राख्ने ठूलो पर्दामा हेरे भइहाल्छ नि¤’, कतिले त्यस्तो पनि भने । तर रुसमा गएर जीवनकै निकै अमूल्य अनुभव संगालेर फर्केको छु । निकै सन्तुष्ट छु ।
कुराकानीमा आधारित
प्रस्तुतिः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *